Posted by: Rahuldai July 31, 2008
~ चौतारी १२४ ~
Login in to Rate this Post:     0       ?        

हरिभक्त कटुवाल को त म सिलिङ फ्यान, चिप्लु। झन्डै आफ्नो नाम राहुल भक्त पाइण्टवाल राख्न लाग्याथें ।


उनका सबै जसो रचनाहरुको संग्रह मेरो अध्यारो कोठामा अझै छन होला,( कीराले खाए छैन भने) । बदनाम यी आँखाहरुयो जिन्दगी खै के जिन्दगी गरी दुई पुस्तक प्रकाशित छन।
उनी मगन्ते भन्दा नि फिरन्ते थिए। प्रज्ञाप्रतिस्ठान मा खाइलाग्दो जागिर थियो। पिइ लाग्दो काम को खोजी मा जा- गिर छोडे, पत्रीकामा लेखेर कमाइ त के हुन्थ्यो, दमाइ को हाल नि हुँदैन्थ्यो। अनी सुरु भयो त्यसको मगन्ते पारा। फेरी आसाम गए। भट्टी खोले, आँफै ठीकठिक हुने ले भट्टी खोले सि सबै बेठिक भए। तरकारी बेचे, सरकारी जागिर खाए। सबै छोडे रक्सी छोडेनन। फेरी नेपाल आए, मगन्ते पाराले।

२०३६ सालको बहुदल निर्दल को जनमत संग्रह ताका हरी भक्त दाई टोल टोल मा सडक कबिता क्रान्ति नामक जागरण कार्यक्रम्मा  कबिता वाचन गर्दै गर्दा आफ्नै टोलमा देखेको थिएं। दारी पालेको मैलो दौरा सुरुवालमा हरिभकत कटुवाल ले टिपिकल कबिको जीवन परिचय दिइ रहनु भएको थियो। २०३९-४० साल तिर मैले हरिभक्त दाई ( जीवन को अन्तिम क्षणमा) न्यूरोड पिपलबोट मा माग्दै गरेको  भेटें। कहिलेइ कौदी नहुने यो मगन्ते राहुले को खल्तिमा गल्ती हो कि के ले रु १० थियो ( त्यतिबेलाको १० रु= १० डलर) मैले उनको बाकस मा राखी दिएं। लाग्यो म दुनियाँको सबै भन्दा दानी ब्यक्ती भएछु।
त्यसको केही महिना मै आसाम मै उनको कारुणिक अन्त्य भयो।

 


मलाई न सोध कहाँ दुख्छ घाऊ- साच्चै दुखेको थियो मलाई नि तर कहाँ? सोध्न लाई हरिभक्त दाई रहनु भएन।


 
यती धेरै मनिसका यती धेरै आँखाहर,
मलाई भने तिम्रै आँखा रोजुं रोजु लाग्छ है।  

Read Full Discussion Thread for this article