Posted by: Sarkozy July 30, 2008
कसरी हुँदै छ नेपाल सिक्किम?
Login in to Rate this Post:     0       ?        
नेपाल मा र" मात्र हैन, बेलायती जासुसी संस्था पनि उत्तिकै सकृय

Janadesh bata savar

लाटो खान्छ एक बल्ड्याङ, बाठो खान्छ तीन बल्ड्याङ' भनेझैं राष्ट्रपति चुनावमा तीन बल्ड्याङ खाएको माओवादी नेता प्रचण्ड–बाबुरामले सबैलाई उपयोग गर्दागर्दै अन्ततः उनीहरु नै विदेशी गुप्तचर सञ्जालबाट उपयोग भएको पत्तै पाएनन्। उनीहरुको यही उपयोगको नीतिले 'राजनीति' कमजोर 'उपयोगनीति' बलियो भएको कारण राष्ट्रियता नै धरापमा पर्ने खतरा बढेको छ। कुनै पनि मुलुकको राष्ट्रियताको प्रमुख मेरुदण्ड भनेको सेना र सुरक्षा हो। त्यसको समाप्तिपछि त्यहाँ वैदेशिक सुरक्षा प्रवेश गर्दछ। उदाहरणको लागि भुटान साक्षी छ। नेपालको राष्ट्रिय सुरक्षा समाप्त गर्न पछिल्लो पटक माओवादीको आडमा बेलायतको गुप्तचर संस्था 'एमआई (फाइभ) सक्रिय रहेको उच्च स्रोतले बताएको छ। नेपालको राजनीतिमा भारतीय गुप्तचर संस्था 'रअ' पहिला देखिनै सक्रिय थियो। माओवादीको आडमा बेलायती जासुसी संस्था एमआई (फाइभ), 'रअ' को गठबन्धनमा नेपाली सेनालाई कमजोर पार्ने योजना बन्दैछ। पछिल्लो पटक यो खेलमा अनमिन पनि सामेल भएको देखिन्छ।
काठमाडौंस्थित बेलायती दूतावासका सैनिक सहचारी जेरेमी एलिस नेपाली सेना समाप्त गर्न सक्रिय भएको कुरा दृष्टिको असार १७ गतेको अंक ३३ मा समाचार प्रकाशित भइसकेको छ। उनले केही साता अघि बेलायतबाट उपमन्त्री लर्ड म्याकल ब्राउनलाई बोलाएर माओवादी नेताहरुसँग संवाद गराएको रहस्य खुलेको छ। माओवादी सेना समायोजनको आडमा एमआई (फाइभ)ले आ207ना गुप्तचर नेपाली सेनामा घुसाउने र माओवादी जनसेनालाई वैधानिकता दिने उद्देश्यअनुरुप बैंककमा सेनामा समायोजनबारे गोष्ठी आयोजना गर्दैछ। नेपाली सेनामा समावेशीका कुरा 'रअ'ले जेएनयुकी छात्रा इन्द्रा अधिकारीमार्फत् उठाउन लगाएको छ। यता ब्रिटिश दूतावासमार्फत् बेलायती मन्त्री ब्राउन (जो राष्ट्रसंघका पूर्व महासचिव समेत हुन्) ले काठमाडौंबाट फर्किएर राष्ट्रसंघमा अनमिनको म्याद थप्न दबाब दिएका छन्।
नेपालको राष्ट्रिय सुरक्षा समाप्त गरेर नेपाललाई भुटान बनाउँदै चीनविरुद्ध सैन्य गुप्तचरी गर्न माओवादीको आडमा राष्ट्रसंघलाई रबरस्ट्याम्पको रुपमा मार्टिनजस्ता व्यक्तिको प्रयोग गरेका छन्। राष्ट्रिय सुरक्षा समाप्त पार्ने 'रअ', अनमिन, एमआई (फाइभ)को गठजोडदेखि नेपालका राजनीतिक दल समयमै सचेत हुन सकेन भने लोकतन्त्रसँगै राष्ट्रिय अस्मितानै समाप्त हुनेछ।
सबैभन्दा प्रमुख प्रश्न हो, बेलायत र भारतजस्ता मुलुकलाई साम्राज्यवादी भन्ने नेकपा माओवादी आफ्ना सेना नेपाली सेनामा हुल्न किन कसरत गरिरहेका छन्? मार्टिन किन यो खेल खेलिरहेका छन्? यसभित्रको उद्देश्य स्पष्ट छ नेपाली सेना समाप्त गरेर नेपाललाई भारतको सुरक्षा छाताभित्र राख्नु हो। यसबाट दुईटा फाइदा छ– एउटा माओवादी क्रान्तिकारी धार समाप्त हुनेछ, अर्कोतर्फ त्यसैको आडमा राष्ट्रिय सुरक्षा समाप्त हुनेछ। जसलाई माओवादी उपयोग बनेको छ। यहाँसम्मकि सुगौली सन्धिदेखि नेपालबाट भीसा दिँदै आएको ब्रिटिश दूतावासले लोकतन्त्र आएपछि अहिले यहाँको भीसा नयाँदिल्ली सारेर अन्तर्राष्ट्रिय रुपमा नेपाललाई भारतको अंग देखाउने दुस्साहस गरिराखेको छ।
यसको स्पष्ट उद्देश्य राष्ट्रिय रुपमा गलत सन्देश दिएर नेपाललाई भारतको सुरक्षा छाताभित्र राख्ने रणनीतिमा आधारित छ। यता मार्टिनले अनमिनको क्षेत्रलाई असीमित बनाएर नेपालको राष्ट्रिय सुरक्षा समाप्त गर्न केन्द्रित छ। चितवनको शक्तिखोरमा माओवादी क्याम्पभित्र व्यापारी रामहरि श्रेष्ठको हत्या हुँदा मार्टिनको अनमिन कहाँ थियो? के को निमित्त उसले असीमित अधिकार खोजेको छ? यतिबेला मार्टिन आफ्नो जागिर थाम्न अनेक बहाना बनाएका छन्। कुनै क्यारियर नभएको मार्टिनलाई शक्तिखोरको हत्याको घटनाले स्पस्ट पारेको छ– नेपालमा अनमिनको आवश्यकता छैन। यदि अनमिनको भूमिका कहीँ न कहीँ छ भने असफल मार्टिन जस्तोको आवश्यकता छैन भन्ने कुरा नेपाल सरकार र राजनीतिक दलले समयमै बुझ्न आवश्यक छ।
दुई समानान्तर शक्तिकेन्द्र बन्न नदिने बरु भारतीय गुप्तचर संस्था 'रअ'को योजनामा एकल शक्तिकेन्द्र बन्ने प्रचण्ड–बाबुरामको रहर राष्ट्रपतिको पराजयपछि समाप्त भएको छ। राजाबाट राष्ट्राध्यक्ष खोसेर प्रचण्ड–बाबुराम डक्ट्रिनले सीआईएको वरिपरि पुर्‍याएको छ। अब हारजंग हत्यादेखि बाँदरमुडे हुँदै काजोल र रामहरि हत्याकाण्ड अन्तर्राष्ट्रिय अदालतमा पुग्ने सम्भावना नकार्न सकिँदैन। राष्ट्रपतिको चुनावपछि एकाएक नेपाली राजनीतिमा अमेरिका हावी भएको छ।
प्रत्यक्ष रुपमा सीआईएको भूमिका प्रचण्ड निवासमा नदेखिए पनि 'रअ'का नेपाल प्रमुख आलोक जोशीलाई प्रयोग गरेर अमेरिकाले एमाले र माओवादीलाई नदीको दुई किनारा बनाउन सफल भएको छ। एमाले, माओवादीका नेताहरुले महिनौं लगाएर तयार पारेको सहमतिपत्रमा हस्ताक्षर हुन नदिनु नै अमेरिकीहरुको सफलता हो। नेपालको प्रमुख राष्ट्रपति कम्युनिष्ट नेतालाई बन्न नदिने योजनामा प्रचण्ड–बाबुरामलाई फसाउन सफल अमेरिका अहिले माओवादीको सरकार बन्न नदिने कुरामा केन्द्रित छ। कतै प्रचण्डले सरकारमा नजाने घोषणा गर्नुको पछाडि पनि तिनै अमेरिकीहरुलाई खुशी पार्ने योजना त होइन? वृष वृक्ष रोपेपछि फल पनि विष नै फल्छ। चुनवाङ बैठकबाट 'रअ' सँग नजिक बनेर राजतन्त्रविरुद्ध जाने लाइनले राजाबाट शक्तिकेन्द्र खोसेर पेन्टागनलाई बुझाएको छ। अब माओवादी विगतको हारजंग, कास्कीमा जस्तो अवस्था आएमा उम्कने सम्भावना रहने छैन। यसको श्रेय बाबुराम हुन्। उनले भनेका छन्– यो आ207नो नीतिगत विजय हो।
यता 'रअ'को लाइनमा बाबुराम डक्ट्रिनका पुच्छर पुष्पकमल दाहालले 'रअ'का विश्वासपात्र रामराजालाई उम्मेदवार बनाउनु र तमलोपा, सद्भावनाजस्ता पार्टीको ध्रुवीकरणले उसको बचेखुचेको साख पूर्णरुपमा समाप्त भएको छ। यो घटना र राष्ट्रलाई माओवादीकै कारणबाट पुगेको क्षतिलाई समयमै माओवादीको देशभक्त धारले संघर्ष गरेन भने मोहन वैद्यको अवस्था मोहनचन्द्र र वीरगन्जमा पार्टीभित्रको 'रअ' धारको आक्रमणमा परेका 'विप्लव'को अवस्था रविन्द्र श्रेष्ठको भन्दा फरक बन्ने छैन।
समग्रमा चुनवाङ बैठकले लिएको माओवादी धारले नेपाली माओवाद यहाँसम्म आइपुग्दा नयाँ महेन्द्र चौधरीको जन्म गराएर फिजी बनाएको छ। अब माओवादीको चुनवाङ बैठकको 'रअ' सँग घाँटी जोड्ने धारको आवश्यकता नेपालको राष्ट्रिय सुरक्षा समाप्त गरेर भुटान बनाउनेतिर उद्यत छ। त्यसपछि सिक्किम भारतमा विलय गरेपछि लेन्डुपको औचित्य समाप्त भएजस्तै बाबुराम–प्रचण्ड डक्ट्रिनको औचित्य पनि समाप्त हुनेछ। यसबाट पार्टीलाई बचाउन माओवादीले महाधिवेशनमार्फत् देशभक्त नेतृत्व चयन गरेर राष्ट्रियताको निमित्त देशभक्त मोर्चाको नेतृत्व गर्न सक्नु एक मात्र विकल्प हो।
Read Full Discussion Thread for this article