Posted by: highvoltage July 26, 2008
where is Basterd Gagan Thapa now,
Login in to Rate this Post:     0       ?        
i always wanted the politics of nepal to go in the hands of young generation.but later i came to know 99% of young politicians are also corrupt. not different than the old generation politicians. don know why once people enter politics , they stop thinking about the benefit of country. m not talking about a single person like gagan.he was like u and me before. he could do anything he wanted, he could do what he felt right or wrong from his heart and everyone did the same before they  entered into politics and got power.going to streets n shouting against someone is very easy but to take responsibility and to face those who are more experienced and as qualified or more qualified as u, is  not a child's play. नेपाल यस्तो पिंजडामा थुनिएको छ कि एउटा सानो पिंजडाबाट उम्कियो भने अर्को ठुलो पिंजडामा पर्छ।म त अहिलेको अवस्थामा देशको निकाश नै देख्दिन। चारैतिर केवल भुमरी छ लुक्ने ठाउँ कतै छैन।कति पढेँ यो साझामा नेपालका बुद्धिजिवी भनाउँदाहरुका कुराहरु केवल आपसी झगडामै समय बिताएका हुन्छन। कसैले कसैको कुर काट्नु हुन्न गाली गर्न थाल्छ रिश पोख्न थालछ त्यो पनि सभ्य भएर हो र? दु:ख लाग्छ यो सब देख्दा।यही मानसिकता लिएका मान्छे त हुन् हाम्रा राजनीतिज्ञहरु पनि। आफु आफुबिचको रिश पोख्न जसको पनि साथ लिन तयार छन्। यो देशको लगि राजनिति कसैले गरेका छैनन्।स्वास्निको  सारि किन्न,छोरा छोरीको पढाई खर्च उठाउन र घर अनी गाडीको राजनीति गर्छन् भिखारिहरु। केही गर्न खोज्नेलाई पनि यसरी हासो उडाउँछन र दु:ख दिन्छन कि भोलि देखी कसैको राम्रो काम गर्ने आँट आउन्न। यस्तो बदलाको राजनीति गरेर देश कहिले उठ्ला? हामी गरीब काम गरेर खानु पर्ने मान्छे जुन नै सरकार र देश आएपनी काम गरेरै बाँच्नु पर्छ। यो देश रहेन भने भोक् भोकै मर्नेहरु यि नेताहरु नै हुन्।घरको न घाटको हुन्छन् तर पनि जानी जानी अवसरवादीहरुसंग अङाँलो मार्न जान्छन्।  आज हामी जंगिन्छौ भोलि फेरि त्यहि नेता आएर दुइ शब्द मिठो बोल्दिन्छ हामी भुल्छौँ।नभुलेर पनि के गर्नु उपाए छैन मनको शन्तोष हो साएद यसले पो राम्रो गर्छ कि भन्यो। "जुन् जोगि आएपनि कानै चिरेको" हुन्छ। हामी पानीको खोजमा मरुभूमि मरुभूमि कुद्छौँ र हरेक ताढाको बगरलाइ पानीको तलाउ सम्झिन्छौँ यो हाम्रो बाध्यता हो किनकि हामी दिग्भ्रमित छौँ,कुहिरोको काग् भइराछौँ। आशा गरौँ (सधैँ झैँ) कि अहिलेको एकताले राष्ट्रवादि, बिखण्डनवादि,बिदेशि शक्ति सबैलाइ चेतना होस्। र साझावासिले पनि यो बुझ्नु पर्यो कि सबैमा हामी साधारण जनता सबै राष्ट्रवादि होउँ। कसैले अर्को बिचार् ल्यायो भनेपनि झर्केर रिसाइहाल्नु भन्द त्यसमा एकचोटि विचार गर्नु वेश होला।केवल अरुको विचारलाइ कदर गर्नेले नै सहि निर्णय लिन सक्छ!unity is strength and four eyes see more than two eyes!so stay together and watch!

अस्तु:

Last edited: 26-Jul-08 05:20 PM
Last edited: 26-Jul-08 05:21 PM
Last edited: 26-Jul-08 05:24 PM
Read Full Discussion Thread for this article