Posted by: LorenzoBernini July 31, 2008
यही हो मेरो जिन्दगी !!!
Login in to Rate this Post:     0       ?        

आँखामा निन्द्रा छैन,
मुटुमा पिडा नै पिडा,
येसै येसै मन खुलाउछ परेली,
यो सम्बेदन्हीन संसारमा ,
यो सुन्सान निस्पट अन्धेरोमा,
घोत्लिन वाध्य हुन्छु ,
यो जीवन भन्ने यात्रा लाई।
हैन, जीवन  के हो ?

कहिले निर्दोश बालख बनेर
कुध्थ्यो यहाँ त्यहा मेरो जिन्दगी
अबोध, निस्वर्थी , कोमल।
अहिले जाल नै जाल को बिच्मा
अल्झिरहेको छ मेरो जिन्दगी ,
दिन रात ईण्डियनको स्टोरमा
घण्टा हान्दै बित्दै छ मेरो जिन्दगी।

- लोरेन्जो

Read Full Discussion Thread for this article