Posted by: bikash kc August 8, 2008
Login in to Rate this Post:
0
?
आजवाट चीनमा ओलम्पीक खेल शुरु भएको छ । कतै नहुनेपो हो कि भन्ने आशंका चिर्दै बेइजिङ्गमा भब्य समारोहकाविच ओलम्पीकको उद्घाटन भएको छ । थोरै खेलाडि धेरे घुमन्ते बोकेर नेपालपनि वेइजिङ्ग ओलम्पीकमा सहभागि भएको छ । विवादका विच २८ जनाको लामो लर्कोका साथ चीनमा आयोजीत ओलम्पीक प्रतियोगितामा सहभागि हुन गएका नेपाली टोलिहरुमध्ये पदकको आशा गरिएका भनेका तेक्वान्दोका खेलाडि दिपक विष्टवाट मात्र हो । कडा परिश्रम र लगनशिलताका साथ अगाडि बढेका उनी प्रतिष्पर्धावाट ओलम्पीकका लागि चयन भएकाले पनि उनले नेपालको नाममा यो पाली पदक भित्र्याउने धेरैको आशा र भरोसा समेत रहेको छ । एसियास्तरिय छनौट प्रतियोगितामा सहभागि भएर उनी ओलम्पीकको छनौटमा परेका हुन ।
दशौ साग प्रतियोगिताका गोल्डमेडल विजेता रहेका उनले ओलम्पीक प्रतियोगितामा समेत सफलता पाउन सकुन आउनुस शुभकामना दिउ ।