Posted by: nepal_republic August 1, 2008
लुट लुट देशलाई लुट सबै मिलेर बलत्कार गर
Login in to Rate this Post:     0       ?        
माओवादी मन्त्रीलाई पचार हजारको सुट  :: नेपाल समाचार
- अमेरिकादर्पण सम्वाददाता
काठमाडौं, ३१ जुलाइ, साउन १६/ठूला-ठूला क्रान्तिकारी कुरा गर्ने, आफू मात्रै सच्चा कम्युनिष्ट हुँ भन्ने एक जना माओवादी मन्त्रीले आधा लाख (करीब ५० हजार)को सुट किनेर आफ्नो क्रान्तिकारी र सर्वहारा वर्गको नेताको चरित्र प्रदर्शन गरेका छन् ।

केही समयअघि सामान्य विरामी भएपछि नेपालका सांसद खरिद गरी लुकाउन प्रयोग गरिएको बैंककमा उपचार गर्न मन्त्री यादव गएका थिए । उनले त्यहाँको अस्पतालमा एक हप्ता बसेर उपचार गराए । त्यस पछि यादवले थाइल्याण्डको १११/१-३, कोजी हाउसमा रहेको अति महंगो ओभरसीज टेलरमा २० हजार थाइ भाट (लगभग ५० हजार नेपाली रुपैयाँ) को काले धर्के सुट किनेका थिए ।

सो टेलर विश्वका धनाढ्यहरुलाई बहुमल्य सुन र अन्य बुहमुल्य बस्तु निर्यात गर्ने पसल हो । यादवले महंगो सुट किनेको पसको माथिल्लो तलामा सुविधा सम्पन्न होटल समेत रहेको छ । उक्त टेलरबाट नेपालका राजाहरुले आफूले लगाउने कपडा मगाउने गरेका थिए । सो होटेलको फोन नं. ००६६२२८२६५०१ रहेको छ । यादवले सुट किनेपछि त्यहाँको पर्यटकीय सहर tamme Road, Taladyod मा केही दिन घुमेर बिताए । उक्त सहर बैंकको पर्यटकको लागि प्रसिद्ध र महंगो सहर हो । सो सहरमा यादवले आफ्ना घरायसी सामान समेत खरिद गरेका थिए । काठमाडौंमा रहँदा कुर्था र सुरुवालमा देखिने यी मन्त्री अन्य मन्त्रीलाई समेत भ्रष्टाचारी भनेर आरोप लगाउँथे । माओवादीले ५० हजारको सुट किन्ने हैसियत बनाएका यी मन्त्रीको आर्थिक हैसियत कसरी यतिमाथि पुग्यो खोज्छ कि खोज्दैन त्यो भने हेर्न बाँकी छ ।


प्रकाशित मिति: 2008-07-31- 04:07
Read Full Discussion Thread for this article