Posted by: BKMailo July 28, 2008
BHOJPUR
Login in to Rate this Post:     0       ?        

साउदीमा चेली बेपत्ता

भोजपुर, धन कमाउन सातमहिनाअघि साउदी अरब गएकी एक जना युवति बेपता भएकी छन् । पर्ूर्बी पहाडी जिल्ला भोजपुर सदरमुकाम नजिकै पालुवाकी २४ बषिर्या कोपिला परियार बेपता भएकी हुन् ।

चार बर्षघि ओखे्र गाबिस-६ हर्ुर्बुस्थित रत्नबहादुर दर्जीसित कान्छी श्रीमतिको रुपमा बिबाह गरेकी कोपिला एजेन्टमार्फ साउदी अरब गएको उनको आफन्तजनले बताए । उनी तीन तीनमहिनादेखि सर्म्पर्कबिहीन रहेको उनकी दाजु राजन परियारले बताए । तीन महिनाअघि बहिनीले मालिकले एउटा कोठामा थुनेर राखेको बताउूदै टेलिफोन गरेको स्मरण गराउूदै उनले भने -'त्यसपछि मेरो बहिनी सर्म्पर्कमा छैनन् ।'

साउदीमा काम राम्रो नभएको र र्फकनको लागि हवाई टिकट किन्ने पैसाको अभाव भएकोले मर्नु न बाूच्नु भएको टेलिफोनमा खबर गरेको राजनले सुनाए । साउदीमा आपmनो जीउ ज्यानसम्म भन्न नपाएको गुनासो गर्दै फोन गरेकोले जुवाईंबाट बेचिएको हुनसक्ने आरोप लगाउूदै राजनले प्रहरीमा उजुरी दिएका छन् ।  बहिनीलाई बिदेश नपठाउन आग्रह गर्दा गर्दै जुवाईं रत्नबहादुरले जवरजस्ती पठाएको उनले आरोप लगाए । बिदेश पठाएपछि जुवाईंसित बहिनी सर्म्पर्कबिहीन भएपनि खोज्ने प्रयत्न नगरेको आरोप लगाउूदै राजन परियारले खोजीदिनको लागि जिल्ला प्रहरी कार्यालयमा माग गरेका छन् ।

एजेन्टमार्फ भारतको बर्म्बई हुदै साउदी अरब पुर्‍याइएकी कोपिलाको सर्म्पर्क टुटेको महिनौ बितिसक्दापनि पत्ता लगाउन नसकेको राजनले बताए । उनको ठेगानामा सर्म्पर्क हुन छाडेको छ । उनका अनुसार साउदीमा सर्म्पर्क टेलिफोन नं ९६६५६०७२७४१७ मा सर्म्पर्क गर्दा थाहा नभएको उत्तर दिदै आएको छ । साउदी गएको एजेन्ट र मेनपावर कम्पनी समेत थाहा नभएकोले खोज्न कठिनाई भएको उनले बताए । 

SOURCE: http://www.kantipuronline.com/kolnepalinews.php?&nid=154849

Read Full Discussion Thread for this article