Posted by: dipika02 August 1, 2008
~ चौतारी १२४ ~
Login in to Rate this Post:     0       ?        

सुन तिमीले भनेका कुराहरु, सुरु देखी। मैले बिर्सेंकी भन्ने सोचेको होला कत्तिन। 

चौतारीमा छिर्ने बित्तिकै परिचय पनि राम्रो सँग पाएकी थिन "ए केटा हो दिपिका को नाम थप्दै जाउँ है" भन्यौ-- कत्तिन उहिनै मेरो न्वरन गर्ने बाजे जसरी नाम थप्ने आज्ञा दिने

त्यपछी चै मलाई रिट्ठे ले उठाएर गन्नु को मा लग्ने भन्यौ। अझ त्यो पनि लौ भनेर सहेको त त्यस्पछी त चौतारीको छमक्क छल्लो रे हामी केटीहरुलाई। त्यस्तो नाम पनि दिन्छन काही आफ्नो चौतारीको साथीहरुलाई।

उ आफु जती खेर पनि रसरङ प्रधान भन्छ कहिले गीत बजाउन आउने होइन। मैले गएर बजाइदेकी थिएं। पछी जान्छु भन्दा हर्कदाई ले  गाली पो गर्नु भयो। अरु बेलामा हासेर बस्नी अहिले जाने भनेर। त्यस्तो गाली खाएको बेलामा  अझ यो लहरे त ५ वोट राक्षक जस्तो हासेको टाउको पो देखाउन आइपुग्यो उल्टो जिस्काउन।

त्यस्पछी फेरी नेवारीमा कहिले के भन्ने कहिले के। हुँदा हुँदा रिट्ठेलाई धरी सामिल गरायो त्यस्तो नेवारी बोलेर जिस्काउन मा। के के भन्ने अनी मैले बुझ्ने गरेर दिपिका लेख्ने गर्छ सधैं, मैले बुझोस् मलाई नै भनेको हो भनेर।

क्रमश: 

Read Full Discussion Thread for this article