Posted by: sYaKuuRiolAKU_nchImb August 3, 2008
****NEPAL KO NETAHARU SAB CHOR INDIAN PHATAHA HARU HO*****
Login in to Rate this Post:     0       ?        

http://www.kantipuronline.com/pNepal/article.php?&aid=12

http://www.kantipuronline.com/pNepal/article.php?&aid=12

हामी नेपाली

यादवपथ र परमानन्द प्रवृत्ति


गत साता शनिबारको कुरा हो । कान्तिपुर दैनिकमा एक जना मधेसी मूलका पत्रकार जितेन्द्र साहले उपराष्ट्रपति परमानन्द झाले हिन्दी भाषामा शपथ लिएकामा दुःख व्यक्त गर्दै एउटा लेख लेखेका छन् । हुने भइदिएको भए यसपटकको यो स्तम्भमा साहको सो लेखको पर्ूण्ापाठ नै उद्धृत गरििदन मन लागेको थियो तर त्यो सम्भव नभएकाले यहा“ उनको लेखको एक अनुच्छेद मात्र उद्धृत गर्दैछु ः
"तर्राईबाट प्रतिनिधित्व गर्ने मधेसी जनअधिकार फोरम, तर्राई मधेस लोकतान्त्रिक पार्टर्ीीतमलोपा) र सद्भावनालगायतका दलको हिन्दी भाषाप्रतिको मोह देख्दा मलाई आर्श्चर्य लाग्छ । आखिर केका लागि - भोट कि नोटका लागि - उनीहरू हिन्दी बोलेर कसलाई खुसी पार्न खोजिरहेका छन् - जातीय एवम् राष्ट्रिय पहिचानका लागि भोकभोकै बसेर तर्राई आन्दोलनमा सहभागी भएका नेपालीलाई खुसी पार्न त पक्कै होइन । मधेसवादी नेता हिन्दी बोल्नमा गर्व गर्छन् तर आमतर्राईबासीले बोल्ने मैथिली, भोजपुरी, अवधीलगायतका भाषा बोल्न हिचकिचाउ“छन् । यस्तो मानसिकता बोकेका दलले कसरी तर्राईबासीलाई देशको मूलधारमा ल्याउलान् र उनीहरूको राष्ट्रिय पहिचानको संरक्षण गर्लान् - उनीहरूको प्रयास त तर्राईबासीलाई भारतीय, बिहारी र भैया भनेर चिनाउनेतिर केन्द्रित देखिन्छ ।"
गत साताभर िदेशका विभिन्न ठाउ“मा उपराष्ट्रपति झाका विरुद्ध विरोध पर््रदर्शनहरू भए तर झा प्रवृत्तिका विरुद्ध जितेन्द्र साहले जस्तो छाती खोलेर लेख्‍ने आ“ट खास कोही मधेसीले गर्न सकेनन् या गर्न चाहेनन् । गैरमधेसीले झाको आलोचना गर्नलाई त परमानन्दमार्गीहरूले स्वाभाविक रूपमा पर्ूवाग्रहपर्ूण्ा ढङ्गबाट हर्ेर्ने नै भए । १० जना मात्र खा“टी मधेसी पत्रकार र बुद्धिजीवीहरूले साहजत्तिकै सशक्त ढङ्गले देशका प्रमुख सञ्चारमाध्यमहरूबाट परमानन्द प्रवृत्तिको विरोध गरििदएको भए नेपाली राष्ट्रियताका पक्षमा त्यो कति रचनात्मक र ओजपर्ूण्ा पहलकदमी हुने थियो । त्यसैगरी १० जना मात्र राष्ट्रिय परचिय बोकेका खा“टी मधेसी नेताहरूले राष्ट्रपति रामवरण यादवले जस्तो राष्ट्रिय पोसाकमा ठा“टिएर संविधानसभामा हिन्दीमा होइन, नेपालीमा भाषण र बहस गरििदएको भए यस देशको राष्ट्रियता र राष्ट्रिय अखण्डतामा कसैले आ“च पुर्‍याउन सक्दैन भनेर हामी सबै ढुक्क हुनसक्ने स्िथति हुने थियो ।
यादव अन्तिम घडीमा बदलिएको राजनीतिक समीकरणको परण्िाामस्वरूप राष्ट्रपति भएका हुन् । उनी न रामराजाप्रसाद सिंहजस्तो जीवनभर गणतान्त्रिक मान्यता बोकेका व्यक्ति हुन्, न गिरजिाप्रसाद कोइरालाजस्तो जनआन्दोलनका नायक नै हुन् । तैपनि, सही समयमा सही निर्ण्र्ाालि“दा उनले आफूलाई सङ्कटमा परेको भनिएको नेपाली राष्ट्रियताको प्रतीकका रूपमा उभ्याएर चौतर्फी सम्मान हासिल गर्न सक्षम भएका छन् । यादवले आफ्नो कार्यकालमा गम्भीर गल्ती गरेनन् भने नेपालीहरूले गणतान्त्रिक नेपालको पहिलो राष्ट्रपतिका बारे सधै“ गर्व गर्नसक्ने छन् ।
राष्ट्रियतालाई लिएर मधेस गम्भीर प्रश्न बनिरहेका बेला एक जना मधेसी नेताले राष्ट्रिय पोसाकमा ठा“टिएर राष्ट्रिय भाषामा शपथ लि“दा त्यसले जति सकारात्मक सन्देश प्रवाह गर्‍यो, स्वाभाविक रूपमा त्यति नै नकारात्मक सन्देश परमानन्द झाले हिन्दीमा गरेको शपथग्रहणले दिएको छ । देशभर विरोध हु“दा पनि उनी र उनको दल दुवैले हिन्दी भाषा प्रयोगको बचाउ गरे । उनीहरू त्यसलाई अझ संवैधानिक संरक्षण प्रदान गर्ने कुरा गररिहेका छन् । झाले अन्तर्वार्ताका क्रममा नेपालीमा शपथ लिएको भए तर्राईका अन्य समुदायहरूलाई त्यो बुझ्न कठिन हुने तर्क गरे तर राष्ट्रपति यादवले नेपालीमा लिएको शपथ के तर्राईका बासिन्दाहरूले बुझेनन् त भन्ने प्रश्नको उनले चित्तबुझ्दो जवाफ दिन सकेनन् । आखिर यादवले नेपालीमा शपथ लि“दा तर्राईमा त्यसको विरोध भएन र सिङ्गो देशले त्यसमा गर्व गर्‍यो भने झाले पनि यादवले जस्तै गरेको भए अवश्य पनि त्यसको देशभर िमुक्तकण्ठले प्रशंसा हुने थियो । अहिले झालाई देशको पहिलो उपराष्ट्रपति हु“दासमेत शिर ठाडो पारेर हि“ड्न र र्सार्वजनिक ठाउ“हरूमा उपस्िथत हुन लाज भइराखेको छ ।
तर, हरेक बादलमा चा“दीको घेरा हुन्छ भनेझै“, यादव र झा प्रकरणले आफूलाई मधेसी भन्न रुचाउनेहरूलाई अस्पष्ट क्षेत्रीयतावादी/जातिवादी मधेसी राष्ट्रवाद र समष्टिगत नेपाली राष्ट्रवादका बारेमा घोत्लिने अवसर प्रदान गरेको छ । पर्दापछाडि क-कसले के खेल खेले, त्यो विश्लेषणको भिन्न विषय हुनसक्छ तर सतहको कुरा गर्दा यदि माओवादीहरूले समावेशी मुद्दालाई यति सशक्त ढङ्गबाट नउठाएको भए न यादव राष्ट्रपति हुने थिए, न झा उपराष्ट्रपति नै । तर, त्यो समावेशी राष्ट्रवादका लागि अब हामीलाई यादवजस्ता पात्रहरूको खा“चो छ, झाजस्ता चरत्रिहरूको होइन । झाकै भनाइमा तर्राईमा दर्ुइ लाख जनसङ्ख्याको मात्र हिन्दी मातृभाषा हो । झा स्वयम् मैथिलीभाषी हुन् । शपथग्रहणचाहि“ उनले हिन्दीमा गरे । अनि, उनका नेता उपेन्द्र यादव त्यसको विरोधलाई अन्धो राष्ट्रवाद भन्छन् । तैपनि, मधेसी समुदायको नागरकि समाजका अधिकांश प्रभावशाली सदस्यहरू कि त मौन छन्, कि त अस्पष्ट टिप्पणी गररिहेका छन् कि बदला लिने समय यही हो भनेर झाको र्समर्थन गररिहेका छन् ।
मान्छेलाई जेको बढी डर हुन्छ, त्यसैप्रति बढी शङ्का हुन्छ । राष्ट्रियताको दृष्टिकोणबाट हामीलाई भारतको सधै“ डर छ । नेपाली राजनीतिमा भारतको बढ्दो भूमिकाबारे हामी त्रस्त छौ“ । त्यसैले, जब आ-आफ्नै मातृभाषा र सबैले बुझ्ने राष्ट्रिय भाषा हु“दाहु“दै परमानन्द झा हिन्दीमा शपथ लिन्छन्, उपेन्द्र यादव, विजय गच्छदार, जेपी गुप्ताजस्ता नेताहरू संविधानसभामा हिन्दीमा भाषण छा“ट्छन् र हिन्दीको वकालत गर्छन्, तिनको नेपाली राष्ट्रवादमाथि प्रश्न गर्नैपर्ने हुन्छ । यो पछिल्लो प्रकरणका अराजक र खतरनाक पक्षहरू छन् तर जे भए पनि यसको एउटा स्पष्ट सन्देश के आएको छ भने झा प्रवृत्तिलाई यस देशले सहन सक्दैन । यसैबाट यादव, गच्छदार र गुप्ताहरूले यादवपथमा हि“डेर राष्ट्रियस्तरको नेताका रूपमा प्रतिष्ठा र सद्भाव आर्जन गर्ने हो या परमानन्द प्रवृत्तिको अनुसरण गरेर सङ्कर्ीण्ा क्षेत्रीयतावादी, जातिवादी, भारतपरस्त र सम्भवतः भारतपोषित नेताका रूपमा आफूलाई चिनाउने हो, विचार गर्नैपर्ने हुन्छ 
Read Full Discussion Thread for this article