Posted by: nakkali keti August 13, 2008
बेश्याको डायरी
Login in to Rate this Post:     0       ?        

बेश्याको डायरी

(भाग २)

मलाई हिजोको रात सपना जस्तो लागिरहेको छ। अझै बौरीन सकेको छैन। "किन अरु कोही ग्राहक पाएनौ ?" यी शब्दहरु मेरो कानमा झ्याउकिरी झै कराइरहेका छन।

"बन्द गर यो झ्याउ झ्याउ" चिच्याए। फेरी एक पटक रोए आफ्नो दोस्रो मृत्‍युमा। जसलाई लाखौं फुल फुलाउने बसन्त भन्ने सोचेको थिय शीशीर झै रित्तो रहेछ।

फेरी उस्को हसिलो अनुहार सम्झे। "कसरी हास्न सक्छ लाई मारेर?" लाई रिस उठ्यो। त्यो अनुहार चिथोरीदिन मन लाग्यो। "किन उस्ले अरुसँग बिहे गर्न सक्छ सँग मात्र सक्दैन वा गर्न चाहदैन?"

बेश्याहरु अपवित्र हुन्छन रे सभ्य समाजमा। त्यसो भए किन उस्को समाजबाट मेरो समाजमा आयो ? मैले बोलाएको थिइन। मसँग रात बिताएर किन अपवित्र भएन वा पवित्र इन। किन रह्यो नै रहेँ। त्यो कमलमा हीलै हीलो खन्याउन चाहन्छु। उस्लाई आफु जस्तै बनाउन चाहन्छु।

 

*********************************************************************************************************

 

कमलले साँच्चै भनेको रहेछ। त्यस रात पछी आएन। मेरोलागी उस्को प्रतिक्षा गर्नुको कुनौ औचित्त्य नै थिएन। फेरी ती अनेक थरी मान्छेहरुको भीड होमीए। शायद यसैलाई भन्छन बाँच्नको लागि संघर्स। ऐनाको उतापट्टिको  आक्रितीले सोध्यो "तँ फेरी बाँचिस्?" एक च्ड्कन लगाइदिन मन लाग्यो त्यो आक्रतीलाई। ती अनेक थरी मान्छेहरुले चिथोर्दा, थिच्दा, घोपट्याँदा लाई कतै दुख्छ मज्जा नै आउछ भने कसरी त्यस्ले जीबीत भएको शंन्का गर्न सक्छे?

 

*********************************************************************************************************

 

आज पल्लो घरकी बिमलीलाई भेटें। बजारको भीमेले ल्याएर बेचेछ यसै गल्लीको एउटा कोठिमा। मलाई देखेर "तँपाइ चमेली दिदी होइन?" भनेर सोधी। मैले पनि उस्लाई एकै चोटीमा ठम्याउन सकिन। हामीले पोतेका लाली, पाउडर गाजलले आफ्नो अनुहार आँफैले नचिन्ने बनाइदीएको थियो।

"हो तर तिमी...???"  मेरो प्रश्न नटुङ्गीदै उस्ले भनी " पल्लो घरकी बिमली के , दर्शेको बहिनि।"

" हो नि। कसरी आइपुगिस तँ यहाँ?" चिन्तीत भए।

मेरो प्रश्नले भक्कानिएर रुन थाली। निक्कै बेर रोइ मैले थुमथुम्याइ रहे।

"काम लगाइदिन्छु, चमेलीले झै धेरै पैसा कमाउलीस भन्यो भीमेले। घरका मान्छेले पनि जा जा भने। उसैको भर गरेर आएकी, मोरोले नर्कमा जाकेर गएछ।" उस्ले सुक्क सुक्क गर्दै भनी। उस्का आँसुले ती भद्दा गाजल केही पखालीएछन। मलाई अगी देखेकी भन्दा अलिक राम्री लाग्यो। " कसरी बाँच्छौ दिदी तिमी यहाँ?' उस्ले सोधी। अलमल्ल परें। उस्लाई यहाँ बाँच्ने मन्त्र दिन सक्थें पटक पटक मरेको यथार्थ बताउन सक्थें। मौन रहें। एकछीन है भन्दै फुत्त भित्र छिरी। हात मा एउटा पट्याएको कागजको पाना लिएर निस्की। "यसोधीले दिदिलाई भेट्यौ भने यो चिट्ठी दिनु है भनेकी थीइ। लाउ दिदी तिम्रो चिट्ठी।  उस्ले चिट्ठी मतिर तेर्स्याइ। " केही पर्‍यो भने मकहाँ आउनु है" भन्दै चिट्ठी च्यापेर आफ्नो बाटो लागें।

 

*************************************************************************************

क्रमश:

Read Full Discussion Thread for this article