Posted by: MR_TRUTH July 29, 2008
स्वाँठ, बज्रस्वाँठ र जुवाडेहरु
Login in to Rate this Post:     0       ?        
राष्ट्रपतिको चुनाव पनि देखियो, परमान्द झाको पुतला पनि । जाहाँसम्म मावोबादीको सोचाइ थियो यि दुइटै पदहरुमा कमसेकम एमालेले  एउटामा मधिशेलाइ भोट बन्चित गर्नेछन र आफ्नो रणनितिमा अडिग भए तर स्वाँठहरुले माहाकाली सन्धिको प्रकरण ह्वात्तै बिर्सिदिए साथै रामराजालाइ उठाउनु मात्रै ऋण तिरने निति भए । अनि  झालाइ एमालेले जिताएर के पाए? सभाधक्ष्य त पहिले देखि नै पक्कापक्कि थियो, मात्र बदलाका लागि ? घमण्ड तोडन‍का लागि ? ब्यत्तिगत झगडामा त यिनले राष्ट्रिय हित समेत बिर्सिदिए , एमालेलाइ अलि अलि सहानुभति दिदाँ बाटोमै जाने,  यी त बज्रस्वाँठहरु पो रहेछन । कंग्रेसको खै के कुरो, आफनो फाइदाका लागि अराष्ट्रिय गतिबिधि गर्दा नेपालीले अचम्म मान्न छोडिसके । सबै राम्रो कुरोलाइ  देशको पिलो गिरिजाको स्वार्थले नै बाधा बनाउछ । ०४८ साल देखि तपाइ एउटा घटनाको उल्लेख गर्नुहोस म उहाँको संलग्नता र स्वार्थले बिग्रिएकोको तु बिबरण दिन सक्छु ।  भैगो भबिष्य तिर लागौ । अब राष्ट्रपतिलाइ फिटिक्क केहि  भैदियो या रअ को डिजाइनमा पाखा लागे भने राष्ट्रपतिको हकदार ५१ सिट मात्र भएको फोरमका बिवास्पद झाको हुनेछ । के यसपछीको नेपालको कल्पना समेत गर्न सक्नुहु्न्छ ? तसर्थ गंणतन्त्रका जुवाडेहरु तयार रहनुस, अहिले जितिराख्नु भाछ आशैआशको खेल न हो ? तर  तर यसपालिको च्याँखे न त तपाइको निजि सम्पति हो या न प्रियजन या जिबनसाथी । सिंगो देशलाइ लगाउनु भएको छ । जितिरहे सँगै खुशी मनाउँला तर खै कतिन्जेल भाग्यमानी मात्रै होइएला र?  पहिलो जुवामै झा को मधेशको मात्रै उपराष्ट्रपति हुने दुस्साहसले के सातोपुत्लो उडेन ? स्वाभिमानीलाइ भन्दा केवल स्वतन्त्रतालाइ महत्व दिनेहरु सातो नउडी केवल मूक दर्शक मात्र देखिदा आजकल  मलाइ अचम्म लाग्न पनि छोडिसक्यो।
Read Full Discussion Thread for this article