Posted by: dipika02 July 27, 2008
सम्बन्ध
Login in to Rate this Post:     0       ?        

भाग २ .........

निरनले पहिले एउटा साधारण ईमेल पठायो। आफ्नो बारेमा केही कुराहरु लेख्यो र सपनाको बारेमा केही सोध्यो। उ जान्न चाहन्थ्यो, यो सम्बन्ध सपनाले आफ्नो बाबाहरुको बचन-बाध्यतामा बाँधिएर अपनाउन लागेकी हो या उस्को आफ्नै इच्छा हो।  सपनाले उही दिन उत्तर दिईन। यो उन्को आफ्नै इच्छा थियो। त्यसपछी अर्को दुई वटा ईमेल आदान प्रदान भयो। एक अर्काको बारेमा अझ बढी सोधे र बुझे। अनी सुरु भयो फोनमा कुराकानी। निरनले पहिलो पल्ट सपनालाई फोन गर्दा सपना त्यती खुलेर कुरा गर्न सकिन। अलिकती लजाइ र अलिकती डराइ। निरनले सोधेको प्रश्न हरुको जवाफ मात्रै दिई। आफुले केही सोधिन। त्यस दिन त्यती लामो कुरा भएन। निरनले "तिमी अब सुत म भोली फोन गर्छु" भनेर फोन राख्यो।  फोन राखेको धेरै बेर सम्म सपनाको कानमा निरनको आवज गुन्जिरह्यो। उ निदाउन सकिन। धेरै बेर सम्म निरनको बारेमा सोचिरही। मनलाई खुशी र डर दुबैले बेचैन बनायो। 
 
भोली पल्ट त्यही समयमा निरनले फोन गर्‍यो। यो पाली उु अली खुलेर कुरा गरी।

"दिनभरी म सँग कुरा गर्न practice गरेको हो?" निरनले जिस्कायो।
 
"हजुर हो" उु हाँसी र लजालु स्वोरमा उत्तर दिई।

उनिहरु को कुरा अब घण्टौ घण्टा सम्म हुन थाल्यो। निरन जिस्काइरहन्थ्यो उु हाँसिरहन्थी। निरनमा एक श्रीमानमा उस्ले खोजेको सबै गुणहरु पाई। निरन कम बोल्थ्यो तर हसाँउथ्यो। उमेरमा आफु भन्दा ठुलो थियो। उस्को गल्तिहरुलाई सच्चाइदिन्छ र हरेक कठिनाइहरुमा शान्त भएर र सोचेर पाइला चाल्छ भन्ने विश्वाश थियो। निरन बच्चै देखी बाहिर पढेको, अमेरिकामै बसेको धेरै भईसक्यो, हेर्दामा पनि राम्रो छ उस्को प्रेमिकाहरु नभएका होलान भनेर सपनाले कहिले सोचिन तर उस्को प्रेमिकाहरुको बारेमा सोध्दा पनि सोधिन। ति कुराहरुले उस्लाई केही फरक पार्दैनथ्यो। प्रेमिका र श्रीमती को बिच हुने अन्तर उस्ले राम्रो सँग बुझेकी थिई। उु निरनको शब्दहरुमा लुटुपुटु हुन्थी र उस्लाई आफ्नो श्रीमानको रुपमा पाउनु भनेको उ आँफै भाग्यमानी हुनु हो भन्ने ठन्दथी। 

निरन सपना सँग कुरा गर्दा खुशी हुन्थ्यो। सपना उस्को अरु प्रेमिकाहरु भन्दा धेरै अलग थिई। उ निरन र उस्को भबिष्यको बारेमा कुरा गर्थी। आफ्नो इच्छाहरु उस्को अगाडि राख्नु भन्दा उस्को इच्छाहरुमा बढी चाख दिन्थी। रूपको घमन्ड उस्लाई कहिले भएन। मानौ उस्लाई थाहै थिएन उ कती सुन्दर छे भनेर। निरनले आफ्नो प्रगतिको बारेमा कुराहरु गर्थ्यो। उ खुशी भएर सुनिरहन्थी। निरन आफ्नो पढाईको कुरा गर्थ्यो। आफु सधैं अरु भन्दा कम पढ्ने तर सधैं अरु भन्दा अब्बल अंक लेराउने कुरा सुनाउथ्यो। सपना खुशी हुन्थी र उस्को तारिफ गर्थी। उ आफुनै एउटा सफल छत्रा थिई। पढेदेखी दोश्रो कहिले भईन। तर त्यो कुरा उस्ले निरन्लाई कहिले सुनाइन। सुनाइरहनु पर्ने जरूरत पनि देखिन। केबल अमेरिकामा एम. बि. ए. गर्ने इच्छा भएको कुरा मात्र सुनाइ। निरनलाई त्यो बिचार झन मनपर्‍यो।
 
दुबैको घरबाट बिहेको कुरा अगाडि बढ्यो। निरनको बाबा मामुले सपनालाई सधैं छोरीको रुपामा पाउनु भएको थियो, बुहारी  बनाउन पाउदा झन खुशी हुनुहुन्थ्यो। दुबै परिवारको रहन सहन र सामाजिक status उस्तै थियो र  यो सम्बन्ध अगाडि बढाउन पाएकोमा दुबै परिवार खुशी थिए। 
 
निरनको र सपनाको भेट नभएपनी फोनमा धेरै कुरा भईसकेको भएर भेट भएकै सरी महसुस गर्थे। निरनले आफ्नो घरको फोटो पठाउथ्यो, सपना तेस्लाई कसरी सझाउने बारेमा सोच्थी र त्यही सोचाइमा मग्न हुन्थी। निरनको रोजाइको गीतहरु सुन्थी। अब आफुलाई मनपर्ने भन्दा निरनलाई मनपर्ने कुराहरुमा बढी ध्यान जान थालेको थियो। धेरै टोलाउने भएकी थिई सपना। मामुले बेला बेलामा जिस्काउनु हुन्थ्यो। उु लजाउथी।
 
निरन पनि सपनाको कुराहरु सम्झेर एक्लै मुस्कुराउथ्यो। हरेक क्षण आफु सपना सँग नै पाउथ्यो। फोनमा मात्रा कुरा नभएर अब च्याट मा पनि कुरा हुनथालेको थ्यो। काममा पुग्दा सपना अन्लाईन हुन्थी। हाकिमको आँखा छली छली उ सपना सँग कुरा गर्थ्यो। उु निकै खुशी देखिन थालेको थियो। 
 
बिहेको दिन पक्का भईसकेको थियो। निरनले काममा बल्ल तल्ल तीन हप्ताको बिदा मिलायो। आफु H1 status मा थियो। green card को process अगाडि बढाइरहेको भएर ओकिलले सपनालाई (dependent visa)H4 मा लेराउनदा फाईदा हुन्छ भनेको थियो तेसैले उस्ले त्यही अनुसार कागजपत्र तयार पार्यो। सपनाले पनि आफ्नो चहिने कागजपत्र सबै तयार पारी। बिहेको दिन नजिक आउँदै थियो तेसैले बिहेको तयारी पनि धमाधम सँग हुनथाल्यो।   
 
बिहेको एक हप्ता अगाडि निरन आयो। किनमेल धेरै नै बाँकी थियो। कती कुराहरुको लागि उ अगाडि हुनै पर्ने भएकोले रोक्किरहेको थियो। सपना पनि कहिले आफ्नो घरपट्टी को किनमेल कहिले निरनको घरपट्टिको किनमेल मा धेरैनै ब्यस्त थीइ। निरन र उस्को भेट खासै हुन पाएको थिएन। फोनमा कुरा हुन्थ्यो। दिनका दिन बाट अब कुरा छिन का छिनमा पुगेको थियो। 
 
घरमा नातेदारहरुको भिड पनि बढ्न थाल्यो। बिहेको अघिल्लो दिन मामुले दुलहिको जोडा लेराएर सपनाको दराजमा राखिदिनु भयो। सपना थाकेर एकछिन पल्टेकी थीइ। मामु उस्को खाटको छेउमा आएर बस्नु भयो र अनायसै बिस्तार हातले उस्को गाला सुमसुमाउनु भयो। कहिले आफ्नो आँखाबाट धेरै टाढा नभएकी छोरी भोली अरुको घरमा जानु छ। उस्को गल्तिहरुलाई हामीले त सानै छे भनेर माफ गरिदिन्थ्यौ तर अरुले गर्लान कि नगर्लान ? उस्लाई आफ्नै जस्तो माया दिन सक्लान नि नसक्लान? उस्को कमी कमजोरिहरु अपनाउलान कि नअपनाउलान?  अनेकौ प्रश्नहरु उहाको दिमागमा खेल्यो। आँखाभरी आशु पारेर कोठाबाट निस्किनु भयो। सपनाले आँखा खोली। मामु कोठामा आउनु भएको थाहा पाएकी थीइ।
 
बिहे र निरनको बारेमा सोच्दा सोच्दा उस्ले बाबा मामुको र घरको बारेमा सोच्नै पाएकी थीइन। जुन घरमा हुर्क्यो बढ्यो र सधैं मेरो घर भनेर चिनायो भोली देखी त्यो घर उस्को माइती हुनेछ। अब जिन्दगी भरलाई उस्ले तेही नाम दिनु पर्छ आफ्नो घरलाई। अरुको घरलाई आफ्नो मान्नु पर्छ र त्यही रमाउन सिक्नु पर्छ। पहिलो पटक सपनाले आफु छोरी भएर जन्मेकोमा आँफै सँग खेद प्रकट गरी। फेरी निरनलाई सम्झी। उस्को आगमनले निरनको जीवनको बगैंचामा फुल्ने खुशीका फुलहरुको कल्पना गरी र उस्को जीवनमा आफ्नो महत्व सम्झेर छोरी भएर जन्मिनु र कसैको श्रीमती हुन पाउनुमा गर्व महसुस गरी र आफुलाई फेरी एकपटक भाग्यमानी पाइ। 
 
क्रमश:
 
Read Full Discussion Thread for this article