Posted by: dipika02 August 5, 2008
सम्बन्ध
Login in to Rate this Post:     0       ?        

रबी धन्यवाद! धेरै दिन पछी देखिनु भयो नि। चौतारीमा पनि आउनु हुन्न। सञ्चै हुनु हुन्छ?

हर्क दाई धन्यवाद! हो है यी सम्बन्ध, माया, पिरती भन्दा त पूजा कै कथा रमाइलो। मलाई पनि त्यस्तै लाग्छ। धेरै बुझ्न पनि नपर्ने।

रिट्ठे धन्यवाद! त्यही त हेरन बेक्कारमा नराम्रो रुप लियो सम्बन्धले। हो तिमीलाई सपनाको केही कुरा जायज लागेन। त्यस्तै हो साथी कसैलाई सपनाको कुरा जायज लाग्दैन कसैलाई निरनको। सम्बन्ध बढाउन कती गाह्रो हुन्छ बिग्रन के नै बेर लाग्छ र है?

साजन धन्यवाद! हेरन कथा अगाडि बढाउने त हो तर समयले थिचेर हैरान पार्यो। यस्तो स्थिती आउँला भन्ने थाहा पाएको भए त कथा सुरु नै गर्दिन थिएँ होला। तै पनि अर्को भाग चाइ छिट्टो गर्छु।

मिस दि धन्यवाद! निरनले आफुलाई सम्हाल्न त खोजेको हो तर परिस्थिती नै त्यस्तै पर्‍यो क्या। उस्लाई पछुतो त पक्कै हुन्छ होलानी आफ्नो श्रीमती माथि हात उठाएको। सपनाको पनि रुखो बोली त होइन तर धेरै कुरा मनमा बाँधियो भने एक्कै चोटि उर्लेर आउछ नि, त्यही भयो जस्तो छ क्या :)

सान्नानी अर्को भाग म छिट्टै राख्छु यो पाली त है। मैले कुनै पात्र माथि अन्याय गरेको जस्तो लाग्यो भने भन्नुस् है।

लहरे धन्यबाद साथी! यो भाग पनि राम्रो लाग्यो? ल खुशी लाग्यो। तिमीले सुरुमा तिम्रो आफ्नो जीवन सँग मिल्न गयो भन्थ्यौ नि। मैले अब मिल्दैन किन भनेकी थाहा भयो नि है साथी तिमीलाई?

एकल, धन्यवाद! एकदम ठीक कुरा गर्नु भयो। कुनै पनि केटीले उस्को र श्रीमान बिच अरु कोही आएको सहन सक्दैन। सपनाले विवाह भन्दा पहिलेनै स्विकारेकी थीइ उस्को अतितलाई। तर उस्लाई अब फेरी त्यो अतित ले निरन्लाई घच्घच्चौदा डर लाग्यो कतै निरनको अतितले उनिहरुको बर्तमान लाई असर गर्ने त होइन भनेर र उस्ले सतर्कता अपनाउन चाही जुन हर स्वास्नी मान्छेले गर्छन् जस्तो लाग्छ मलाई।

निरन एक स्वाभिमानी लोग्ने हो। उस्ले सपनासँग केही कुरा लुकाएको छैन र आफ्नो कर्तब्यबाट पछी परेको पनि छैन। उस्को भुतकाल आफ्नै ठाउमा छ जुन सपनाले पहिले नै स्विकारीसकेकी थीइ। हो दुबै जना आबेगमा आएर उनिहरुको बिचमा सानो फाटो आयो तर मैले यसमा लोग्ने मान्छेलाई तल देखाउन खोजेकी होइन। मलाई सोध्नु हुन्छ भने म न निरनको गल्ती देख्छु न सपनाको। त्यसैले मलाई दुबै पात्र प्रती अन्याय भएको जस्तो लाग्दैन। मलाई यस्तो प्रतिकृया सधैं राम्रो लाग्छ। धेरै धेरै धन्यवाद यस्तो प्रतिकृया दिनु भएकोमा।   

नेत्र धन्यवाद! हो भनेको हेरन सम्बन्धमा त तुसारपात नै आउन लाग्यो जस्तो छ।             

नेप्चु धन्यवाद! त्यही भनेको हेरन यो सम्बन्ध भन्ने कुरा साह्रै गाह्रो हुने जस्तो छ बुझ्न पनि। त्यो परालको भुशको स्टोभको चुलोको सबैको आगो देखिन्छ कि क्या हो?

मामा हजुरले कस्तो भान्जिको मनको कुरा बुझनु भएको। म पनि दुबइको केही गल्ती देख्दिन। समय कमजोर भएको होला शायद सतर्कता दुबइले अपनाय राम्रो नि होइन त मामा?  अब अर्को भाग चै छिट्टै आउछ मामा।      

Read Full Discussion Thread for this article