Posted by: shirish August 8, 2008
how will you run Nepali Congress if you were GP Koirala ?
Login in to Rate this Post:     0       ?        

असारमा ८७ वर्ष टेकेका नेपाली कांग्रेसका सभापति तथा कामचलाउ प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सक्रियता अहिले प्रशंसा गर्न लायकसँग बढेको छ । साउन २२ गतेदेखि दुई दिनमै उनले दर्जनभन्दा बेशी राजनीतिक दलका नेताहरुलाई भेटिसकेका छन् । २३ गते मात्रै उनले एमालेका पूर्व महासचिव माधवकुमार नेपाल, जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापा, चुरे भावरका अध्यक्ष केशवप्रसाद मैनालीलगायत जनता दल र नेपाल परिवार दलका नेताहरुलाई पनि भेटे । तीन घण्टामा एक पटक अक्सिजन लिनुपर्ने अवस्थाको स्वास्थ्य रहेको भनिएका कोइरालामा देखिएको यो सक्रियताले उनको उच्च इच्छाशक्तिको झल्को त दिन्छ नै, उनी अझै सक्रिय राजनीतिबाट बिदा लिन चाहन्नन् भन्ने पनि स्पष्ट पारेको छ ।

साउन २४ गते राष्ट्रपति डा. रामवरण यादवले माओवादीलाई सहमतिको सरकार बनाउन दिएको दोश्रो म्याद सकिदैछ । सात दिनको पहिलो म्याद सकिएपछि नेपाली कांग्रेससहित प्रमुख दलको सहमतिमै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिसँग तीन दिनको म्याद मागेका हुन् र त्यही अनुसार राष्ट्रपतिले समय थपिदिएका हुन् । तर, श्रीलंकाबाट भारतको राजधानी नयाँ दिल्ली हुँदै कोइराला नेपाल फर्किएपछिको बिकशित परिस्थितिले तीन दिनको समय गुज्रिने करिब निश्चित भइसकेको छ । सरकार गठन गर्ने दोश्रो समय गुज्रिएपछि के होला ? माओवादीले फेरी समय माग्ला वा सरकारमै जान्न भन्ला ? सबैलाई थाहा छ, आउन लागेको यो अन्यौलका एक मात्र कारण कोइरालाको पछिल्लो सक्रियता नै हो ।

कोइरालाले भेटेकाहरुले भने अनुसार, कोइराला माओवादीको नेतृत्वमा कुनै हालतमा सरकार नबनोस् भन्ने चाहन्छन् । त्यति मात्र होइन, उनले एक पटक आफूलाई प्रधानमन्त्रीका लागि समर्थन गर्न पनि भेटेमध्ये केहीलाई स्पष्ट शब्दमा आग्रह गरेका छन् । संविधानसभाको बहुमत आफूलाई प्राप्त नहुने स्थिति बने पनि माओवादी नेतृत्वको सरकारलाई सहमति नदिने पक्षमा कोइराला रहेको कांग्रेस श्रोत नै बताउछ । परिस्थिति अझै पेचिलो हुदै जाँदा एमाले र मधेसी जनअधिकार फोरमले माओवादी नेतृत्वमै सरकार बन्नुपर्ने आफ्नो अडान छाड्लान वा नछाड्लान, कोइराला चाहिँ समय यसरी नै गुजार्दै जाँदा उनीहरु पनि आफूलाई समर्थन गर्न वाध्य हुनेछन् भन्ने बिश्लेषणमा छन् भन्छन्, उनका निकटहरु । 

 सूचना:  यो समाचार/ लेख/ अन्तर्वार्ता प्रशारण वा प्रकाशन गर्दा हिमालखबर डट कमलाई उदृत गर्न अनुरोध छ ।

Read Full Discussion Thread for this article