Posted by: uniscom July 28, 2008
UPENDRA YADAV THREATENS ALL NEPAL
Login in to Rate this Post:     0       ?        

धेरै मधेशीहरु पहिले मधेशी भन्दापनि रिसाउँथे। मधेशी भन्ने शब्द हेपेर भनिने जस्तो ठान्थे । त्यसैले मधेशमा बसेर, मधेसी भएरैपनि त्यो शब्दा सुन्दा मन पर्दैनथ्यो धेरै मधेशीलाई । आखिर किन यस्तो भयो त ? किनभने धेरै वर्षदेखि त्यो शब्दलाई पहाडिया (पहाडबाट झरेर मधेश, भित्रि मधेश, तराइमा आएकाहरु) हरुले गाली गरेर, हेपेर बोल्नु पर्दा प्रयोग गर्न थाले । मधेशीहरुलाई “ओ मधेशी, मधेशिया” भनेर बोलाउने गरे।  

यो वास्तबिकता हो कि, मधेशका जनताको भेषभुषा, रहनसहन, खानपिन,शारिरिक आक्रिति भारतिय भूमिका जनतासँग मिल्छ । त्यो किनपनि मिल्छ भने टिष्टानदीदेखि काँगडासम्मै नेपाल न थियो सुगौली सन्धिपूर्व । त्यति बेलासम्म त्यो पुरै भूभाग नेपाल रहेकाले मधेशी जनताको भाषा, रहन सहन, संस्क्रिति र संस्कार भारतका जनतासँग मिल्नु स्वाभाविक हो । त्यो कुनै एक क्षेत्र, जिल्ला व समूदायको मात्रै होइन । चाहे नवलपरासीका थारु होउन वा बाँकेका । ति चाहे पूर्वका मैथीली होउन कि भोजपूरी । ति सबैसँग समानता देखिन्छ भारतियहरुको  

तर त्यसो भयो भन्दैमा के सम्पूर्ण मधेशलाई यि भारतिय हुन हेप्न मिल्छ ? टिष्टदेखि काँगडासम्मको हाम्रो आफ्नै भूमि थियो । यदि त्यो आजसम्म रहन्थ्यो भने हामीले भारतियसँग तुलना नै गर्नु पर्थेन । त्यो हाम्रो भुमी के हामी मधेशी जनताले भारतलाई बुझाएका हौं ? कि नेपालका शाषकहरुले ? अनि, आफ्नो भुमी, आफ्ना नगारिकको थलो बिदेशीलाई सुम्पेर त्यहिँका जनतालाई हेप्न, गाली गर्न, होचो र निचो गर्न मिल्छ तिमिहरुको अनुहार मिल्यो भनेर ?

सोच्नुहोस त, भोली पाटन र काठमाडौ टुक्रियो भने त्यहाँका जनताको संस्कार, संस्क्रिति, अनुहार, खाना र खान्कि मिल्छ कि मिल्दैन ? त्यस्तै न हो हामी मधेशीहरुको पनि भारतका निकटवर्ति क्षेत्रसँग ।  मधेशका जनताको रहनसहन मिल्ने हुनालेपनि त्यहाँका जनता भारतका भारतिय भुमिमा धेरै भर पर्छन । विवाह त्यतै हुन्छ, चाडपर्व मनाउन ओहोरदोहोर गर्छन । उताका यता आउँछन, यताका उता जान्छन । यो दुइ देशबिच खुल्ला सिमाको कारणले पनि खुल्लारुपमै चलिआएको छ । थुप्रै भारतियका आफन्त नेपालतिर छन । नेपालीका आफन्त भारततिर छन । भारतको नुन, तेल, मरमसला र सागसब्जि हामी खान्छौं । हाम्रोतिरको उनीहरुले खान्छन यो सामान्यरुपमा वर्षौदेखि चल्दै आएको छ । यो अहिले सुस्ता मिचिन थालेपछि, कालापानीम भारतिय सेना बस्न थालेदेखि मात्रै शुरु भएको होइन । भारतिय जनताप्रति बढि माया लागेर मधेशीहरुले त्यसो गरेका पनि होइनन कि नेपालको वास्तबिकतानै त्यहि हो । कतिपय सेवा, सुबिधा र दैनिक जिवनका लागि भारतिय भूमितिरै नजिक, सहज, सस्तो र छिटो हुन्छ हाम्रा लागि । त्यो हाम्रो इच्छा भन्दापनि हाम्रै सरकारको कमजोरी हो कि आफ्ना जनतालाई अर्काको भूमिमा जानुपर्ने बाध्यतामा राखिरहनु भारततिर जानै नपर्ने गरि सुख सुबिधा दिने, सस्तो र राम्रो दिने, आफ्नो देशको सिमा र बाँध बलियो बनाए के हामी रहरले भारततिरै जानेथियौं होला त ? 

तपाइँहरुलाई थाह छ-काठमाडौ, पोखरा वा कुनैपनि शहरमा दंगा भड्किँदा, हुलमुल हुँदा के हुने गरेको छ ? मधेशीहरुले आफ्नो सटर थुन्न थाल्नुपर्छ । नत्र तिनमाथि कुटपिट हुन्छ भारतिय भन्दै । मधेशीहरुले बोकेको टोकरी कतै कुनामा लगेर लुकाउनुपर्छ । नत्र धोती भन्दै ति लुटिन्छन । मधेशीहरुले आफ्नो पसल बन्द गर्नुपर्छ, नत्र साला मधेशी भन्दै तोडफोड गरिन्छ । तिनैले दुखले कमाउन बसेको चना र चट्पटेको भाँडो घोप्ट्याइन्छ । तिनले बोकेको फलफूल ट्याप्प टिपेर मुखमा हाल्यो अनि केही बोले साला मधेशी भनेर गाली गर्‍यो । घरका झ्यालमा बसेर ओ मधेशी भन्दै हेपेर बोलायो । आफुलाइ मन नपर्नासाथ साला मधेशी ठग्छस भन्दै हप्कायो । कतिपय अवस्थामा तिनका सामान झिकेर लग्यो अनि पैसा नै नतिर्‍यो । तिनलाई काम लगाउँदा सकभर बिग्रिएको तरकारी, ढुंगालाग्ने चामल, पानी जस्तो दाल दिएर पन्छिने, हेप्ने चलन छ । मानौ मधेशीहरु भनेका जनावर हुन र तिनले जस्तोपनि रुचाउँछन, पचाउँछन।   

मधेशी जनता कति मेहनति छन ? तपाइँको धानका बिटा तिनलेनै लगाउँछन । खलामै आएर बोरा बोकिदिन्छन । तपाइँहरुका खेतका ढिस्का नुनिया बन्दै आएर तिनैले सम्मो पार्छन । खाली सिसि र पुराना कगज बटुलेर गाउँघर सफा राख्छन । फालिने सामानलाई दुइ पैसा दिएरै भएपनि लैजान्छन । तराइदेखि टोकरीमा हालेर फलफूल तपाईका आँगन आँगनमा ल्याइदिन्छ्न । तिनिहरु अलिकति नुन, थोरै पानी, एक चिम्टि चिनि र एकमुठि चिउरामै सन्तोष लिएर काम गर्छन । मिठो दिनु पर्दैन, स्वादिलो नभए गुनासो गर्दैनन । पिढिमै पनि निदाउँछन, परालका टौवामै रात बिताउँछन । अनि तिनैलाई हेप्नु के अत्याचार होइन ? त्यस्ता मेहनति समूदायलाई हेप्दा, गालीगर्दा, तिनको कामको अवमुल्यन गर्दा तपाईहरुको मन दुख्दैन ? मनमा नेपाल, हातमा नेपाली नागरिकता र ह्रिदयमा नेपाली भावना लिएर बसिरहेको मानिसलाई बिदेशीको बिल्ला कसैले भिराइदिँदा कस्तो होला ? आफ्नै देशको एक भूभागका जनताको भावनामा चोट पुर्‍याउने अधिकार छ त ? देशको भूमि हामी मधेशीहरुकालागि पनि समान हक लाग्दैन ?

हुन त यस्तो भावना हामीलाई हाम्रै शासकहरुले भरिदिएका हुन । वर्षौंवर्ष देखि जनता फुटेभने तिनलाई सधैं अन्धकारमा राख्न सकिन्छ । जनतालाई फुटाएर आफ्नो स्थानिय स्वार्थ र शासन दिगो बनाउन सकिन्छ । जनता एकजुट भएभने हरेक ठाउँमा बिद्रोह हुन्छ भन्ने शासनगर्नेहरु राम्ररि बुझ्छन। फुटाउ र राज गर भन्ने त शासन गर्नेहरुको मन्त्र नै हो । म अहिले त्यो विषयतिर लाग्दिन । नत्र धेरै लामो हुन्छ । तर हामीले के बुझ्नु पर्छ भने-हामी रुप र रंगमा फरक छौं । हाम्रो कतै निकटता देखिन सक्छ, भूगोलका कारण, हावापानीका कारण, स‌स्कार र संस्क्रितिका कारण । तर हामी मधेसीहरुलाई अन्य क्षेत्रकाले हेप्नुहुँदैन । मधेशीलाइ हेप्नु आफ्नै दाजुभाइ, दिदि बहिनी र समाजलाई हेप्नु हो । मधेशीको भावनामा चोट पर्दा पहाडका मानिसलाईपनि दुख्नु पर्छ । हाम्रो मन दुख्दा पहाडियाहरुको मनलाईपनि छुनुपर्छ । हामी नांगो रहँदा पहाडियाहरुलेनै बोलिदिनुपर्छ । अनि बल्ल हामी क्षेत्रगत, भाषागत, संस्कारगतरुपमा भिन्न देखियौं भनेपनि भावनात्मकरुपमा एक हुन्छौं
Read Full Discussion Thread for this article