Posted by: sajhabusaima August 6, 2008
Need Donation to Build Library In Eastern Chitwan
Login in to Rate this Post:     0       ?        

     

 

5.       साधारण अंग्रेजि शिक्षा (२१ दिन)

 

यसको अन्त मा हेरक सहभागि ले सजिलै अग्रेजि बाक्य बनाउन सक्नेछन, जसका लागि सहभागिहरु लाइ समुहमा बिभाजन गरिन्छ हरेक सहभागि लाइ शब्द चिन्न र त्यहि अनुरुप बाक्य बनाउन दिएनेछ। यसमा धेरै भन्दा धेरै रुपमा सहभागिहरुलाइ भाग लिन लगाइने छ र ऊनिहरुलाइ धेरै भन्दा धेरै सामान्य बाक्यहरु बनाउन लगाइनेछ। जसले गर्दा उनिहरु मा अंग्रेजि बोल्न र लेख्न सक्ने बानि मा बिकास हुन जानेछ र साना साना बाक्य बाट नै पारेग्राफ बन्दछ।

 

-   हरेक सहभागि लाइ भर्ब, नाउन का साथ मा ब्याकरण सिकाइने छ, जसले ऊनिहरु लाइ बाक्यबनाउन सजिलो हुनेछ र यस क्रमा उनिहरु लाइ बढि भन्दा बढि रुप मा सहभागि गराइने छ जसले गर्दा उनिहरु लाइ बुझ्न सजिलो हुना जानेछ ।

 

यस को अन्त मा हरेक सहभागि ले आफ्ना बारेमा र मन मा रहेका साधारण कुरा अग्रेजि पोख्न सक्ने छ । जसका लागि बढि भन्दा बढि सहभागि हरु लाइ हिज्जे लगायत अरु रोमान।चकारि कार्यक्रम गरेर सहभागि लाइ बुझाउने प्रयास गरिनेछ ।

 

हरेक सहभागि लाइ धेरै भन्दा धेरै ज्ञान दिने प्रयास गरिनेछ र कमजोर हरु लाइ अतिरिक्त समय दिएर सिकाउने प्रयास गरिनेछ। यस का लागि ३ बटा परिक्षा लिगिने छ र हरेक परिक्षा को मुल्याङकन गरेर कमजोर हरुलाइ अघि लैजाने प्रयास गरिने छ ।

 

हरेक दिन आउने प्रतिफल र सहभागि हरुको नाम रेक्रड गरिनेछ, त्यसलाइ सुक्ष्म तरिका ले अध्यन गरिने छ र त्यहि आधार मा ऊनिहरु सम्म पुग्ने प्रयास गरिने छ भने यसले संचालकलाइ उनिहरु लाइ दिनु पर्ने अतिरिक्त समयको पनि हिसाब गर्न सजिलो हुनेछ 

 

२.       ब्यबसाहिक शिक्षा (३० दिन)

-   बाख्रा पालन

यस मा उन्नत बाख्रा पालका लागि आवस्यक ज्ञान दिने प्रयास गरिने छ। जसमा बाख्रा खरिद देखि बाख्रा को बिक्रि सम्म आइपर्ने कुराहरु लाइ सरल भाषामा सिकाइने छ । जसले गर्दा यस पेशा अंगाल्न चाहाने सहभागि ले यसको गहिराइ सम्म पुग्न सकोस । यस मा शुरु गर्दा लाग्ने लगानि र त्यसलाइ जुटाउन पनि कसरि सहयोग गर्न सकिन्छ भन्ने कुरा मा चर्चा गरिने छ।

 

- बुङ्गुर पालन

यस मा उन्नत बुङ्गुर हरु बाट कसरि लाभ लिन सकिन्च भने कुरा सगभागि हरुलाइ बुझाउने प्रयास गरिने छ। यसमा यसका लागि छाहिने बातावरण, खाना, लगायत सहभागि लाइ आबस्यक पर्ने ज्ञान दिने प्रयास गरिने छ। यसमा पनि बाख्रा मा जस्तै ब्यबसाय सुरु गर्दा लाग्ने लगानि र त्यसलाइ जुटाउन पनि कसरि सहयोग गर्न सकिन्छ भन्ने कुरा मा चर्चा गरिने छ।

 

  कुखुरा पालन

यस मा पनि माथि उल्लेखित भए जस्तै कुखुराको ब्यबसाहिक उत्पादन मा आवस्यक पर्ने ज्ञान र सिप का बिकास को लागि प्रयास गरिने छ। यसमा पनि  अरुमा जस्तै ब्यबसाय सुरु गर्दा लाग्ने लगानि र त्यसलाइ जुटाउन पनि कसरि सहयोग गर्न सकिन्छ भन्ने कुरा मा चर्चा गरिने छ।

 

- तरकारि वा घुम्ति पसल

यस मा सहभागि हरुलाइ साधारण पसल गर्दा चाहने ज्ञान र सिप  सिकाउने प्रयास गरिने छ। जसले सहभागिहरुलाइ बिज्ञापन देखि लियर आफ्नो बास्तुहरु  कासरि सजिलै ग्रहाक सम्म लैजाने प्रयास गर्ने छ। यसमा पनि  अरुमा जस्तै ब्यबसाय सुरु गर्दा लाग्ने लगानि र त्यसलाइ जुटाउन पनि कसरि सहयोग गर्न सकिन्छ भन्ने कुरा मा चर्चा गरिने छ।

 

अर्गानिक खेति

यस मा सहभागि हरु लाइ केमिकल प्रयोग बाट जमिन लाइ भैरहेको नोकसानि देखि आफ्नै घर मा कम्पोस्ट मल बनाउने तरिका अनि नयाँ किसम को खेति गर्न का लागि आवस्यक पर्ने सिप र ज्ञान दिने प्रयास गर्ने  छ। यसमा पनि  अरुमा जस्तै ब्यबसाय सुरु गर्दा लाग्ने लगानि र त्यसलाइ जुटाउन पनि कसरि सहयोग गर्न सकिन्छ भन्ने कुरा मा चर्चा गरिने छ।

 

३.       साधारण कम्प्युटर तालिम  (६ दिन)

यस मा सहभागि हरु लाइ आफ्नो ब्यबसाय का लागि चाहिने ज्ञान कसरि इनट्रनेट बाट लिने लगायत आफ्नो हरेक दिन को हिसाब कितब अनि दैनिक क्रिया कलाप लाइ काँहा र कसरि रेकर्ड गर्न पर्छ भनेर ज्ञान दिनु का साथ साथ मा हरेक घर सम्म सुचना प्रबिधि को पहुच पुर्याउने छ।

Read Full Discussion Thread for this article