Posted by: bikash kc August 11, 2008
Login in to Rate this Post:
0
?
कमल अधिकारीले आफ्नो कीर्तिमान तोडे |
२७-साउन-२०६५,सोमवार | |
काठमाडौँ। चीनको राजधानी बेइजिङमा सञ्चालन भइरहेको उनन्तीसौं गृष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिताअन्तर्गत भारोत्तोलन ६९ केजी तौल समूहतर्फ नेपालका कमल अधिकारी यसअघि आफैले राखेको राष्ट्रिय कीर्तिमान तोड्न सफल हुनुभएको छ। आज दिउासो १२ बजे सम्पन्न उक्त प्रतियोगितामा अधिकारीले स्न्याचमा ११४ केजी र क्लिन एण्ड जर्कमा १५४ केजी गरी जम्मा २६८ केजी तौल उचालेर नयाा राष्ट्रिय कीर्तिमान कायम गर्नुभएको हो। यसअघि उहााको नाममा स्न्याचमा ११३ केजी र क्लिन एण्ड जर्कमा १५३ केजी गरी जम्मा २६६ केजीको राष्ट्रिय कीर्तिमान थियो। बेइजिङ ओलम्पिकमा सहभागी नेपाली आठ खेलाडीमध्ये सबैभन्दा पछि वाइल्ड कार्ड पाउनुभएका अधिकारीको ढाडमा समस्यासमेत रहेको छ। दुई महिनाअगाडि जापानमा सम्पन्न सिनियर एसियन च्याम्पियनसीप प्रतियोगितामा सहभागी हुने क्रममा अधिकारीको ढाडमा सामान्य चोट लागेको हो। अधिकारीले आशा गरे अनुरुप प्रदर्शन गरे पनि ओलम्पिकको छनोट चरण भने पार गर्न सकेनन्। छनोट चरण समूह सीमा आठजनामध्ये अधिकारी छैटौं स्थानमा परेका थिए। |