Posted by: Deep August 18, 2008
शृंखला
Login in to Rate this Post:     0       ?        

हामी भित्र लागिम। मेघना नै अघि लागेकी थिई। उस्को पछि क्षितिज थिई। आदित्य त्यस पछि, अनि रबिन अनि म। .....

बैठक कोठामा एकातिर सँग रबिन बसेको थ्यो, क्षितिज सँग मेघना बसेकी थिई अनि आदित्य एक्लै। रबिन पूर्ब फर्केर बसेका थिईम--मेरो बायाँ तिर रबिन थ्यो। मेघना क्षितिज उत्तर फर्केर बसेका थिए। क्षितिजको दायाँ तिर मेघना थिई। सोफाले छुट्टाएको थियो नभए क्षितिज संगै थिईम। मैले दायाँ हात तिर उस्ले बाया हात तिर बढाएको भए हाम्रा हातहरु सजिलै भेटिन्थे। आदित्य दक्षिण फर्केर बसेको थ्यो। रबिन आदित्य कुरा गर्दै थिए। मेघना क्षितिज पनि कुरा गर्दै। केही पलको लागि फुर्सद थिएँ। आफ्नै घरमा पाहुना जस्तो।

कोठाको बाताबरण धपक्कै बलेको थ्यो। अनायसै क्षितिजका हेराईहरु तिर फर्के--उस्का हेराईहरु तर्फ बढेका आभाष के भएको थियो मेरा आँखाहरु उस्का ति हेराईहरुको अभिबादनका लागि उठी हाले। उस्का मेरा हेराईहरु निमेष भरका लागि जुधेका थिए होलान, फिलुङ्गाहरु तर कोठा भरी छरिए। मनले ठोकेको दमाहमा थर्किदो मेरो टि शर्टलाई सम्हाल्दै थिएँ, आदित्यले उस्का शब्दहरु तिर सोझ्यायो। औपचारीकताका शब्दहरु थिए ती।

आदित्य मेरा कुरा हुँदा मैले आफ्नो दाइने आँखाको कुनाबाट देखेको थिएँ क्षितिजले मलाई हेरीरहेकी।

कुराकानीको सिमा फैलिएको थियो अहिले। क्षितिज मेरो बाहेक सबैको सबै सँग दोहोरो कुरा हुँदै थियो।

कुम भन्दा अलि तल सम्म उस्का कपालहरु झरेका थिए। चुराहरु टन्नै लगाएकी थिई उस्ले। पटक पटक आफ्ना हात उठाएर कपालका केही लहरहरुलाई कानको पछिल्तिर लैजान्थी। त्यसो गर्दा उस्का चुराहरु सर्थे अनि ती चुराहरुका मधुर झंकारले केही भन्न खोजे झैं लाग्थ्यो मलाई।

मेघनाले खानाको बारेमा सोधी, उनीहरुलाई केही हतार नभएको आदित्यले भन्यो। के खाने, के गर्ने, कसो गर्ने त्यो सबैको जिम्मा मेघनाले लिएकी थिई। मेघनालाई हेर्दा लाग्थ्यो साँच्ची नै मेरै बहिनी घर आएकी छे। उस्ले मेरो घरलाई उस्कै जस्तो ठानेकी थिई। मलाई राम्रो लाग्यो।

बियर, वाईन, अनि मेघनाका परिकारहरु मुक्त भएका थिए।

"चुरोट चल्छ?" आदित्यले एक घुट्की उस्को गिलासबाट पिउँदै सोध्यो।

"कैले काहीँ" मैले भनें।

बार्दली तिर देखाउँदै उस्ले भन्यो "त्यतै होला नी, हैन?"

मैले हो भने। उठ्यो, रबिन पनि। -आफ्ना पेय पदार्थ खानेकुरा बोकेर पुगिम बार्दली। मेघना क्षितिज भित्रै थिए।

आदित्य खुल्दै थियो। उस्ले मलाई चिनेको थिएन। मैले उस्लाई चिनेको थिएँ। त्यो उस्लाई थाह थिएन। त्यसैले जति खुल्न सकेको थिईन। तर उस्ले त्यस्को गलत अर्थ नलगाओस भनेर सतर्क थिएँ।

चुरोटका धुबाँ सँगै गफ उडाईयो। आदित्यको रित्तो गिलास तिर संकेत गर्दै रबिनले सोध्यो बियर नै ल्यादिम कि ह्विस्की ट्राई गर्ने?

"ट्राई गरम " आदित्यले सजिलै भन्यो। मैले चै सोचें "फिटान भयो भए घर कसरी जान्छ कुन्नी" तर सोध्ने कुरा भएन।

मंगलबार एल जाने अनि त्यहाँ एक हप्ता बसेर नेपाल फर्किने कुरा सुनायो आदित्यले। नेपालमा के गर्छ त्यो भन्यो।आदित्य सँग कुरा गर्दै जाँदा मान्छे मलाई राम्रै लाग्यो। क्षितिजले राम्रो मान्छे पाएकोमा खुसी पनि।

खानाको कार्यक्रम तोकी मेघनाले। त्यै अनुसार भयो। परिकारहरु -आफैले लिनु पर्ने। खानेकुरा लिएर आदित्य फेरी बार्दली तिर लाग्यो। साथ दिनै पर्यो। पनि गएँ। रबिन पनि आयो। मेघना क्षितिज भित्रै बसे। मलाई सँगै बसेर खान मन थियो। अब उनीहरु बार्दलीमा नआउने आदित्य बार्दलीमा बस्ने भन्ने। रबिनलाई मात्रै आदित्य सँग छोडेर मलाई मेघना क्षितिज सँग भित्र बस्न सजिलो लागेन। क्षितिजको ठाउँमा अरु कोही भैदिएको भए सायद बस्थे पनि होला।

एक किसिमको खानेकुरा खाईरा आफुले-- मेघनाले बनाएका खानेकुराहरु एक दम मिठो लाग्यो। सेकेण्ड राउण्ड हान्नु पर्यो भनेर भित्र छिर्या क्षितिजको पनि थप्ने बेला भा रे छ। के गरुँ के गरुँ भो।

" मौकामा आउनु भयो दीपदाई। जानी जानी होला नी।" मेघनाले हाँसेर भनी। झसँगै भए। फर्केर हेरें बार्दलीको ढोका लागेको थ्यो। क्षितिजले तिर पुलुक्क हेरी। झन्नै झन्नै रित्तो प्लेट बोकेर उभिएको थिएँ।

उस्ले भन्न केही भनीन तर मेरो प्लेटमा खानेकुरा हाल्दिन थाली।

"टन्न ख्वा है दीपदाईलाई--पुर्या रहर" मेघना जिस्क्याउँदै थिई।

अझै बोलेकी थिईन। तर मुस्कुराईरहेकी भने थिई।

"हामी पनि थप्नु पर्यो" रबिन आदित्यले पनि भित्र छिर्दै भनें।

क्षितिज संग गर्नलाई मन भरी कुरा थिए सँग। उस्लाई के भनेर सम्म पनि सोधेको थिईन मैले। मौकै परेको थिएन। हुन उस्ले पनि सँग एक शब्द सिधै बोलेकी थिईन। भैरहेका कुरामा उस्का मेरा बोली मिसिएका थिए तर हाम्रो बोलचाल भएको थिएन। त्यो स्थितीले मलाई बिचलित गर्दो थ्यो।

बाँकि खानेकुरा भित्रै खाईयो। हामीले खाईसक्दा नसक्दै मेघनाले क्षितिजलाई "रबिन दीपदाईलाई धन्ना गर्न पाएन भने निन्द्रा लाग्दैन रे -- " भन्दै भान्साबाट लिएर उस्को सुत्ने कोठातिर गै।

हामी जुँगेटोली फेरी बार्दली तिर लागिम।

साथीभाई हरु सँग ट्वाँट चुरोट भए पछि कि तरुनीका गफ हुन्थे नभए नेपाल सुधार्ने। अब तरुनीको कुरा गर्न अलि खतरा भएर होला कुरा नेपाल सुधार तिर लाग्यो। आदित्यले उस्को प्रोजेक्टको कुरा गर्न थाल्यो। उस्को कामले कसरी नेपाल सुध्रिन्छ भन्न थाल्यो। रबिन सुन्दै थिएम। उस्को कार्यक्रम उस्ले ईन्टरनेटमा देखाउने भयो। मैले ल्यापटप ल्याउनु पर्ने भो।

मेरो कोठामा आएँ ल्यापटप लिन। क्षितिज मेघना मेरै कोठामा मेरै ओछ्यानमा के हो ताना तान गरेर बसी रा रेछन।

"के गरी रा हँ तिमीहरु?" कोठामा पस्दै मैले सोधें।

क्षितिज जर्याक जुरुक ओछ्यानबाट उठी। मेघनाले चै ओछ्यानबाटै भनी "हेर्नु दीपदाई-- तपाईको एउटा चिज यो क्षितिजले मलाई हेर्न दिन्न---"

"के चिज?" मैले सोधे।

मेघनाले केही बोल्नु अघि नै क्षितिजले उस्ले समातेको चिजलाई उस्को छातीमा उस्का दुबैहातले अरु लुकाएझै गरेर मेरा आँखामा सिधै हेरेर भनी "मेरो किताब हो नी"

गए राती उस्कै किताब सँग निदाएको थिएँ। फिर्ता राख्न बिर्सीएछु। त्यहीं टेबलमा थ्यो। पछि राख्छु भन्दा भन्दै त्यतिकै भएछ।

त्यो किताब हो उस्कै। त्यही भएर मलाई त्यस्तो प्यारो थियो। मेरै भएको भए कुन बेला कहाँ पुगीसक्थ्यो होला।

मैले केही भनीन। मेघना उठेर जान ला थी मैले रोकें। मलाई क्षितिज सँग मात्रै त्यो कोठामा हुन उचित लागेन।

मैले देखें "मेरो अगाडी कसैकी श्रीमती उभिएकी छे, मेरी क्षितिज हैन।"

साईडटेबलमा भएको मेरो ल्याप टप उठाएर फर्किन लागेको थिएँ "दीप" क्षितिजको मधुर तर कम्पनले भरीएको स्वर मेरो कानमा ठोक्कियो। रोकिएँ। आज मात्रै हैन, कति बर्ष पछि पहिलो पटक उस्ले मलाई त्यसरी सम्बोधन गरेकी थिई।


उही आवाज। मैले फर्केर उस्लाई हेरें। उही मान्छे। उही क्षितिज।

मेरो अलि नजिक आई। किताब उस्ले अझै बोकेकै थिई।

"किन राखेको यो किताब अझै?" उस्ले सोधी। मैले उस्का आँखामा हेरें--उही मदहोस बनाउने हेराई।

के जबाफ दिउँ? जबाफ नभएको हैन। तर जुन जबाफ सहि थ्यो त्यो जबाफ दिनु सायद उचित थिएन--बनाबटी जबाफ दिन मलाई मन लागेन। 

"यो किताबमा लेखिएका शब्दहरु बिर्सेको छैन?" उस्ले फेरी सोधी।

"एक एक शब्द मनले सम्झेको " यस पटक मैले जबाफ दिएँ।

"मनले शब्दहरु मात्रै सम्झेको दीप कि ती शब्दहरुमा आफ्नो मन दिने मान्छेलाई पनि?"

मेरो मनमा आँधी चल्न थाल्यो। कसैलाई पनि चाहेर बिर्सिन सकिन्न। त्यो झन सम्झिने उपाय हो। सम्झिन बरु चाहेर सकिन्न, तर चाहेर बिर्सिनु सम्भव छैन।

----

Read Full Discussion Thread for this article