Posted by: ssu_dragons July 26, 2008
तीका: FACT,WHY IS HE USING DHOTI LANGUAGE
Login in to Rate this Post:     0       ?        

'शपथकाण्ड’को अन्तरकथा

सुरेशकुमार यादव

काठमाडौं, १० साउन : मधेसी जनअधिकार फोरमका तर्फबाट उपराष्ट्रपति बनेका परमानन्द झाले पार्टीकै निर्देशनमा हिन्दी भाषामा शपथग्रहण गर्नुभएको खुलासा भएको छ ।

साउन ६ गते निर्वाचित उपराष्ट्रपति झालाई फोरमका अध्यक्ष उपेन्द्र यादवले 'तपाइाले हिन्दी भाषामा शपथ लिनुपर्छ’ भन्दै ठाडो आदेश दिएको पार्टीका एक केन्द्रीय सदस्यले बताए । यादवको आदेशलाई स्वीकार्दै उपराष्ट्रपति झाले 'पार्टीको र उताको जो आदेश’ भन्नुभएको थियो । 'उताको’ भनेर उपराष्ट्रपतिले दक्षिणतिरको शक्तिलाई इंगित गरेको हुनसक्ने आँकलन फोरमभित्रै गरिएको छ ।

फोरम स्रोतका अनुसार झालाई हिन्दी भाषामा शपथ लिन निर्देशन गर्दा अध्यक्ष यादवले 'तपाइाले हिन्दी भाषामा शपथ लिनु भएन भने जिताएको पनि खेर जान्छ र माथि मैले जवाफ दिनुपर्छ समेत,’ भन्नुभएको थियो । 'उहाँले कसलाई जवाफ दिनुपर्छ भन्नुभएको हो त्यो भने खुलाउनुभएन,’ स्रोत भन्छ । यादवले संविधानसभा बैठकमा हिन्दीमै सम्बोधन गर्नुभएको थियो ।

जानकार स्रोतहरू चाहिँ गणतन्त्र घोषणा भएको दिन संविधासभाको बैठकमा जुन शक्तिको दबाबमा भारतको शुभकामना पत्र पढिएको थियो, त्यही शक्तिको दबाबबाटै उपराष्ट्रपति झाले हिन्दीमा शपथग्रहण लिनुभएको बताउँछन् ।

उपराष्ट्रपति झाले हिन्दी भाषामा शपथ लिएका कारण पार्टीकै वरिष्ठ नेता विजयकुमार गच्छेदार असन्तुष्ट हुनुहुन्छ । 'त्यस विषयमा मलाई नसोध्नुस् । यो काम अध्यक्षले गर्नुभएको छ, उहाालाई सोध्नुस्, उहाा के भन्नुहुन्छ । म दुई/तीन दिनपछि बोल्छु,’ गच्छेदारले भन्नुभयो । फोरमका नेता वीपी यादवले पनि पार्टीकै निर्देशनमा उपराष्ट्रपति झाले शपथ लिएको स्विकार्नुभयो । 'चर्चामा आउनका लागि समेत झाले यस्तो गरेको हुनसक्छ,’ उहाँको भनाइ थियो ।

Read Full Discussion Thread for this article