Posted by: shirish August 16, 2008
Following Prachanda
Login in to Rate this Post:     0       ?        
मन्त्रालय बाँडफाँट मिलेन
 
प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्डलाई जिताउन एक भएका तीन दलबीच मन्त्रालय बाँडफाँटमा भने कुरा मिल्न सकेको छैन ।

मन्त्रालय बाँढफाँटबारे छलफल गर्न बसेको तीन दलको बैठक सहमतिमा पुग्न सकेन । साउन ३२ गते माओवादी केन्द्रीय कार्यलय बुद्धनगरमा बसेको माओवादी, एमाले, मधेसी जनअधिकार फोरमको ३ घण्टा लामो बैठकपछि त्यहाँ उपस्थित संचारकर्मीहरुसँग कुरा गर्दै एमाले महासचिव झलनाथ खनालले मन्त्रालय बाँडफाँटबारे भोली पनि बैठक हुने जानकारी दिए । बैठकका सहभागि फोरम नेता बिजय गच्छेदारले खास मन्त्रालय पाउनुपर्ने आफ्नो दलको माग रहेको उल्लेख गरे ।

श्रोतका अनुसार, एमालेले उप प्रधानमन्त्रीसहित गृह, शान्ति तथा पुनर्निर्माण, बन, पर्यटन, जलश्रोत र स्थानीय बिकाश पाउने निश्चित भएको छ भने फोरमलाई संचार, आपूर्ति, महिला बालबालिका र शिक्षा दिनेमा माओवादी र एमाले सहमत छन्तर, फोरमले अहिले संचार छाडेर जलश्रोत लिन खोजीरहेको छ तथा उप प्रधानमन्त्रीमा पनि माग राखेको छ । 

 सूचना:  यो समाचार/ लेख/ अन्तर्वार्ता प्रशारण वा प्रकाशन गर्दा हिमालखबर डट कमलाई उदृत गर्न अनुरोध छ
Read Full Discussion Thread for this article