Posted by: nepali_maobadi July 27, 2008
एमाले र हाम्रो समझदारी भारतीय दलालले बिगारे
Login in to Rate this Post:     0       ?        

माओवादी नेतृत्वभन्दा फरक सोच राख्ने नेताहरुमध्ये नेत्रबिक्रम चन्द प्रखर छन् र माओवादीभित्रको फरक धारका नेताहरु मोहन बैद्य किरण र रामबहादुर थापा बादलसहितको समूहका उनी प्रवक्तासमेत मानिन्छन् । प्रस्तुत छ, सरकार गठनबारे माओवादी सचिवालय सदस्यसँग टेलिफोनबाट लिइएको अन्तर्वार्ताको सार ः

माओवादी अब सरकारमा जान्छ ?
यही स्थितिमा त जादैन ।

राष्ट्रिय सरकारमा पनि जादैन ?
राष्ट्रिय सरकार होइन, अब बामपन्थीहरुको सरकार बन्नुपर्छ ।

बाम सरकार बन्ला र ? एमाले त माओवादीसँग निकै बिच्किएको देखिन्छ ?
बन्नुपर्छ । बिच्किएकै कुरा गर्ने हो भने त हामी पनि एमालेसँग निकै बिच्किएका छौं नि । तर, त्यसो भनेर हुदैन ।

एमाले र माओवादीबीच अन्तिम समयमा के कारण समझदारी भाडिएको हो ?
सबै पार्टीमा बिदेशी दलालहरु छन् । खासगरी, भारतीय दलाल । तिनीहरुले नै दुई पार्टीबीचको सम्बन्ध बिगारेका हुन् ।

माओवादीमा छन् र भारतीय ?
स्वभाविकरुपमा हुने नै भए । सबै पार्टीमा सबै प्रकारका तत्व हुनु अनौठो होइन ।

भारतीय दलाल हुँदाहुँदै फेरी बाम समझदारी होला र ?
समझदारी किन बिग्रियो भन्ने समिक्षा गर्नुपर्छ । समिक्षा गरेपछि फेरी समझदारी नबन्ने कुरै हुदैन । दुवै पार्टीका युवा र इमान्दार नेताहरुले यसबारे कुरा गर्न थालिसकेका छन् ।

अब बामहरुकै सरकार बन्ला त ?

यो मुलुक हाक्ने बामहरुले नै हो । सरकारको कुरा मात्र होइन, बामहरुले मुलुकबारे समग्ररुपमा सोच्नुपर्छ । खण्ड खण्डमा सोच्ने काम छाड्नुपर्छ । 

 

Source: http://himalkhabar.com/news.php?id=1218

 

Last edited: 27-Jul-08 05:19 PM
Read Full Discussion Thread for this article