Posted by: Jawala July 27, 2008
Pathetic UML
Login in to Rate this Post:     0       ?        

They voted for that corrupt and Samparadahi vice president Mr. Jha without thinking twice and now because all Nepalis against him, they have asked to step down.

Pathetic UML !

$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$

उपराष्ट्रपति राजीनामा देऊ, माओवादीसहितको सहमति आवश्यक: एमाले
१२-साउन-२०६५,आइतवार
काठमाडौँ। नेकपा एमालेका महासचिव झलनाथ खनालले सहमतिका आधारमा राष्ट्रिय सरकार गठन हुनुपर्नेमा जोड दिनुभएको छ।
शान्ति प्रक्रियालाई निरन्तरता दिन र नयाँ सरकार गठन गर्न सहमति एक मात्र बाटो भएको उहाँको भनाइ छ।
एमाले केन्द्रीय महिला विभागले गरेको दुईदिने राष्ट्रिय महिला कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उदघाटन गर्दै महासचिव नेपालले यस्तो बताउनुभएको हो।
उहाँले सरकारको अगुवाइ गर्ने जिम्मा माओवादीले पाएको उल्लेख गर्दै अहिलेको अवस्थामा सबै दल मिलेर अघि बढनुपर्ने बताउनुभयो।
माओवादीलाई एक्ल्याउन नहुने बताउँदै उहाँले वाम दलबीचको सहमति र एकता आवश्यक भएको टिप्पणीसमेत गर्नुभयो।
महासचिव खनालले उपराष्ट्रपति झाले हिन्दी भाषामा सपथ लिएकोमा भर्त्सना गर्दै उपराष्ट्रपतिले पार्टी, भाषा, वर्ग र क्षेत्रभन्दा माथि उठेर सिंगो नेपालको प्रतिनिधित्व गर्नसक्नुपर्नेमा जोड दिनुभयो।
उता नेकपा एमाले केन्द्रीय सल्लाहकार कमिटीले उपराष्ट्रपति परमानन्द झाको राजीनामा माग गरेको छ।
झाले उपराष्ट्रपति जस्तो पदको सपथ लिने बेलामा हिन्दी भाषाको प्रयोग गरी मुलुकको राष्ट्रिय एकता, सार्वभौमिकता, अखण्डता, नेपाली जनताको राष्ट्रिय भावना र मुलुककै अस्मितामाथि गम्भीर चोट पुर्‍याउने काम भएको ठहर सल्लाहकार कमिटीले गरेको छ।
यस्तो व्यक्तिबाट राष्ट्रिय एकता, सार्वभौमिकता र अखण्डताको संरक्षण तथा मुलुकको अभिभावकत्व हुन नसक्ने ठहर भएको भन्दै उपराष्ट्रपति पदबाट तुरुन्त राजीनामा दिन एमाले सल्लाहकार कमिटीले माग गरेको हो।
यसैबीच उपराष्ट्रपति परमानन्द झाले अन्तरिम संविधानविपरीत हिन्दी भाषामा सपथ खाएको भन्दै अधिवक्ता बालकृष्ण न्यौपानेले सर्वोच्च अदालतमा दायर गर्नुभएको रिटमाथि प्रारम्भिक सुनुवाइ सुरु भएको छ।
सर्वोच्च अदालतका न्यायाधीश दामोदरप्रसाद शर्माको एकल इजलासमा मुद्दाको सुनुवाइ चलिरहेको स्रोतले बताएकोछ।
अधिवक्ता न्यौपानेले संविधानअनुसार उपराष्ट्रपति झालाई नेपाली भाषामा फेरि सपथ गराउन र उपराष्ट्रपतिका रुपमा काम नगर्न र नगराउन आदेश माग गर्दै रिट दायर गर्नुभएको थियो।
नेपालको अन्तरिम संविधान २०६३मा सरकारको कामकाजको भाषा नेपाली हुने स्पष्ट जनाइएको अवस्थामा हिन्दी भाषामा सपथ खाने कार्य संविधानविपरीत भएको रिटमा उल्लेख गरिएको छ।

Source: - http://www.weeklynepal.com/index.php?option=com_content&task=view&id=12805&Itemid=39

Read Full Discussion Thread for this article