Posted by: sajhabusaima August 4, 2008
Need Donation to Build Library In Eastern Chitwan
Login in to Rate this Post:     0       ?        
साथिहो  हामि ले धेरै राजनिति का कुरा गर्यौ बिकास का ब्याख्या गर्यौ  तर अब पालो आएको छ गाँउ समाज को बिकास गर्न लाग्ने । हुन सक्छ तपाइहरु मध्ये कति को दिल देखि चाहाना होला केहि गरौ भन्ने र यदि त्यस्तो छ भने प्लिज इमेल गर्न नभुल्नु होला। अनि कति साथि हरु बिभिन्न संघ संस्था  हरु मा आबद्ध हुनु हुन्छ र तपाइले कुने पनि तरिका ले  सहयोग गर्न सक्नु हुन्छ भने पनि इमेल गर्न को लागि अनुरोध गर्दछु । तपाइहरु सँग गाँउ मा कसरि शिक्षित बनाउन सकिन्छ र कसरि आएमुलक कार्यक्रम गाँउ का हरेक बासिन्दा सम्म पुर्याउन सकिन्छ  भन्ने केहि छ भने सेयर  गर्न अनुरोध गर्दछु तपाइहरु माझ।

साथि हो यो गाँउ पुर्ब चितवन को एउटा गाँउ हो जाँहा  सुकुम्बासि को ठुलो बस्ति छ र पढने मानिस हरु  कम मात्र  छैन अनि आए स्रोत पनि कम छ वा छदै छैन भन्दा पनि हुन्छ।  हरेक साल  म किताब किन्ने गर्दछु याँहा को लागि र केहि लाइ पढाउने प्रयास गर्दछु तर मेरो एकल प्रयास फेल त नभनु तर सफल हुन सकिरहेको छैन, त्यसैका लागि म चाहान्छु कि एउटा पुस्तकालय बनाउन सकियो भने याँहा का मानिस पढाउन सजिलो मात्र पर्ने छैन पुस्तकालय मार्फत ब्यबसाय मुलक शिक्षा र मानिस हरु लाइ ब्यबसाय मा लगाउन सकिन्छ ।हरेक महिला शिक्षित नभइ हाम्रो समाज सिक्षित हुन सक्ने बाला छैन्न  अनि त्यति बेला सम्म यि नेता भनउदा हरु ले सुकुम्बासिकै नाम मा हाम्रो समाज लुटन छोडने छैन ।  सुकुम्बासि को नाम मा राजनिति गर्ने हरु लाइ यति गरेर देखाउन सक्ने हो भने सुकुम्बासि ले नै उनिहरु को अनुहार मा थुक्ने छन । किनकि उनिहरु लाइ मौका दइनु पर्छ उनिहरु को जिन्दगि को नक्सा उनिहरु ले नै कोर्नेछन । गाँउ मा रहेको क्लब ले यसका लागि काम त गरिरहेको छ तर गरिबि का कारण केहि हुन सकिरहेको छैन , त्यसैले तपाइहरु को सहयोग को अपेक्षा गर्दछु ।
Read Full Discussion Thread for this article