Posted by: bikash kc August 16, 2008
जात्रा... जात्रा....aaja गाईजात्रा
Login in to Rate this Post:     0       ?        
जात्रा... जात्रा....गाईजात्रा
दीपक बिहीन
 

तीन शताब्दी पुरानो सास्कृतिक पर्व मानिन्छ, गाईजात्रा । धर्म, सास्कृति, कला र साहित्यको ˆयुजनका रूपमा रहेको 'गाईजात्रा' हास्य कलाकारहरूका लागि दसै नै सावित भएको छ । हास्यकलाकार दमन रूपाखेती भन्नुहुन्छ"मुलुकमा ३६५ दिनै गाईजात्रा छ तर यो तीथिचाहि हाम्रा लागि दसै नै हो । चटारो पनि उस्तै छ ।"

हुन त हास्न, हासाउन गाईजात्रा नै पर्खनु पर्दैन तर पनि बैशाखे पूणिर्मामा ढ्याङ्ग्रो बजाउदै धामीहरू बौद्ध मेलामा जम्मा भएजस्तै गाईजात्रा भनेपछि हास्य कलाकारहरूको जमघट अनिवार्य हुने गरेको छ । पछिल्ला केही वर्षदेखि गाईजात्रा पर्वले व्यावसायिक आकार ग्रहण गरेपछि त हास्यकलाकारका लागि कमाउने मेलो पनि भएको छ ।

टेलिभिजन च्यानलमा हास्य सिरियलमार्फत् दर्शकबीच लोकपि्रय बनेका कलाकारहरूको बाहुल्य हुने गरेको छ, गाईजात्रे कार्यक्रममा । यसपटक पनि गाईजात्रे कार्यक्रममा टेलिभिजनका कलाकारहरूको बाहुल्य हुनेभएको छ । टेलिभिजनमार्फत् प्राप्त लोकपि्रयतालाई गाईजात्राका बेला 'क्यास' गर्न पनि हास्य कलाकारहरू तम्सेका छन् । त्यसैले गाईजात्रे कार्यक्रमको नामै 'तीते-जीरे' समेत राखिएको छ । तीतो सत्य, जीरे खुर्सानी, मेरी बास्सै, यसपाली लगन जुर्लाजस्तो छ लगायत टेलिभिजन कार्यक्रमका कलाकारहरू नै यसपटकको गाईजात्रे कार्यक्रममा बाहुल्य रहने भएको छ ।

खस्कादो स्तर

नेपाली हास्य कार्यक्रमको स्तर खस्कादो रहेको अनुभव पुराना हास्य कलाकारहरूकै छ । बौद्धिक हास्यखुराक पस्कनुपर्ने अन्यथा सामाजिक विकृति र विसङ्गति विरुद्ध अगुवा बन्नुपर्ने हास्यव्यङ्ग्यले समाजलाई अझ खराव बाटोतिर डोहोर्‍याउने खतरा रहेको धारणा व्यक्त गर्नुहुन्छ सिस्नोपानी नेपालका अध्यक्ष एवं व्यङ्ग्यकार लक्ष्मण गाम्नाङ्गे ।

नेपालको हास्यप्रस्तुतिबारे टिप्पणी गर्दै व्यङ्ग्यकार गाम्नाङ्गे 'समस्याग्रस्तै छ' भन्नुहुन्छ । उहाा भन्नुहुन्छ-"नेपाली हास्यव्यङ्ग्य प्रस्तुतिमा क्षणिक रमाइलो, निकै अश्लीलता छ । व्यङ्ग्य हुन्छ तर त्यसबाट केही मनन गर्ने विषय हुन्न ।"

"हास्यव्यङ्ग्यका नाममा हास्यास्पद पनि छ", उहाा भन्नुहुन्छ-"अश्लीलता नमिसाई गाईजात्राको हास्यव्यङ्ग्य नै हुादैन भन्ने मान्यताको विकास हुादै गएको छ ।"

हास्यकलाकार मदनकृष्ण श्रेष्ठ पनि हल्का खालका हास्यव्यङ्ग्यको प्रस्तुतिको बाहुल्य रहेको स्वीकार गर्नुहुन्छ । पुराना हास्यकलाकार भीमबहादुर थापाको अनुभवमा त केहीलाई छाडेर वर्तमानका हास्यप्रस्तुतिहरू उडन्ते नै छन् । उहाा भन्नुहुन्छ-"फोहोरी शब्द प्रयोग, प्रस्तुतिमा नग्नता अर्थात् लगौंटी नै फुकालेर भन्ने क्या Û" गालिवेइज्जति र हास्यव्यङ्ग्य फरक हुन् भन्ने मान्यता राख्ने हास्यकलाकार थापा भन्नुहुन्छ-"नयाा कलाकारसाग त्यति कुरा पनि मिल्दैन । बुढो पनि भइयो ।"

हास्यकलाकारिताको क्षेत्रमा आधा शताब्दीभन्दा बढी समय बिताइसक्नुभएका वरिष्ठ कलाकार भीमबहादुरले जुद्ध शमशेर राणाको समयमा २४ पल्टनमा भर्ना हुनुभएको व्यङ्ग्यबाट हुन्छ । विकृति, विसङ्गति विरुद्ध गरिने व्यङ्ग्य पनि उत्तिकै सभ्य र सुसास्कृत हुनुपर्ने धारणा हास्य कलाकारहरूको छ । तर, टेलिभिजनमा प्रस्तुत हुने हास्यकार्यक्रम हुन् या गाईजात्राका बेला प्रस्तुत गरिने हास्य कार्यक्रम प्रायः विकृतिलाई बढवा दिने र चेतनामूलक नरहेको बताउनुहुन्छ वरिष्ठ हास्यकलाकार भीमबहादुर थापा । विकृति, विसङ्गतिविरुद्ध गरिने व्यङ्ग्यले उल्टै विकृति जन्माइरहेको अनुभव छ, उहाामा । हास्यव्यङ्ग्य प्रस्तुतिहरू गालिवेइज्जतिमा रूपान्तरित हुादै गएको आरोप पनि उहााको छ ।

प्रभाव व्यङ्ग्यको

हास्यव्यङ्ग्यले समाजसुधारको क्षेत्रमा प्रत्यक्ष र अप्रत्यक्षरूपमा सशक्त भूमिका निर्वाह गरेको हुने बताउनुहुन्छ, कलाकार मदनकृष्ण श्रेष्ठ । हास्यव्यङ्ग्य व्यावसायिक रूपमा विकास भइरहेको बताउादै वरिष्ठ कलाकार मदनकृष्ण भन्नुहुन्छ-"हास्यव्यङ्ग्यलाई केवल हास्यका रूपमा नलिएर सामाजिक रूपान्तरण, विकृति विसङ्गतिविरुद्ध जनचेतना जगाउने कार्यमा लगाउनुपर्छ ।"

उहाा नेपालमा प्रजातन्त्र र लोकतन्त्र ल्याउने कार्यमा हास्यकलाकारिताको क्षेत्रमा बाट पनि महत्वपूर्ण भूमिका निर्वाह भएको बताउनुहुन्छ ।

सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नाङ्गे त विद्यालय, कलेजमा सिस्नुपानी नेपालले गरेका भ्रष्टाचार विरोधी हास्यव्यङ्ग्य कार्यक्रमले राम्रो प्रभाव पारेको बताउनुहुन्छ । प्रशासक, नेतालाई कार्यक्रममा उपस्थित गराएर आफूहरूले थुप्रै हास्यव्यङ्ग्य कार्यक्रम गरेको बताउने गाम्नाङ्गे भन्नुहुन्छ-"प्रशासक र नेताहरूमा निर्लज्जता पनि छ । हास्यव्यङ्ग्यको प्रत्यक्ष प्रभाव नदेखिए पनि अप्रत्यक्ष प्रभाव त पर्छ ।" पर्खालमन्त्री र भ्रष्टहरूको सम्मानमा सिस्नोपानीले आयोजना गरेका हास्य कार्यक्रम निकै लोकपि्रय रहेको अनुभव उहााको छ ।

गाईजात्रे महोत्सवको संस्थागत थालनी

नेवार समुदायमा सीमित गाईजात्रे कार्यक्रम काठमाडौा, भक्तपुर र ललितपुरमा कुनै एक ठाउामा भेला भएर मनाइने गरिन्थ्यो । पछि त्यस्ता गाईजात्रे कार्यक्रमलाई 'मुना सः' संस्थाले २०२८ सालबाट प्रतियोगितात्मक रूपमा आयोजना गर्न थाल्यो । हास्य कलाकार मदनकृष्ण श्रेष्ठ भन्नुहुन्छ-"नेपाल भाषामा प्रस्तुति दिनुपर्ने गाईजात्रे कार्यक्रममा व्यक्ति होइन समूहले भाग लिनुपथ्र्यो ।" मुना सः ले आयोजना गर्ने प्यारोडी, प्रहसन, व्यङ्ग्य कवितासहितको गाईजात्रे कार्यक्रम निकै लोकपि्रय पनि भयो । गाईजात्रे कार्यक्रममा भाग लिनकै लागि काठमाडौा, भक्तपुर र ललितपुरमा थुप्रै संस्थाहरू पनि जन्मे । तिनै संस्थालाई समन्वय गर्नकै लागि मंका खलः को गठन भएको स्मरण हास्य कलाकार मदनकृष्ण गर्नुहुन्छ । पञ्चायती व्यवस्थाको जर्जर दमनको अवस्थामा गाईजात्रे कार्यक्रमले राजनीतिक रूप पनि धारण गर्दै गयो । निरङ्कुश पञ्चायती व्यवस्थाका विसङ्गति र विकृतिविरुद्ध कटु प्रहार गर्नथालियो, गाईजात्रे कार्यक्रममा । गाईजात्रा नेवार समुदायको साास्कृतिक पर्व भएका कारण शासकहरू पनि कठोर दमन गर्ने अवस्थामा थिएनन् । उता, यस्ता गाईजात्रे कार्यक्रमले भने जनतामा व्यापक लोकपि्रयता पाउादै गयो । यही क्रममा तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले २०३३ सालदेखि गाईजात्रा महोत्सवको थालनी गर्‍यो । त्यो बेला प्रतिष्ठानका उपकूलपति सास्कृतिविद् सत्यमोहन जोशी हुनुहुन्थ्यो । त्यो बेलाको कठिन स्थितिको स्मरण गर्दै सास्कृतिविद् जोशी भन्नुहुन्छ-"त्यो बेलाका गृहमन्त्रीले गाईजात्रा महोत्सव तुरुन्त बन्द गर्न दवाव दिए । बन्द नगरे नराम्रो हुने धम्की पनि दिए तर गाईजात्राको सम्पूर्ण तयारी पूरा भइसकेकाले जे होला भनेर कार्यक्रम गरिछाड्यौं ।"

पञ्चायतकालीन भ्रष्ट नेता र प्रशासकहरू गाईजात्रे कार्यक्रम भनेपछि आतङ्कित हुने गरेको स्मरण गर्दै सास्कृतिविद् जोशी भन्नुहुन्छ-"गाईजात्राको आडमा पृष्ठभूमिमा राजनीतिक उद्देश्य हुन्थ्यो । राजनीतिक रूपमा पनि गाईजात्रा महत्वपूर्ण छ भन्ने ढङ्गले एकेडेमीमा गाईजात्रा महोत्सवलाई व्यवस्थित गरियो ।" हप्ता दिनसम्म सञ्चालन हुने गाईजात्रा महोत्सव २०३३ सालदेखि ०४४ सालसम्म एकेडेमीले सञ्चालन गरेको बताइन्छ ।

उहााले २०१७ सालपछि गाईजात्रामा रहेको खुलापना केही प्रतिबन्ध रहेको तर साास्कृतिक पर्व भएका कारण हल्का छाडिएको बताउनुहुन्छ । गाईजात्राको विश्लेषण गर्दै सास्कृतिविद् जोशी भन्नुहुन्छ-"अनर्थताभित्र पनि सार्थकता छ । सार्थकताभित्र पनि अनर्थता छ ।"

सास्कृतिविद् जोशी राणाकालमा पनि गाईजात्राको आठ दिन जनतालाई मनोरञ्जन गर्न छुट दिइने गरेको बताउनुहुन्छ । एकेडेमीले पनि एक हप्तासम्म गाईजात्रा महोत्सव गर्ने गरेको थियो भने अहिले पनि राजधानीमा हप्तादिनसम्म गाईजात्रे महोत्सव आयोजना हुादै आएका छन् ।

यसक्रममा राजधानीमा सार्वजनिक पछिल्लो समाचार अनुसार डेल्टा-झ्यााइकुटी गाईजात्रा कार्यक्रम र तीते-जिरे शृङ्खलाका हास्यव्यङ्ग्यकर्मीहरू मिलेर विभिन्न प्रहसनहरू सार्वजनिक गर्ने भएका छन् ।

काठमाडौा मिडियाको प्रस्तुतिमा कलाकार दमन रूपाखेतीले संयोजन गरेको डेल्टा-झ्यााइकुटी गाईजात्रा कार्यक्रम 'नाफामूलक मात्र नभएर सन्देशमूलक' भएको दावी आयोजकहरूले गरेका छन् ।

खासमा राजनीतिक उहापोह र विशृङ्खलित वर्तमानका समस्या उठान गरिएको संयोजक रूपाखेती बताउाछन् ।

आˆना ३/३ वटा भिन्न-भिन्न प्रस्तुतिका साथ खरि जोडी -शेखर खनाल र शिवशङ्कर रिजाल) को प्रहसन, पल्पसा डंगोल, संगीता मोक्तान, सुरवीर पण्डित, गोपाल नेपाल 'फिस्टे' का विभिन्न हास्यव्यङ्ग्यात्मक प्रस्तुति डेल्टा गाईजात्रामा समेटिएको उनी थप्छन् ।

त्यस्तै लय सङ्ग्रौलाको मुक्तन चेतन सापकोटाको प्यारोडी, नारद खतिवडाको क्यारिकेचरका साथमा श्रीप्रसाद थापाको भिन्न प्रस्तुतिले दर्शकलाई भरपूर मनोरञ्जन दिने दावी संयोजक दमन रूपाखेती गर्छन् ।

"राम्रो गृहकार्यका साथ चोटिलो प्रहारको संयोजन हामीले गरेका छौा ", डेल्टा गाईजात्राको विषयमा जानकारी दिन आयोजित कार्यक्रममा उनले भने ।

त्यस्तै अर्कोतिर नेपाल टेलिभिजनका हास्यशृङ्खला तीतो सत्य र मेरी बास्सैका केही कलाकारको समूह पनि तीते-जीरे गाईजात्रे महोत्सवको तयारीमा जुटेका छन् । हरेक वर्षजस्तै आˆना कार्यक्रम अन्य कार्यक्रमको तुलनामा नितान्त भिन्न हुने दावी उनीहरूको रहेतापनि कलाकारहरूको संयोजन भने पुरानै रूपमा गरेको बताइन्छ ।

http://gorkhapatra.org.np/detail.php?article_id=5073&cat_id=22

Read Full Discussion Thread for this article