म ओछ्यानमा पल्टिएँ , तन्नाका फूलबुट्टा हरुसँगै काँडाहरु पनि पोतिएछन् क्यार
! धेरै बेर सम्म सुत्न सकिन । केहिले घोचे जस्तो भईरह्यो । सुधाको अनुहार धेरै बेर
आँखामा आईरह्यो । अनि सोचेँ उसको मौनताले नबोलिकन पनि धेरै कुरा बोलेर गयो ।
भोलिपल्ट
सँधैजस्तै म बरण्डामै थिएँ । साँझका सिरेटाहरु यथावत थिए । मलाई छोईरहेकै थिए
शायद भित्र भित्रै म जलिरहेको ऊनिहरुलाई पनि थाहा थियो । सुधा बिस्तारै गेटबाट
भित्र आई । सँधै भन्दा उसको चाल ढिलो थियो । मैले घडि हेरेँ उ करिब दश मिनट ढिला
भइसकेकी थिई । छ बजे देखि उसको ईभिनिङ्ग सिफ्ट शुरु हुने गर्छ कल्पनाकुञ्जमा ।
सँधै उ पंक्चुउल नै हुन्छे बेलुका तिर डेटिङ्ग गएपनि । उ कामलाई नै धेरै
प्राथमिकता दिन्छे रोहनलाई भन्दा जस्तो लाग्छ मलाई कहिलेकाहिँ ! उ भित्र छिरि , म
पनि बरण्डा बाट भित्र छिरेर गिटार लिएर आएँ , बजाउन खोजेँ । थोरै मेलोडिमा प्रोब्लेम आए झैँ लाग्यो , थोरै
स्ट्रिङ्गस कसेँ एक छिन बजाउन खोजेँ । बजाउँदै जाँदा खासै रमाईलो नभए झैँ लाग्यो
फेरि भित्र गएर गिटार थन्क्याईदिए अनि बाहिर राखेको चियरमा ढल्किएँ । हिजोका याद
हरु यथावत थिए । चित्र बनेर मेरो वरिपरि घुमिरहेकै थिए ।
बेलुका रुटिन चेक अपमा सुधा भित्र छिरी । मेरो अनुहारलाई धेरै बेर सम्म हेरी ।
“के
हेरेकी ?” मैले उसको आँखामा आँखा
जुधाउँदै सोधेँ ।
“थाहा
छैन यार , अनडिसाईडेड भएकी छु !” उसले बाहिर हेर्दै जवाफ फर्काई , शायद उ मेरो आँखामा आँखा
जुधाउन चाहन्न थी ।
“मैले
हिजो जे भने त्यसले प्रोब्लेम दिएको भने लिभ ईट ! एउटा साथि पाएकि छु अरु
कारणहरुले गुमाउन चाहन्न । “
“बाहिर
बस्ने हो एकछिन ? “
सुधाले प्रसंग बदलि ।
“जौँ न
त त्यसोभए “ म
कोठा मा भएका दुईवटा कुर्सि बोकेर बाहिर बरण्डा तिर लागेँ ।
“बत्ति
बालौँ ? “ मैले सुधालाई एक चोटि
सोधि टोपलेँ ।
“छोडदेउ
,के फरक पर्छ अँध्यारो र उज्यालो को तिमीलाई र मलाई ?”
“तिमी
शायद मलाई केहि भन्न खोज्दैछौ ! “
“त्यस्तै
केहि ,कहाँ बाट शुरु गर्ने नै थाहा छैन ! “
“भन न
प्लिज ! “
“हिजो
यहाँ बाट हिँड्ने बित्तिकै रोहन को फोन आएको थियो !” सुधाले मलाई नियाल्दै भनी ।
“अनि “ मैले कुर्सिको खुट्टाको रङ्ग
नङ्ले कोट्याउँदै सोधेँ । कुर्सिमा रङ्ग लगाएको धेरै समय भईसकेको रहेछ । अलि अलि
खुईलिन थालेको थियो ,अलि अलि उक्किन थालेको थियो । ऊक्किन लागेको लाई त कोट्याउने
सामन्यतय जस्को उपस्थिति कमजोर देखिन्छ त्यसैमा त हो दुनियाँले प्रहार गर्ने !
“आज
भेट्नको लागि कल गरेको रहेछ !”
“
भेट्यौ त ? “ मैले
उसको कुरामा रुचि कौतुहलता देखाउन आवश्यक थियो । नभए उसले सोच्नेछे म उसको कुरामा
ध्यान दिन्न भनेर !
“उसैलाई
त भेटेर आएकि बेलुका !”
“तिमी
आज दश मिनट ढिलो थियौ !” मैले उसलाई नियालिरहेको जानकारि तेर्स्याएँ ।
“मलाई
थाहा छ तिमी बरण्डाबाट हेरीरहेकी थियौ । “ उसले म तिर नियाल्दै जवाफ फर्काई ।
म थोरै हाँसे झैँ गर्न खोजेँ । आजकल
बिवश भएको छु म उसको सामु । थाहा छ उ अरु कसैकी हो र उसको र मेरो बिचको भावनाको साटासाटको
आयु लामो छैन । तै पनि आफ्ना मुटु र दिमाग लड्दैछन् उसका लागि । म चाहन्छु उसको र
मेरो बिचको सम्बन्ध रहिरहोस् । र यो पनि थाहा छ थोरै दुरि आवश्यक पनि छ उसको र
मेरो सम्बन्धको निरन्तरताको लागि । तै पनि किन किन मन अनायासै युध्द मचाउन पनि
तत्पर हुन्छ उसको लागि । हिजो देखि उ सोचिरहेकि होली मैले उसलाई एउटा उत्तर नभएको
प्रश्न दिएकी छु तर उसलाई के थाहा त्यो प्रश्न मलाई कति अघि देखी पिरोलिरहेको छ
भनेर ! अझ म त तिरस्क्रित भईसकेकी केटी !
“आज
मलाई रोहनले पर्पोज गर्यो , उ मसँग बिहा गर्न चाहन्छ रे ! “ उसले चन्द्रमा नियाल्दै अघि
रोकिएको गफलाई गति दिई । मैले केहि पनि बोल्न सकिन ।
“तिमीकेहि
पनि किन बोल्दिनौ ? “
सुधाले म तिर फर्किदै प्रश्न राखि ।
“के
भनौँ ? म स्वार्थि बन्न चाहन्न । “
“खोई ,
कहिलेकाहिँ मनमाँ साँचेका सपनाहरु पनि पुरा नभइकन त्यसै बीहान भइदिओस् झै लाग्छ ।
रोहन को यो प्रस्तावलाई कुरेर म करिब तिन महिना देखि बसेकी थिएँ , आज उसको यो
प्रस्ताव पछि पनि मैले मलाई दुई चार दिन समय देउ भनेर समय माँगे । किन थाहा छैन !”
उसले आफ्नो आँखाको आँशु पुछि । मलाई उसको आँखाबाट आँशु पटक्कै कहिल्यै पनि
नझरोस् झैँ लाग्छ ।
“तिमीलाई
पनि थाहा छ यो भावनाको आयु छोटो छ ।“ मैले भित्रबाट रुमाल ल्याईदिँदै उसलाई भने ।
“थाहा
छ तर मनलाई बुझाउन सकिरहेकि छैन । “
“तिमी
भोलि नै गएर पर्पोज एक्सेप्ट गरिदेउ ! म पनि शायद यहाँ धेरै बस्दिन होला ,चिफले अब
धेरै भए दुई तिन हफ्ता भन्दै थियो । ”
मैले उसको अनुहार पट्टि पिठ्युँ फर्काएर जवाफ फर्काएँ , मलाई आफ्नो आँशु उसलाई
देखाउन मन थिएन तर उ मेरो अनुहार हेर्न खोजिरहेकी थिई ।
उ बिस्तारै निस्किई । उसले भोलिपल्ट नै मैले भनेको मानेर पर्पोज एक्सेप्ट
गरेको खबर रोहनलाई पनि दिई । मेरो निस्किने दिन को पर्सिपल्ट उसको बिहाको साईत
तोकियो । म भने आउन नसक्ने उसलाई मैले जानकारि दिएँ । म हिँड्ने दिन उ मेरो कोठामा
आएकि थिई । म धेरै बेर उसको काँधमा टाउको राखेर रोएँ । उसले मलाई अब फेरि
कल्पनाकुञ्ज नआउने गरी निको भएर जाँदैछु भनेर वाचा खुवाई । तल बुवा आमा मलाई लिन
आउनु भएको थियो । टाढा पुगुन्जेलसम्म कल्पनाकुञ्ज ,त्यसको पर्खाल र पर्खाल भीत्र
थुनिएकि मेरी सुधालाई हेरिरहेँ ।
यो कथा यत्ति मैँ बिट मारेँ ।