Posted by: copycat July 30, 2008
Do U Remember using these words and certain habits.
Login in to Rate this Post:     0       ?        
एउटा मेरो पनि त्यस्तै -
बारुलो वा अरिङ्गालले टोकेमा कर्कलो लगाउने भन्ने सुनिन्थ्यो, मैले एकचोटि experiment गर्या के, सिस्नु लगाएर । बारुलो ले टोकेको ठाउँ स्पष्ट देखिएको थियो, अनि मैले पनि सिस्नु ल्याएर सिस्नु को काँडा ठिक्क टोकेको ठाउँमा सुइ लगाएको जस्तो गरेको त निको भै रा के। सुन्निन चै सुन्नियो १ दिन सम्म तर दुखेन । आफै देखि आफै दङ्ग भा'थैँ ।

त्यो मन्दिरको अगाडि हातले निधार र छाति छुने चैँ मलाइ पहिलो चोटि देख्दा अचम्म लागेको थियो, के गरेका होलान यि मान्छे ले भनेर, किनकि हाम्रो गाउँ तिर त्यस्तो गरिन्न । पुरै नमस्कार वा एक हाते नमस्कार मात्र गरिन्छ, छाति छोइँदैन । पछि बुझ्दै जाँदा इसाइहरुको सिको गरेको हो भन्ने मेरो अड्कल रह्यो त्यसैले त्यो निधार र छाति  वा कुम  छुनेकाम मैले कैले पनि गरेन ।

गुच्चा खेल्दाको vocabulary त मैले पनि बिर्सेछु । तर त्यस्ता शब्दहरु ठाउँ अनुसार फरक पर्छन् । सानो मै धेरै ठाउँ घुमेको हुँदा मैले यो ख्याल गरेको थिएँ ।

मेरो गाउँमा विध्द्यानष्ट र गाइ खाने भन्ने हरु त निकै चलेका हुन् । सानो उमेरकाले विद्ध्यानष्टलाइ र ठुलो हरुले गाइखाने लाइ बढ्ता महत्व दिएको देखेको हुँ मैले। आमाकसम चैँ त्यति प्रयोगमा ल्याइएन हामि सानो छँदा ।
Read Full Discussion Thread for this article