अर्थ न बर्थ गोविन्द गाई
हाम्रो राष्ट्र एक गरीब राष्ट्र हो, यो कुरा ’ओये आईज घीच’ भन्ने देखी लिएर ’आइस्योस र खाइस्योस’ भन्ने जनता सम्म सबैलाई थाहा छ। त्यैपनी हाम्रो समाज यस्तो देखावटी समाज भाईसकेको छ कि, जस्को कुनै अर्थ नै छैन। हामी एम्पोर्टेड सामान खोज्छौ, किन भने बिदेश्मा बनेका सामानमा गुणस्तर हुन्छ र राम्रा पनि हुन्छन्।
बेदेशको सन्स्क्रिती पनि नेपालमा भित्री सक्यो, डिस्को, डान्स बार, लुगा कपडा, र भाषा, बानी बेहोरा।
आजका युवा नेपालीमा १ देखी १०० सम्म पनिको गिन्ती आउँदैन। सुद्ध नेपाली बोल्दा अशिक्षित ठान्छन, बिचमा ईंग्लिश वर्ड युज नगरे त कसैलाई पनि सेटेस्फाइ नै हुँदैन, त्यस माथि फुल अन्डर्सट्यान्डिग हुनलाई ईंग्लिश वर्ड त डेफेनट्ली युज गर्नु पर्छनी, नत्र आज कलका युथ टोटल्ली कन्फिउजे र लस्ट हुन्छन।
हाम्रो समाज बस्तुगत समाज भैइ सकेको छ, र यहाँका मनिषको जीभन बस्तुहत जीवन भैइ सक्यो।
हामी राम्रा बेदेशी बस्तु खोज्छौ, प्रयोग गर्छौ तर हामी बेदेश्मा लागु हुने राम्रा नियम कानून, र त्यस देशमा लागु भएको राम्रा राम्रा समाजलाइ हीत पुर्यौउने तरिका चै अझै पनि भित्रौन सकेका छैनोउ।
पृथ्वी नारायण शाहले ’हामी एक हौं’ भनेका थिए, तर हामी आज सम्म पनि एक हुन सकेका छोइनोउ। सबैलाई आफ्नै गर्दैमा ठीक छ, अरुको बारेमा सोच्ने कस्को फुर्सद छ र यहाँ? ठुला बडा लाई आफ्नै घर बनाउदै, र तला थप्दै ठीक छ, यहाँ देश बनाउन लाई फुर्सद को सँग छ र?
यहाँ सबैलाई ठाउँमा पुग्न सबै भन्दा अगाडि हुनु छ, जे गर्न पनि पहिल हुनु छ, ट्राफिकमा हेर्नुस्, लाइन बसेको हेर्नुस्, ३ फीटको ढोका बाट १०० जनालाई एकै चोटि घुस्नु छ, अर्काको खुट्टा तानेर हुन्छ, थिचेर वा मिचेर जे गरेर हुन्छ, म पहिल , म पहिल। आफ्नु स्वार्थ पुरा गर्न अरुलाई जेसुकै होस् मत्लब छैन। एौटा हुलमा किचिएर मरे, ठीक भएछ अब ९८ जाना बाँकी, अनी त मनै पैला पुगी हल्छुनी।
हामी त एक हौ, तर तपाईं कती जाना हुनुहुन्छ हँ?
जस्को पनि सोचाइ तपाईं होइन, मपाईं छ हाम्रो समाजमा।
यदी देश बनाउनमा सबै त्यसइ गरी अघी सरे त शायद यो देशमा परिवर्तन हुन्त्योकी?
सारे जहाँसे अछा नेपालस्थान हमारा
नेपाली राष्ट्रिय रेडियो तथा टेलिभिजन बाट हिन्दी गाना, हिन्दी चल्चित्र तथा हिन्दी टेलिसिरिअलको तुलनामा नेपाली सन्स्क्रिती, संगीत, र कार्यक्रम कमैमात्रामा प्रसाण हुन्छ। दोकान, सार्वजनिक बस, टेक्सी, चिया पसल र कुनै पनि मेला वा सम्मेलनमा, हिन्दी गाना बाहेक अरु त्यती बजेको पाइंदैन। आजकाल त भारु पनि हरेक ठाउँमा चल्न थालिसक्यो। के नेपाली रुपैया, संगीत, स्रिन्खला, र चल्चित्र भारतमा चल्छ?
नेपालीमै नेपाली युवाले सुन्न चाहदैन् त अरुले के सुन्थियो? जब आजका नेपाली युवा नै आफ्नो देशको संगीत, र सन्स्कार को सम्रक्षण गर्न अघी सर्दैनन् त, अरु राष्ट्रका सन्स्कार र मिडियाले हाम्रो सानो देशका साना कलाकार लाई त मिची हाल्छनी। जब हामी नै हाम्रो देशका सक्षम कलाकार हरुको सम्मान र सम्रक्षण गर्न सक्दैनोउ त अरु कस्ले गर्ने?
उदित नारायण झा नेपालमा जन्मेका, हुर्केका आज अफुलाई नेपाली भन्दैनन। प्रशान्त तमाङ जो भारतको बोडर्मा जन्मेका आफुलाई नेपाली भनी गर्व गर्छन्, त्यस माथि प्रसान्त तमाङ नेपालबाट होइन, भारत बाट चर्चित भए। के त्यस्ता सक्षम नेपाली कलाकारले आफुलाई चिनाउन बेदेशिनु पर्छ?
हाम्रो देशको राजनीतिक स्तिथी पनि बेदेसिएको छ। हाम्रा नेता आँफै निर्णय लिना सक्दैनन, देशमा राणा शासन लगुभये झै, आज बिदेसी राजनीति हाम्रा राजनीतिज्ञ मार्फत देशमा लागु भैरहेको छ। के हामि स्वतन्त्र हौं त, जाँहा हामिले मनलागेको नियम्, कानून र अफ्नै तरिकाको सर्कार् स्रिजन गर्न सक्छौ?
यदी सक्छौ भने किन नेपालको राजनीति भारतको राजधानी नयाँ दिल्ली बाट चल्छ। र कुनै पनि निर्णय लिनु पर्दा हाम्रा राजनीतिज्ञ भारत र चीन पुग्छन र कुनै बस्तु चाइना बाट ल्याउदा भरात रिसौछकी भनेर डराउँछन?
म एकदिन सिंह दरबार भित्र नेपाल तेलिभिजन ( राष्ट्रिय तेलिभिजन ) गएको थिए, बाहिर नै मैले यो देखेकी यो भवन् त मित्र राष्ट्र चीनले बनएको रछ। मैले सोचे किन हामी नेपालीले नै यो भवन् बनएनौ।
म केही नबोली भित्र पसे, म सँग मेरो काका पनि हुनुहुन्थ्यो।
पहिल्लो तल्लामा म मेरो काका को साथीलाई कुर्दा, मैले एक चिन्नह सङंकेत गरे जस्ले मलाई ठुलो सोचमा पर्यो।
आगलागी हुँदा "बाहिर" भनेर देखाउने चिन्नह (fire exit) मेरो नजर्मा पर्यो,
त्यस चिन्नहमा तल अङ्रेजिमा exit भनेर लेखिएको थियो, त त्यस्को माथि नेपालीमा "बाहिर" नलेखी चाइनिज अक्षर्मा केही लेखिएको थियो। मलाई चाइनिज पढ्न आउँदैन र म बुज्दिन पनि, मेरो अनुमानमा त्यहाँ चाइनिजमा बाहिर लेखिएको थियो होला।
के नेपाली सर्बसाधारण जनताले त्यो बेदेसी अक्षर्मा लेखिएको चिन्नह बुजलान त? कि शायद मैले यो लेख अङ्रेजी, चाइनिज, वा हिन्दिमा बाहिर बिदेश्मा बसी लेख्नु पर्थियो कि?
हामीले जसरी नेपाल तेलिभिजन को त्यस्तो राम्रो भवन तथा अरु सबै भवनहरु बेदेसी राष्ट्रलाई बनाउन दिएका छौ, शायद देश पनि बरु अरु राष्ट्रलाइनै सुम्पिदिउ, शायद बनाउछन र हामीलाई फिर्ता दिन्छन कि? किन फिर्ता नदिने, नदिये हामी वीर अजय गोर्खाली खुकुरी लीइ उनिहरुलाई खेदिहाल छौनी होइन र भन्या?
कि शायद त्यही भैइरहे छ, हाम्रा नेताले त देशमा चुनाव सम्मा नि गर्न सकेका छैनन, भने, पछी हाम्रा मित्र राष्ट्रले आएर, लौ तिमीहरुले गर्न सकेनौ देश हामीलाई सुम्प, हामी बनाइ दिन्छौ। र तपाईं हामी सबैलाई थाहा छ हाम्रा नेताको जवाफ के हुन्छ, "हस साब"।