Posted by: kanchho bhai August 11, 2008
जुरी हाल्छ कि न साइत!
Login in to Rate this Post:     0       ?        

"जानी भय जाम न त। एक दिन भए नि यो चाउरी म्याम को अनुहार हेर्न पर्दैन। "
पड्केले आफ्नो राय राख्यो। "ल कहाँ नजानी त कुरै छैन नि, एस्सो तरुनी को दर्शन गर्न नि पाईन्छ, साइत जुर्यो रइछ भनी त आफ्नो नि दिन बन्छ यार, आन्खिर बिहे-बटुलमै हो धेरै को दिन बन्नी, जानी जानी ल" भनेर मैले नि जाने पक्षमा आफ्नो कुरा राखे।
हाक्कु उता के भन्छ, "मेरो त लुगा किन्न पर्छ यार जानी भे त।" यो हाक्कु को सानै देखी को बानी भने नि हुन्छ, कही जाने भने कि उु सँग कहिले लुगा हुँदैन, किन्नै पर्छ। " ह्या यो मुल्ला लाई फेरि....." के भन्न लाथ्यो पड्के बिच्मै रोकियो। " ल उसो भए भोली स्कुल छुट्टी भएसी जाम्ला momo खुऔने भए, खुअौछस त? " पड्केले मेरो मन को कुरो बोलिदियो। "खुअैहल्छु नि यार, हिंड्न त हिडाओ पहिले।" हाक्कु ले सहमती जनायो।
स्कुल छोड्ने भने कि आफ्नो घरमा फेरी एक्छिन नाटक देखाउनै पर्ने के। "अं अं 1  दिन स्कुल जान्न भन्दा नि नहुनी, म मात्रै जस्तो, पड्के र हाक्कु पनि त जान्छन नि, न जा भने जान्न" भनेर म नि कोठामा गएर बसिदे, ल जा त। पहिले  पहिले एस्तो गरेसी कुरो ठ्यक्कै मिल्थ्यो आज त क् भो, एती बेला सम्मा नि केही भन्दैनन त" आफ्नो मनमा पिर पर्‍यो फेरी, आफ्नो trick  फेल खायो कि भनेर। निक्कै बेर पछी मम्मी को स्वोर सुनियो, " ए ल ल जालास अैजे अब भात खान। कि ब्रत बस्छस? " भनेसी बल्ल शास आयो। कुरो के भने आज खान पाक्ने टाईम को राम्रो अड्कल भएन रहेछ के मेरो, धेरै बेर घुर्की देखौन पर्‍यो मैले, "कत्ती बेर लाग्न पर्नी आजै फेरी भात पाक्न नि" । भात लाई गाली गर्दै हिंडे म तेही भात खान।
भोली स्कुल छुट्टी हुने बित्तिक्कै हाम्रो हिजो को प्लान अनुसार हाक्कु को लुगा किन्न गैयो, सिद्धै स्कुल बाट। हाक्कुको सामान किन्ने बानी राम्रो सँग थाहा थियो मलाई फेरी, त्यो सँग अस्ती भर्खर bag किन्न गाको याद ताजा नै थियो। मैले पहिले नै भन्दे, " हेर हाक्कु, धेरै बेर लगाइस भने त उही हो नि म त", " होइन यार, धेरै बेर लाउदिन, पक्का!" हाक्कु ले पक्का भने नि लास्टमा धक्का लगाइहाल्यो। सबै पसल डुलेर नि एउटा t-shirt मन पराएन। "७ बजिसक्यो ए उल्लु, तेरा छाउरा छाउरी एहा पेटमा marathon हान्न थालिसके, छिटो गर ओए।" अब चाँही मलाई अल्छि लाग्यो।

"उु त्यो पसल मा जाम, त्यहाँ चाँही किन्छु ल" हाक्कु नि अली थाकेछ अब त। " अब त २ प्लेट मम भए मात्रै जान्छु, नत्र हिंडे घर तिर म त" पड्केले पाको बेलामा डसी हाल्यो। एस्सो पड्केलाई घुरेर हाक्कु पसल तिर छिर्यो, हामी २ जन जना उस्को पछी पछी लागिम। त्यो पसल मा नि उस्को नखरा उही पुरानै। भए-भर को टीसर्ट लगाएर एना अगाडि घुमेसी नि उस्लाई एउटै मन पर्या होइन। पड्के उता कुर्सिमा सुस्तायो, मैले कुर्सी नि भेटिन। उसै त भोक लाइरा त्यस माथि कुर्सी ले नि साथ नदेसी मैले बोले, "लुगा सुहौन लाई त अनुहार नि गतिलो हुनु पर्‍यो नि ओेइ हाक्कु, साले अनुहार न दनुवार पान्डव सुनुवार" भनेसी बल्ल "ल तै छस राम्रो" भनेर टीसर्ट किन्न गाको मान्छे एउटा सर्ट बोकेर हिड्यो। "अनी pant नि?" पड्केले कुर्सी बाटइ बोल्यो। "छ छ अस्ती किनेको, उठ जाम ढिलो भो।
"अं मै बसेर ढिलो गरेको नि?" उता बाट पड्के करायो। इनिहरु दुई जना सँग हिंडे कि एस्तै हो जैले नि।
" मम खान जाम अब" मम नखुआये त अर्को पाली हामी आउँदैन थिएम भन्नि था थ्यो हाक्कु लाई, लागियो अब एभरेष्ट मम तिर, भुँडी चिलाउदै।

क्रमश:

Last edited: 11-Aug-08 07:50 PM
Read Full Discussion Thread for this article