Posted by: Deep August 14, 2008
शृंखला
Login in to Rate this Post:     0       ?        

....

त्यो रात आफ्नै कोठामा पराई भएँ म। हरेक चिज नौलो लाग्न थाल्यो। कुनै नौलो ठाउँमा आईपुगे जस्तो। उस्को सोचाईमा मात्रै यस्तो , आफै यहाँ भोली आउँदा मैले के गर्ने होसोचें। उस्लाई नबोलाउन भन्नु पर्थ्यो कि मेघनालाई मैले? तर्क गरें। तर त्यो कसरी सम्भव थियो ? जस्को आराधना गर्थें , उसैको दर्शनलाई कसरी नाईँ भन्न सक्थें?

बत्ति निभाएर आफ्नो ओछ्यानमा छटपटिन थालेको पनि निक्कै बेर भैसकेको थ्यो। निन्द्रा नै लागेन। त्यो अध्याँरो कोठामा चलचित्रमा झै मैले अनेक दृश्यहरु देखिरहेको थिएँ। चलचित्रका कुनै कुनै दृष्यहरुमा झै ति दृष्यहरुमा मेरो नजिक आउँदा त्यो अध्याँरो कोठामा पनि निक्कै उज्यालो हुन्थ्यो।

केही लागेन। उठेर बत्ति बालें। जे गर्दिन भनेको थिएँ, त्यै नगरी भएन मलाई। जतनले बर्षौं देखि राखेको त्यही किताब झिकें जुन उस्ले मलाई दिएकि थिई। त्यो किताब मैले सधैं साथै राख्ने गरेको थिएँ।

ओछ्यानमा पल्टेर किताबका पानाहरु पल्टाउन थालें। हाडीगाउ निमेष भरमै पुगें। त्यहाँ बाट यात्रा शुरु भयो। पुराना दिनहरु झलझली आँखामा नाच्न थाले। धडकन तिब्र थ्यो। किताबमा उस्ले लेखेका शब्दहरुलाई हरेक चोटी पढदा फरक अर्थमा बुझे जस्तो लाग्थ्यो। आज झन बुझाई नितान्त बेग्लै थ्यो। ति किताबका पानाहरुमा कुनै मनमोहक बगैंचामा पुगे जस्तै रमाईरहेको थिएँ। त्यो बगैंचामा आउँदा जहाँ थिई, त्यहाँ बाट अलि पर गएको उस्लाई मैले देखेको थिएँ। तै पनि
उस्को सुबास ति फुलहरुमा अझै रंगमंगीएकै थिए। उस्लाई मैले देख्थें प्रस्टै तर स्पर्श गर्न लाइ अलि परै थिई। उस्लाई हेर्दा हेर्दै कुन बेला त्यै बगैंचामा भुसुक्कै निदाएछु म।

 बिहानको चिया नास्ता पछि शहरको घुमघाम कार्यक्रममा निस्किम। रबिन सँग पुराना दिनहरुको कुरा भए। "मेरो बुढालाई बिगारेको तपाईँहरुले रे हैन?" साउथ स्टेशन तिर बाट बरालिँदै चाईनाटाउन तिर लन्च खान जाँदा मेघनाले सोधी। "जाँड, रक्सी, चुरोटको लत लाईदेर मेरो रबिनलाई --" मेघनाले हाँसेर भनी। रबिन हात समातेर हिन्दै थिए।

"हाम्ले लाईदेको लत उस्ले चाहे छोडन पनि सक्छ तर तिमीले लाईदेको लतमा अब के गर्ला?" मैले भनें। "मैले के लत लाईदेकी छु ?" मेघनाले सोधी। "तिमिले लत लाई देकी छेउ नी मायाको" मैले भनें। "त्यो लत नछुटोस पनि कहिल्यै।" मेघनाले भनी। "पहिला पहिला सुनीताले नी त्यसै भन्थी" मैले भनें। "के रे? को सुनीता?" मेघनाका आँखा चम्किए। रबिन हाँस्दै बोल्यो "----मलाई काँ अचनामा राख्देको फेरी चिन्नु जान्नुको मान्छेको नाममा"-- मेघना मलाई रबिनलाई हेर्दै थिई। "यत्तिकै भन्देको" मैले भनें। "यो सुनीता भन्ने को हो---यस्ले मलाई धेरै दिन छोडदिन अब --" रबिनले मेघना तिर हेरेर भन्यो। बिचरी मेघनालाई सम्झाउन मलाई एकछिन लाग्यो। त्यस पछि फेरी पहिले जस्तै चुलबुले भई।

यता उता बरालिदा बरालिदै जस्तो बज्न आँटिसक्या थ्यो। क्षितिजको दुई चोटी फोन आईसकेको थ्यो मेघनालाई। कुरा गर्दा गर्दै मेघनाले एक चोटी इसाराले मलाई सँग कुरा गर्ने भनेर सोधेकी थिई तर मैले नाई भनें।

त्यो दिनको घुमघामलाई सकाउने क्रममा हामी घर तिर लागिम। फेरी भरेको लागि तयारी गर्नु थ्यो। फर्किदा मैले मेघनालाई फेरी भनें "दिनभरी घुमेर आईयो तिमीलाई थकाई लागेको भए रेस्टुरान्ट्बाट खाना मगाउँला--" उस्ले "नाई" भनी। फर्किदा सुपर्मार्केट गैयो। मेघनाको किनमेल थ्यो।

रबिन धन्ना टोलीमा थिईम। मेघना भान्सा तिर लागेकी थिई। "के मद्दत गरम?" भन्या, उस्ले "मैले खाना बनाउँदा मलाई आफ्नै सुरले गर्न मन लाग्छ सबै थोक --- जे मद्दत गर्नु भरे गर्नु" भनी।

रबिन बियरका बोतल लिएर बार्दली तिर लागिम। फेरी नयाँ पुराना गफमा हराईम।

दिनभरी जता जता गए पनि, जो जो सँग जे जे कुरा गरे पनि मेरो मन-मस्तिस्कबाट क्षितिजलाई मैले हटाउन सकेकै थिईन। त्यो क्रम अहिले पनि थ्यो। जति जति आउने बेला नजिकिदै थ्यो, उती उती अधैर्य हुँदै थिएँ।

आदित्य सँग आउँदै थिई। मैले हरेक शब्द तौलेर बोल्नु थ्यो, आफ्ना हरेक भाबहरुलाई निगरानी गर्नु थ्यो। "उस्ले कहाँ आउन किन हुन्छ भनेकी होला?" मलाई लाग्यो। प्रतिकुल परिस्थितीको असर मलाई भन्दा उस्लाई धेरै हुने निस्चित थ्यो। त्यति उस्ले पनि बुझेकै हुनु पर्ने।

आठ जस्तो बजेको थियो होला--मेघनाको फोन बज्यो। "उनीहरु हिने रे?" मेघनाले सुनाई। जुरुक्कै उठेछु। "कता हो? राजमार्गैमा जाने भेटन?" रबिनले सोध्यो। मेघना पनि हाँसी। पनि फिस्स हाँसे आफ्नो ताल देखेर। "कसरी आउने उनीहरु?" मैले मेघनालाई सोधें। "आदित्यले यहीँ पढेको हो नी -- उता वेस्ट कोस्ट तिर -- फेरी यता आईरहन्छ -- उसैले चलाउँछ होला नी मोटर-- खै अरु कोही आउने भन्या छैन मलाई " मेघनाले भनी।

कहाँ आईपुग्न उनीहरुलाई ४५ मिनेट जति लाग्ने थियो। सँग त्यति नै समय थ्यो तयार हुन। मनलाई सम्झाउनु थ्यो, दिमागलाई सचेतक बनाउनु थ्यो।

क्षितिज मैले जुन माला उनेका थिईम त्यस्का फुलहरु कुनबेला झरीसकेका थिए तर धागो सुरक्षित थ्यो।

उनीहरु आईपुगे। मुटु धडेकेको मेरो सुनीरहनु पर्दैन थ्यो, देखिन्थ्यो। बर्षामा पहाडको खोला झै गडगडाएको थ्यो। उनीहरुको मोटर बाहिर रोकिंदै गर्दा मेघनाले मेरो हात उस्का दुईटै हातले च्याप्प समातेर मलाई हेर्दै "दीप दाई!" भनेकी थिई। रबिन सँगै थ्यो, अनि साँझ बास बस्ने तरखरमा।

, मेघना, अनि रबिन बाहिर निस्किम। आदित्य पहिला निस्कियो मोटरबाट । उस्लाई मैले कहिल्यै देखेको थिएन। रबिनले परिचय गरायो। मैले स्वागत गरें। क्षितिज ओर्लने ढोका मेघनाले खोलेकी थिई। अनि सुन्तला रंगको सारी त्यस्कै जोडा पहिरन अनि श्रींगारमा क्षितिज पूर्बी आकासमा सूर्योदय अघिको आभा झै मेरो अघि उभिई। रबिन आदित्य तर्फ थिएम। मेघना क्षितिज तर्फ। उस्ले परेली उठाएर तिर हेर्दा समय स्थिर भएको थ्यो। अधरमा उही न्यानो मुस्कान थ्यो।

"ओहो, सारी लाएर आएकी?" मेघनाले क्षितिजलाई हेर्दै भनी। उनीहरुले एक अर्कालाई हग गरे।

क्षितिज हामी भए तिर बढी-- उस्ले केही झुकेर मलाई नमस्कार गर्दा झन्नै बिचलित भएको थिएँ।

"क्षितिजलाई चिन्नु हुन्छ नी दीपदाई, हैन?" मेघनाले तिर हेर्दै सोधी।

के के भनमला क्षितिज आउँदा भन्ने थ्यो, त्यति बेला एउटा शब्द पनि निस्केन। मैले खाली चिन्छुमा टाउको हल्लाएँ। शब्दले मेरो साथ त्यतिबेला नदिए पनि मुस्कानले भने धर्म थामेको थ्यो।

हामी भित्र लागिम। मेघना नै अघि लागेकी थिई। उस्को पछि क्षितिज थिई। आदित्य त्यस पछि, अनि रबिन अनि म।

.....

Read Full Discussion Thread for this article