Posted by: dipika02 August 7, 2008
सम्बन्ध
Login in to Rate this Post:     0       ?        

मिस दि धन्यवाद!
हतार गरेकी होइन दि मैले। खासमा सम्बन्धमा तेती धेरै फाटो नआउँदा पनि सामान्य घटनाको गलत परीणाम देखाउन खोजेकी हो। सम्बन्धमा कुरा त्यस्तो बिग्रेको त के नै थियो र। दुबइ जना अली आबेगमा आएका हुन जुन कुर हरेक सम्बन्धमा हुन्छ जस्तो लाग्छ। निरन ले पनि रिस लाई नियन्त्रणमा राख्न सकेन त्यस्तो सजाय भोग्नु पर्ने भयो। क्रुर प्रब्रितीको त होइन निरन :)

लुते त्यही त म त कस्तो मान्छे होला राम्रो सँग नपढिकन के भनेको होला भनिरा :P :D 
तिम्रो लेखाइ को प्रशंसक हुँ म आफुनै। र तिम्रो प्रतिकृया पाउदा खुशी लाग्यो। यो कथामा चै मैले माथि  भनिहाले सुमधुर सम्बन्ध बिग्रेको देखाउन खोजेकी होइन, राम्रै सम्बन्धमा पनि घट्न सक्ने तितो वास्तविकता मात्रै देखाकी हो। कथाको अन्त्य दर्दनाक छ तर ज्ञानबर्धक पनि जस्तो लाग्छ है मलाई  र त्यही भएर नै यस्तो अन्त्य बनाकी हो :D  धन्यवाद लुते :)  

mythought, धन्यवाद! हाम्रो सोचाइ मिलेछ है सधैं खुशी पनि भईन्न नि, कहिले यस्तो कथा लेखेपछी थाहा हुन्छ नि जीवन-संगिनी/साथी को महत्व होइन त? हौशलाको लागि धन्यवाद। अर्को कथा चै म भन्न सक्दिन। यो कथाले धेरैनै दिमाग को प्रयोग गर्‍यो अब चै बिश्राम मागेको छ :)

माइला दाई धन्यवाद! मलाई थाहा थियो हजुरलाई यो अन्त्य मन पर्दैन भनेर र अरु धेरैलाई पनि। तर सधैं मन पर्ने कुरा मात्रै घट्दैन जीवनमा होइन त? कहिले काही यस्तो परिस्थितीको बारेमा पनि सोच्नु पर्छ नि होइन? अनी त गल्ती गर्न बाट रोकिन्छ नि। मेरो दाइलाई दु:खदायी कथा मन पर्दैन भनेर त मलाई पहिलेनै थाहा थियो। हुन्छ, अब ओठमा हाँसो फुटाउने कथा लेराउछु है। बहिनिको जीवनमा अनगिन्ती घटेका छन त्यस्ता हाँसो फुटाउने घटनाहरु त :)

 

Read Full Discussion Thread for this article