Posted by: dipika02 August 6, 2008
सम्बन्ध
Login in to Rate this Post:     0       ?        
लहरे, धन्यवाद साथी! कथाको सुरुवात देखिनै साथ दियौ तिमीले र निकै नै हौशला पनि दियौ। हो यो कथा को अन्त्य नरमाइलो छ। खुशी को कुरा यो सबै काल्पनिक हो। कसैको जिवनमा पनि यस्तो घटना नघटोस। मर्ने त मरेर जान्छन बाँच्ने ले भोग्नु पर्छ। त्यसैले रिसलाई नियन्त्रण मा राखेको नै बेस हो र यो कथाको सार पनि यही हो। 
 
नेपाली ठिटा, धन्यवाद! हजुरले पनि मलाई यो कथाको सुरुवात देखिनै साथ दिनु भयो र बारम्बार हौसला बढाईरहनु भयो। कथाको अन्त्य दर्दनाक छ। कसैले भोग्न नपरोस भन्छु तर शिक्षा पनि पाईन्छ जस्तो लाग्छ मलाई। कुनै कुनै गल्ती देख्दा सामान्य भएपनी परीणाम घातक हुन सक्छ भन्ने ज्ञान मात्र दिन खोजेकी हुँ।
 
रिट्ठे, धन्यवाद साथी! मेरो कथाको सार नै अन्तिम भागमा छ। त्यसैले यस्लाई रिवाइन्ड गरेर फेरी लेख नभन साथी। हो पढ्दा नरमाइलो लाग्छ तर यस्तो कुरा को ज्ञान पनि हुनु पर्छ। आबेग ले धेरै नराम्रो स्थितिहरु निम्त्याउछ। कुनै गल्तिहरु सुधार्न  सकिन्न र यो पनि एउटा त्यस्तै गल्ती हो जस्ले गर्दा जिन्दगी भर पस्चाताप को आगोमा जल्नु पर्ने हुन सक्छ।  

 
ठुल्दाइ, धन्यवाद! हजुरले पनि कथाको सुरुवात देखी साथ दिनु भयो र सधैं झै यो पाली पनि मेरो हौसला बढाईरहनु भयो। यो कथा मैले अरु भन्दा बेग्लै र हाँस्य भन्दा ज्ञानबर्धक बनाउन खोजेकी हो। यो दुई प्रेमिको कथा हो। एक अर्कामा प्रेम हुँदा हुँदै पनि परिस्थिती बलियो भईदियो।
 
चिप्लु, धन्यवाद! हजुरले पनि कथाको सुरुवात देखिनै मलाई साथ दिनु भयो र हौसला बढाइरहनु भयो। हजुरले मेरो मनको कुरा बुझ्नु भयो। कहिले समान्य लाग्ने कुराले पनि घातक स्थिती निम्त्याउछ। निरनलाई के थाहा थियो र उस्को आबेगको त्यस्तो परीणाम होला भनेर। हो, कसैको जिवनमा पनि यस्तो नघटोस।
 
नेत्र, धन्यवाद! तिमीले पनि कथाको सुरुवात देखिनै साथ दियौ तिमीले र निकै नै हौशला पनि दियौ। हो यो कथा मैले कसैले कल्पना गरेको भन्दा अलग नै बनाउन खोजेकी हो र शिक्षा पनि दिन खोजेकी हो। आबेग मा जो पनि आउछ। कहिले परिस्थितीले नै आबेग लाई निम्त्यौछ र घातक अन्त्य बनाउछ। कसैको जीवनमा पनि यस्तो नघटोस यही मेरो शुभकामना।
 
सान्नानी, धन्यवाद! हजुरले पनि कथाको सुरुवात देखिनै मलाई साथ दिनु भयो र हौसला बढाइरहनु भयो। त्यो सिनेमा मैले धेरै अगाडि हेरेकी हो र यो कथा लेखुन्जेल मलाई सुचित्रा पनि आँखामा अइरहेको थियो। मैले जे देखाउन खोजेँ हजुरले त्यही देख्नु भयो। एकदम खुशी लाग्यो।
 
नेप्चु, धन्यवाद! तिमीले पनि कथाको सुरुवात देखिनै साथ दियौ र निकै नै हौशला पनि दियौ। हो  कुनै परिस्थिती निकै बलियो भईदिन्छन र परीणाम घातक हुन जान्छ। निरनले फर्केरै हेरेको भए पनि हुन्थ्यो होला तर हेरेन। जब हेर्यो धेरै ढिलो भईसकेको थियो। ल अब चाइ तिम्रो रमाइलो कबिताको पालो है।
 
मौज गरौ, धन्यवाद! मेरो कथाको सार एक वाक्यमै पुरा गरिदिनु भएको मा धेरै खुशी लाग्यो। कथा अली दर्दनाक छ। तर काल्पनिक हो। कसैको जिवनमा पनि नघटोस यही मेरो शुभकामना।
 
नेपाली प्रेमी ज्यु, धन्यवाद! धेरै पछी हजुरलाई मेरो धागो मा देखेर खुशी लाग्यो। हजुरको प्रतिकृया को त म सधैं कदर गर्छु र त्यो मैले पहिले पनि धेरै पटक भनेकी छु। म अझ पनि सिक्दै छु। साहित्यको भण्डारलाई त मैले कोट्याउन पनि सकेकी छैन। तर प्रयास जारी नै राख्ने छु। हो कथाको अन्त्य दु:खदायी भयो तर यो कथाको सार नै त्यही हो। यो काल्पनिक हो र त्यही मार्फत शिक्षा पनि दिन खोजेकी हो। आबेग ले निम्त्याउने परिस्थिती को ज्ञानमात्र दिने जमर्को गरेकी हो। हौसलाको लागि फेरी पनि धन्यवाद।  
 

पढेर प्रतिकृया नदिने पाठकहरुलाई पनि धेरै धेरै धन्यवाद पढिदिनु भएकोमा।
 
यो कथा को अन्त्य दर्दनाक नै भयो। मैले सुरुवात मै अन्त्य त्यसरी गर्ने सोचेकि थिएँ र गरे पनि। हास्य रचनाहरु धेरै पढियो जीवनको अर्को पाटोलाई पनि नियालेर हेर्ने जमर्को गरेकी हुँ। यो कथा पूर्ण रुपमा काल्पनिक हो। सबैको दाम्पत्य जीवन सुखमय रहोस्। यही मेरो शुभकामना। अर्को चोटि रमाइलो कथा लिएर आउनेछु। धन्यवाद!!! 
 
दिपिका   
 
Last edited: 06-Aug-08 02:14 PM
Read Full Discussion Thread for this article