Posted by: Grunge83 August 7, 2008
गिरिजा प्रसाद कोईराला द्वारा माधव नेपाल लाइ प्रधानमन्त्री बन्न आग्रह
Login in to Rate this Post:     0       ?        
RiverBelle Casino
Custom Search
गिरिजा प्रसाद कोईराला द्वारा माधव नेपाल लाइ प्रधानमन्त्री बन्न आग्रह

कोइराला?नेपाल गोप्य वार्ता, सरकारको नेतृत्व लिन माधव नेपाललाई आग्रह

२२-साउन-२०६५,बुधवार

काठमाडौं। राष्ट्रिय सहमतिको सरकार गठनको लागि पहल थाल्नुभएका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आज नेकपा एमालेका पूर्व महासचिव माधव कुमार नेपालसँग नेकपा एमालेका वरिष्ठ नेता कृष्णलाल महर्जनको ललितपुरस्थित निवासमा भेटवार्ता गरी सरकारको नेतृत्व गर्न आग्रह गर्नु भएको छ। भेटमा आफूलाई राष्ट्रपति हुन नदिएका माओवादी नेता पुष्पकमल दाहाललाई प्रधानमन्त्री बन्न नदिन स्वदेश र विदेशी सबैलाई मिलाई सकेको हुँदा जसरी भए पनि सरकारको नेतृत्व गर्न आग्रह गर्नु भएको छ।

नेपालले आफू संविधानसभाको सदस्य नरहेका तर्फ इंगित गरेपछि कोइरालाले विश्वनाथ उपाध्यायले संविधानसभाको सदस्यमा सपथ नखाएका कारण आफू मन्त्रिपरिषद्को बैठकबाट उपाध्यायको ठाउँमा तपाईलाई सिफारिस गरिदिन तयार भएको र त्यसका लागि तपाई सरकारको नेतृत्वका लागि तयार हुनुपर्यो भन्नु भएको थियो ।

नेपालले भने पार्टीका साथीहरुलाई सोध्नु पर्ने बताएपछि कोइरालाले एमाले नेताहरुलाई म आफै फोनबाट सम्झाउन तयार छु तपाई नेतृत्वका लागि तयार हुनुपर्यो भन्नुभएको थियो।

यसैबीच सरकार गठन गर्न सहमति र सहकार्यका लागि हिजो संविधानसभामा प्रतिनिधित्व गर्ने साना दलहरुसँग छलफल गर्नुभएका प्रधानमन्त्री कोइरालाले आज व्यक्तिगत भेटघाटलाई निरन्तरता दिनुभएको हो। यसअघि प्रधानमन्त्री कोइरालाले बिहान राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसीसँग भेटवार्ता गर्नुभएको थियो। उहाँले आजै दिउँसो राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापा, चुरे भावर एकता समाज पार्टीका अध्यक्ष केशव मैनालीलगायतका नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बालुवाटार स्रोतले बताएको छ ।

यसअघि बुधबार संविधानसभामा प्रतिनिधित्व गर्ने विभिन्न दलका नेताहरुलाई प्रधानमन्त्रीनिवास बालुवाटारमा बोलाएर राष्ट्रिय सहमतिको सरकार निर्माणमा सहयोग गर्न आग्रह गर्नुभएको थियो। आजको एक मात्र आवश्यकता राष्ट्रिय सहमतिको सरकार बनाउनु रहेको भन्दै कामचलाउ प्रधानमन्त्री कोइरालाले यसमा सबै पक्ष संवेदनशील भएर लाग्न आवश्यक भएको बताउनुभएको थियो। भारतलगायत सबै मित्र राष्ट्रहरु सहमतिको सरकारको पक्षमा रहेको दलका नेताहरुसँगको भेटमा बतानुभएको भेटमा सहभागी सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले जानकारी दिनुभयो।

भेटमा अध्यक्ष महतोले आफूहरु निर्वाचनबाटै आएकोले जनता र राष्ट्रप्रतिको दायित्व उत्तिकै रहेको उल्लेख गर्दै राष्ट्रिय सहमतिको सरकार गठन र संविधान निर्माण प्रक्रियामा आफूहरुको पूर्ण सहयोग रहने बताउनुभएको महासचिव अनील झाले बताउनुभयो। अध्यक्ष महतोले सरकार गठनका लागि तयार गरिने साझा कार्यक्रम भने चार दलको मात्र नभई सबै दलको सहमतिमा तयार पारिनुपर्ने बताउनुभएको थियो। प्रधानमन्त्री कोइरालाले बुधबार बिहान दुई मधेसवादी दल र नेकपा मालेका शीर्ष नेताहरुसँग पनि भेटवार्ता गर्नुभएको छ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटवार्तामा सरकार गठनलगायतका विषयमा कुराकानी भएको स्रोतले बताएको छ। तमलोपाका अध्यक्ष महन्थ ठाकुरसँगको भेटमा नयाँ सरकार गठनप्रयासबारे छलफल भएको र कोइरालाले सरकारमा नजाने आफ्नो पार्टीको निर्णय फिर्ता लिन आफूहरुलाई आग्रह गर्नुभएको अध्यक्ष ठाकुरले जानकारी दिनुभयो।

प्रधानमन्त्री कोइरालाले सार्क शिखर सम्मेलनका बारेमा जानकारी गराउने भनिए पनि भेटवार्ता नयाँ सरकार गठनका विषयमा केन्द्रित रहेको बुझिएको छ। यसैबीच कांग्रेस सभापति एवं प्रधानमन्त्रीका विश्वासपात्रका रुपमा रहनुभएका कांग्रेस नेता अमलेशकुमार सिंहले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभएको छ। भेटका विषयमा थप केही कुरा भने सिंहले बताउन चाहनुभएन।

by Ramhari Subedi  on August 07 2008

Read Full Discussion Thread for this article