Posted by: Deep July 30, 2008
शृंखला
Login in to Rate this Post:     0       ?        

मेरो प्रस्तुती प्रति आ-आफ्नो बिचार राख्ने साथीहरुलाई पछि सम्बोधन गर्छु बरु शृंखला बढाम कि पैला जस्तो लाग्यो।

******************

 

मैले किताबको शिर्षक पढें। अगाडी हेरें पछाडी हेरें। बाङ्गेले म सँग किताब खोसेर लियो र पाना पल्टाउँदै भन्यो "के अगाडी र पछाडी हेरी रा? बिचाँ कता तिर राखेकी छे लभ लेटर त्यो पो हो त हेर्ने त --"  ....

 

साँझले रातको भुमीका निभाउन सुरु गरीसकेको त्यो बेला सडक-बत्ती कुपोषणले ग्रस्त हाडीगाउँको त्यो बाटोमा बाङ्गेले किताब फरर पल्टायो फेरी त्यसै गर्यो। म पनि हेर्दै थिएँ। ढुकढुकी ढिक्कि कुटे झैं थियो अघि देखी।

 

"अघि कराउँदै बोलाउँदै गर्या तेस्को बाउ हैन?" बाङ्गेले सोध्यो।

 

"होला नी" मैले भनें। मलाई त्यो कुरा प्रासंगिक लागेन। "बाउले बोला हो कि आमाले त्यस्को के मतलब भो रित्तो किताब भेट्या बेलाँ?" मैले किताब बाङ्गेको हात बाट लिदै सोधें।

 

"बाउले अब तेरो क्षितिजको बन्दोबस्त गर्छ हेर्न -- " बाङ्गेले मुस्काउँदै भन्यो।

 

"किन?" बाङ्गेको कुटील हाँसो हेर्दै म झर्किएँ।

 

"किन अब? किताबमा च्याप्या चिट्ठी काँ झारी  --  भेट्यो होला नी बाउले --" उस्ले भन्यो।

 

"हो त" मैले पनि सोचेँ "साँच्चै झारी त?"

 

"ल ल हिन छडकिम अब -- आउँछ बाउ अहिले तातेर अनि डाम्ला तँलाई पनि। " बाङ्गेले सतर्क गरायो।

 

मैले  शहीदको त्यो कम्पाउण्ड वालमा बन्द ढोका नजिकै पुगेर सुनें। भित्र हो हल्ला केही थिएन। बाङ्गेले नी सुन्यो अनि भन्यो "बाउ अलि सोझो छ जस्तो छ बुझिस -- चालचुल छैन--सम्झाउँदै होला -- ल बधाई छ तँलाई -- "

 

बाटोबाट अलिकति भित्र गल्ली छिरे पछी थ्यो त्यो शहीद गेट -- त्यै कम्पाउण्ड वालको ढोका क्या। मैले त्यता गल्लि तिर नियाल्न थाले -- चिट्ठी त्यतै खस्या छ कि भनेर। मैले बुझेको थिएँ क्षितिजले मलाई मात्र देखेर तल आएकी थिई। किताबमा चिट्ठी च्यापेर आएकी हुनु पर्छ। आउँदा आउंदै बाउले देखेर साझाँ छोरी कता जान लाई भनेर बोला होला।

 

अनि उ चै त्यो किताब मलाई जिम्मा लाएर फर्किहाल्ने सुरमा हुंदी हो। त्यै बेलाँ अघोरी बाङ्गेले मलाई भेट्या थ्यो। क्षितिजलाई मुस्किल पर्या हुनु पर्छ त्यति बेला। बाङ्गेको अगाडी त्यो किताब मलाई दिन उस्लाई पक्कै मन थिएन तर नदिई फर्केर जाँदा बाउको फेला पर्ने सम्भावना बलियो। त्यसैले होला उ के गर्ने के गर्ने को मनस्थितीमा थिई अनि हतार हतार किताब मलाइ दिएर गएकी प्रस्टै थ्यो।

 

मैले गल्लीको भुईँ नियाल्या देखेर "यतै खसल्या भे त हुन्थ्यो नी" भन्दै भुईँ नियाल्न थाल्यो बाङ्गे पनि। कत्ति न उसैलाई देको चिट्ठी हराको हो कि झै थ्यो फेरी बाङ्गेलाई।

 

हामी यता उती हेर्दै थिम, बाटामा शिबदाई झुली रा देखिए। टवाँटको सुरमा त्यसरी उनी कैले त बिहानै देखी झुली रा हुन्थे नभए नी साँझाँ त सधै। भेटे पछि दिक्कै लाग्ने गरी ओगटथे। कुरा नगरे जथा भाबी बोलेर आईलाग्ने। घरै सम्म आईपुग्थे। उनलाई पन्छाउन भन्ने कि मन्छाउन असाध्यै गार्हो थ्यो। मैले बिस्तारै तर बाङ्गेले सुन्ने गरी भनें "उता बाटो तिर नहेर है शिबदाई झुली राछन -- नदेख्या जस्तो गरेर यतै भुईँ तिर हेरी राख -- उनी बाटो लाग्छन अनि बत्तिनु पर्छ।"

 

"के खोज्या हँ?" शिबदाई त हामी छेउ मै पो आईपुगेछन बाटो लाग्न छोडेर।

 

के भन्ने के -- म सोच्दै थिएँ बाङ्गे बोली हाल्यो "सय रुप्याँ नोट थ्यो काँ झर्यो झर्यो"

 

"सय रुप्या रे?" शिबदाई अलि टाठो जस्तो भए।

 

"हो दाई -- गैँडा हरायो नी" बाङ्गेले भन्यो। मलाई चैं हास उठ्यो। हाँस्न भएन।

 

"यही हरा?" शिबदाई पनि सोध्दै  खोज्न थाले।

 

"यतै तिर हो" जस्तो लाग्छ बाङ्गेले सुनायो अनि फेरी थप्यो "घराँ त छोडीन होला -- हाताँ समाति रा थेँ -- घराड त ल्याकै जस्तो लाग्छ -- यो गल्लीमा छिर्दा सम्म थ्यो -- निस्किदा छैन"।

 

शिबदाई "हमें तुम्से प्यार कितना यह हम नही जानते--" लरबराको स्वरमा गाउँदै थिए-- गीतको बोल रोकेर अलि ठुलो स्वरमा भनें "घरैमा छोडीस होला -- जा घराँ गएर हेरेर आईज --यहाँ भेटें भने म राख्दिरन्छु" अनि फेरी म तिर हेरेर भने "जा तँ पनि -- तिमीहरु घरमा हेर म यहाँ हेर्छु -- जस्ले पैला भेटछ मुकेसको भट्टीमा आउने।"

 

"हस दाई, भेटनु भो राखीरख्नुस है" भन्दै बाङ्गे र म मुस्किलले हाँसो थामेर हिनीम।

 

"तिमेरुले चिन्तै गर्नु पर्दैन -- पैसा त म राख्दिहाल्छु नी-- " बर्बराउँदै उनी फेरी खोज्न थाले -- के खोज्या हुन के भेटने हुन कुन्नी --- हामी गल्लीबाट निस्किंदै गर्दा उनी "यह लाल रंग --" गाउँदै थिए।

 

"त्याँ लेटर भेटे भने?" सडकमा आए पछि मैले भनें।

 

भए पो भेट्टाउँछन। हाम्ले हेरेकै हो नी --- कि त त्यस्ले भित्रै झारी--कि किताबमा च्याप्नै बिर्सी" बाङ्गेले भन्यो। डबली अगाडीको पसलमा आईपुगे पछि बाङ्गेले "खै ले त एक चोटी फेरी हेरम" भन्दै किताब म सँग लिएर त्यो पसलको उज्यालोमा हेर्न थाल्यो। म संगै थिएँ। बाङ्गेले पाना पल्टाउँदै थ्यो। अनि देखियो।

 

चिट्ठी भनेर चिट्ठी थिएन तर किताबमै पेन्सिलले केही पंक्तिहरु लेखेको थ्यो। "तरुनी त खुँखार रे छे" बाङ्गेले आफ्नो प्रतिक्रिया दियो। मैले उ सँग किताब खोसेर लिएँ अनि भनें "हेर बाङ्गे यो कुरा कसैलाई नी नभन है -- अरुहरुलाई भनीस भने राम्रो हुँदैन नी फेरी"

 

"अब के राम्रो के नराम्रो -- त्यसलाई हेरेर र सम्झेर गरेर छ सात बट्टा जति चुरोस र एक सिसी जति बाउको रक्सी सकाएँ होला मैले -- तरुनीले लभ चैं तँ सँग गर्न लाई --अब यो भन्दा नराम्रो अरु के हुन्छ?" बाङ्गे दिक्क माने झै गरी भन्यो।

 

म घर तिर लाग्छु भन्या बाङ्गेले "आईज सरसोतीथान पछाडी एक एक राउण्ड तानम -- तेरो लभ मेरो ट्र्याजिडी पर्या दिन" भन्यो।

 

आफुलाई ती पक्तीहरु पटक पटक पढ्न मन लाइ रा बेलाँ --- मैले केही भन्नु अघि नै बाङ्गेको बाउको सरकारी मोटर आयो। राम्रै भयो। बाङ्गे नी हिन्यो म नी घर तिर लागें किताब च्यापेर। --

---शृङ्खला कायमै छ ---

Read Full Discussion Thread for this article