Posted by: letsHaveFun August 8, 2008
***!!!!!Nepali Ukhaan Tukka Angreji ma !!!!!***
Login in to Rate this Post:     0       ?        

केही अनुदार उखान

हरिहर तिमिल्सिना

ठूला ग्रन्थले धेरै व्याख्या गरेर भन्न नसकेका कुरा साना उखानले केही व्याख्या नगरिकनै मीठो गरी भनेका हुन्छन् । केटाकेटीमा बाले भन्नुभएका कुरा सम्झन्छु -'बाबु, उखान भनेका पुराण हुन् ।' सा“च्चै केही नेपाली उखान पुराणभन्दा ज्ञानबर्द्धक छन् । उखानहरू श्रुतिमाधर्ुय र सूक्तिपर्ूण्ा हुन्छन् । भाषालाई अलङ्कृत बनाउन यिनको ठूलो भूमिका हुन्छ ।

उखानको उपयुक्त उपस्थितिले बोलाइ र लेखाइ दुवैलाई चखिलो बनाउ“छ । उखान हाम्रा बहुल संस्कृति, रीतिरिवाज र परम्पराका उपज हुन् । उखानमा समाजको सभ्यता, चेतना र जीवनशैलीको प्रतिविम्ब झल्किएको हुन्छ । यति हु“दाहु“दै पनि कुनै-कुनै उखान भने कुनै वर्ग, क्षेत्र र समुदायको हर्ुमत लिने खालका हुन्छन् । हाम्रा केही उखान असभ्य र अश्लीलता झल्किने खालका पनि छन् । नारी समुदायलाई होच्याउने र उपहास गर्ने केही उखानहरूको यहा“ चर्चा गरिन्छ । त्यस्ता उखानहरूलाई समयसापेक्ष हुनेगरी परिमार्जन गर्नु आवश्यक देखिन्छ । यद्यपि  झट्ट हर्ेदा यो सजिलो र सुहाउ“दो कार्य भने होइन । नारीको हर्ुमत लिने केही उखान पुनःनिर्माण गरी यहा“ प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

'आफू त रा“ड, जगतै भा“ड ।' महिला यस सुन्दर धर्तीका सृष्टिकर्ता हुन् । नारीहरू धर्ती बनाउने र सि“गार्ने कालिगढ हुन् । उनीहरूले नै जगत भा“ड्छन् भनेर यस्तो घातक आरोप कसरी लगाउनसकेको होला - यस उखानलाई 'आफू छ माड जगतै भा“ड' गर्न सकिन्छ । र्'मर्दका दसौटी स्वास्नी', यो उखानले बहुपति प्रथालाई प्रश्रय दिएको छ । लाज, शर्म, नियम, कानुन सबै कुराको खिल्ली उडाएको छ, यसले । यसलाई 'निर्लज्जका दसौटी स्वास्नी' भन्न सकिन्छ । 'खुट्टा भए जुत्ता कति-कति', हर्ेर्नुहोस् त कति निकृष्ट भावना । महिलालाई जुत्तासित तुलना गर्नु घोर निन्दनीय कुरा हो । यसलाई 'शिर रहे टोपी पाइन्छ' भने कसो होला - 'स्वास्नीको शृङ्गार लोग्ने', यस उखानले लोग्नेलाई स्वास्नीको र्सवस्वका रूपमा स्वीकार गरेको छ । साथै श्रीमान मरेपछि श्रीमानस“गै शृङ्गार समाप्त हुने श्रीमतीको दुरावस्थाको  पनि सम्झना गराउ“छ । कुनै पनि परिवारमा श्रीमतीको भूमिका श्रीमानको भन्दा उच्च हुन्छ भने यसलाई 'लोग्नेको आधार स्वास्नी' किन नभन्ने - 'ठाउ“ न ठहर बूढीको रहर' के रहर बूढीहरूको मात्र पेवा हो - घूस खाने, भ्रष्टाचार गर्ने, मोजमज्जा गर्ने, डुल्ने आदि रहर बूढाहरू नै बढी गर्छन् भने 'ठाउ“ न ठहर बूढाको रहर' किन नभन्ने - 'तरुनीको कान बन्चराले हान', बैंसले उन्मत्त भएको मान्छेले उल्टोमात्र सुन्न सक्छ । यसमा तरुनीको होइन, बैंसको दोष छ । बैंसले गरेको दोषलाई महिलामाथि लगेर किन थोपर्ने - यसलाई 'बैंसालुको कान बन्चराले हान' भन्दा कस्तो मीठो सुनिन्छ । 'मङ्सिरमा मुसाले पनि सातवटी ल्याउ“छ', फेरि उही बहुपत्नी प्रथालाई प्रश्रय । यसलाई 'मङ्सिरमा मुसाले पनि श्रीमती ल्याउ“छ' भन्न सकिन्छ । 'झगडालु स्वास्नी काउसाको माला', के झगडा गर्न खोज्ने स्वास्नीमात्र हुन् त - हाम्रोजस्तो पितृसत्तात्मक सामन्ती समाजमा झगडाको निहु“ झिकेर भिड्न अघि र्सर्ने पुरुष नै हुन्छन् भने 'झगडालु लोग्ने काउसाकोे माला' भने पनि त भइगयो नि । 'छोरी कुटेर बुहारी तर्सर्ााे', हरे शिव, दुवैतिर नारीलाई नै मार । अब यसलाई 'छोरो कुटेर ससुरा तर्सर्ााे' गर्नर्ुपर्छ । 'पर्राईकी छोरी कहिल्यै आफ्नी हुन्न', पर्राईकै छोरी ल्याएर श्रीमती, बुहारी अनि के-के जाति बनाउने, भन्ने बेलामा त्यसो भन्ने - निहु“ नै खोज्ने हो भने पर्राईको छोरो पनि त आफ्नो हुन्न नि ।

'चोक्टा खान गएकी बूढी झोलमा डुबेर मरी', अचेल चोक्टा र सोमरसको झोल खान माहिर त आधुनिक बूढाहरू नै हुन्छन् । किन बूढीलाई मात्र व्यङ्ग्य - 'अघि रा“डले जानिन, पछि रा“डले मानिन, बाघ लाग्यो घिच्याउन, बूढी लागी चिच्याउन ।' जान्ने-मान्नेजति सबै म, नजान्ने-नमान्नेजति सबै अरू । सपार्नेजति म, बिगार्नेजति अरू । यस्तो छ, हाम्रो सनातन सोचाइ । मैले बिगारे“, मैले जानिन भन्ने संस्कारको विकास भएको भए हामी हरेक क्षेत्रमा माथि हुने थियौं । माथिको उखानलाई 'अघि मैले मानिन, पछि मैले जानिन, बाघ लाग्यो घिच्याउन, अरू लागे चिच्याउन' बनाउन पाए कति राम्रो हुने थियो । 'हिस्स बूढी हरिया दा“त', यसै उखानलाई पनि त 'हुतिहाराको हरियो दा“त' भन्न सकिन्छ । 'गरिबलाई दिन्छु नभन्नु, रा“डीलाई लान्छु नभन्नु', यो उखानले त एकल महिला र गरिबलाई हेप्नसम्म हेपेको छ । अचेल अड्डा-अदालतका हाकिम ज्यादै आशे हुन्छन् । तल्लो तहका कर्मचारीको सरुवा, घटुवा, खोसुवा, बढुवा गर्नदेखि लिएर र्सवसाधारणको सानै काम गर्दा पनि केही र्झछ कि भनेर आश गर्छन् । त्यस्तै चुनाव सकिएपछि जनतालाई नचिन्नु हाम्रा नेताजीहरूको जन्मजात विशेषता हो । यस्ता नेताहरूलाई जनताले पनि अर्को चुनावमा नचिने हुन्छ । तर्सथ माथिको उखानलाई 'हाकिमलाई दिन्छु नभन्नु, नेतालाई चिन्छु नभन्नु' गरे कसो होला - 'आफ्नै छोरी नखर्माउली तन्नेरीलाई दोष', यो उखानले चाहि“ केटीलाई निर्लज्ज र केटालाई शालीन देखाउन खोजेको छ, तर कुरा त्यसो होइन । हुनुपर्ने चाहि“ 'आफ्नै छोरो उत्ताउलो तरुनीलाई दोष' हो । 'जुत्ता ठूलो हर्ेर्नु, बुहारी सानो हेर्ेर्नु', किन यसो भन्नुपरेको होला - सानी बुहारीलाई धेरै शोषण गर्न सकियोस् भनेर हो अथवा सानी बुहारी छिट्टै बूढी देखिन्न भनेर हो - कसै-कसैले यसलाई यौनसित जोडेर हर्ेर्ने गरेको पनि पाइन्छ । आफ्नो खुट्टा अनुसारको जुत्ता र छोरा अनुसारकी बुहारी हेरे त भइहाल्यो नि ।

खोज्दै जा“दा यस्ता अनगिन्ती उखान भेट्न सकिन्छ । नारीलाई उपहास गरिएका यी उखानबाहेक विभिन्न जाति, वर्ग, समुदाय आदिलाई होच्याउने उखानहरूको एउटा लामो तालिका नै बन्न सक्छ । तिनीहरू बाहेकको एउटा उखान यस्तो छ, जसले नेपालको प्रशासनिक क्षेत्र र नेपालीको सनातन कार्यसंस्कृतिको प्रतिनिधित्व गर्छ । यो उखान हाम्रो देश चलाउने नेता र सरकारी जागिरेको दैनिकीसित सम्बन्धित छ । यस उखानले नेपालीहरू भनेका फटाहा, ठग र कामचोरमात्र हुन् भनी बदनाम गर्न खोजेको छ । नेपाली मानसिकतालाई केही हदसम्म यो उखानले चरितार्थ पनि गर्छ । त्यो उखान हो, 'राजाको काम कहिले जाला घाम ।' अब त

राजा पनि छैनन् । देशमा लोकतान्त्रिक गणतन्त्रको स्थापना पनि भइसकेको छ । अब 'राजाको काम कहिले जाला घाम'लाई 'जनताको काम नडुब्दै घाम' गरे हुन्न र -

Read Full Discussion Thread for this article