Posted by: Himalaya178 August 5, 2008
परमानन्दले अदालतलाइ टेरेनन
Login in to Rate this Post:     0       ?        

हिन्दी भाषामा सपथ खाएर विवादमा आएका उपराष्ट्रपति परमानन्द झाले लामो समय आफैंले काम गरेको सर्वोच्च अदालतको आदेशको आवज्ञा गरेका छन । हिन्दीमा सपथ खाएको विषयमा अदालतमा परेको रिटको विषयमा सात दिनभित्र लिखित रुपमा प्रष्टिकरणका लागि अदालतले झालाई आदेश दिएको थियो । त्यो सात दिन आज पांच वजेवाट समाप्त भयो । तर परमानन्दले लिखित जवाफ पठाएनन ।
तर यत्तिमै मात्र यो लफडा सकिने भने रहेनछ । अब अदालतले उनलाई तोकिएको समयभित्र लिखित जवाफ दिन नसक्नुको कारण बताउन पुन ३५ दिन समय दिने रहेछ । सायद त्यसपछि पनि नदिए ४५ दिन दिने पो काुननी व्यवसस्था छ कि ?
अदालतले दिएको आदेश अवज्ञा गर्नु भनेको अदालतको अपहेलता गर्नु हो । यसको मतलव अदालतले आफ्नो आदेश नमान्नेमाथि अदालतको अपहेलना गरेको विषयमा छुट्टै मुद्धा समेत चलाउन सक्छ । यो मुद्धा भनेको फौजदारी मुद्धा समान हो । यसको मतलव कानुनले फौजदारी अपराध गरेको ब्यक्तिलाई सांसद मन्त्री लागयत सरकारी सेवा गर्न बन्देज लगाएको छ । यो उपराष्ट्रपतिमा समेत लागु हुन्छ नै । अदालतको खुट्टा नकाम्ने हो र उनले ३५ दिनभित्र जवाफ नदिने हो भने सायद उनलाई हटाउन संविधान सभा बैठकमा महाअभियोग लगेर पारित पनि गर्नु पर्दैन कि ?

Source: HamroBlog

Read Full Discussion Thread for this article