Posted by: localboy July 26, 2008
Story :- १० बर्ष पछीको भेट
Login in to Rate this Post:     0       ?        

शनिबारको दिन थियो उठ्न पनि ढिला नै भएको थियो, मन नलागी नलागी मुख पनि नधोइ कम्प्युटर अगाडि ईमेल चेक गर्न बसेको थिये अकाशमात ह्म्शले जीउ छाड्यो| कतै यो ईमेल झुक्क्एर कसैले पठाको त होइन, तर पकै पनि होइन, यो ईमेल मलाई मात्र होइन सबै केटा केटीहरुलाई पनि पठायएको छ, ईमेल यस प्रकारको छ -
August 28th  7:00 - 8:00 pm NYC tower resturant, Fulfilling a promise that was made 10 years ago.
यो बाचा त सबैले गरेका थियौ मिले सम्म, भाग्यले जुरायो भने कुनै दिन न्यूयोर्कमा सबै जना मिली जुली डिनर गरुला भन्ने बाचा; मैले गन्ती गर्न थाले १४ जाना मध्यए ८ जाना हामी अमेरिकामा छौ, बाँकीको ३ जाना लण्डनमा र २ जाना नेपालमा र १ जाना चाँही  अष्ट्रेलियामा,  के यो सम्भब छ ? एक अर्का सँग कुरा नभाको पनि धेरै भइसक्यो, ईमेललाई रिप्लाई गरु जस्तो पनि लाग्यो, तर गरिन August 28th, आउन आझै एक महिना बाँकी छ,
सबै जाना आउछन ? नेपाल र लण्डन त परको कुरा हो अमेरिकामा भएकै साथीहरु नै आउँदैन भन्ने मलाइ लागि राखेको छ| भाग्यले हामीलाई आफ्नो खुट्टामा त उभ्यायो तर एक अर्का सँग धेरै धेरै टाढा लागि सकेको थियो, केटीहरु त एक अर्का सँग कुरा गर्थे क्यारे तर केटाहरुको कुरा आर्कै थियो| शायद आफ्नो अहन्कार र तितो कुराहरु पचाउन सक्ने क्ष्मता कसैमा थियेन |        

समय बित्दै गयो म दिन दिनै ईमेल चेक गरी रहन्थिए शायद कसैले त रिप्लाई गर्ला भनेर तर कसैले गरेन, एक दिन काम पनि slow नै थियो Facebook तिर हेर्न बसे| अचानक लण्डनको साथीसँग भेट भयो, ईमेलको कुरा दुबैले गर्न चाह्यो तर गर्न सकेन, Chat पनि धेरै बेर भयो बिदा माग्नु अगाडि लण्डनको साथीले " मेरो South America आउने काम छ मिल्यो भने म U.S. पनि आउछु भन्यो र date पनि August 28th तिरकै दियो | मैले पनि जाने निर्णय गरे, हेर्दा हेर्दाइ August 28th पनि आयो, म न्यूयोर्कको त्यो Resturant खोज्न धेरै अगाडि नै गइसक्या थिए, पछी नहराओश भनेर | 7 Train र E Train लिदै म त्य्श ठाउँमा पुगे समय करीब करीब 7:15 भाको थियो | अगाडि Hostess लाई सोध्यए - I am expecting some Visitors, They might have already been here, DO you have a group that are expecting some guests ? Hostess ले भन्यो - Oh Yeah I Have a Group of 10 They informed me that they were expecting some more friends, त्यती भन्दै उस्ले फेरी भन्यो - They are on the roof top.

म अचम्म परे Roof Top हामीले पनि भनेका थियौ म सुद्ध गरेर ८ जाना हुनु पर्ने, लण्डन को साथी आको भये पनि ९ जाना कतै अरु कुनै ग्रुपपो हो कि ? तर लण्डन बाट अरु पनि आको हुन सक्छ सोचे , म elevator मा चढे र Roof Top तिर लागे | मैले यता उता हेरे एउटा Table मा आफ्नो साथीहरुलाई देखे | म अचम्म माने U.S. मा भाको ८ जना लण्डनको २ जना र अष्ट्रेलियाको सबै आको थिये | उनीहरुले पनि मलाइ देखे म गएर एउटा chair आफ्नो तिर तान्दै बसे | सबै जना चुप चाप लागेर बसी राखेका थिए| हाम्रो मौन्ताले एक अर्कासँग धेरै कुरा गरी राखेको थियो | सबैको आँखामा हल्का हल्का घासमा सित झै शायद आसुँ शायद पानी थियो| त्य्श सुन्सानपलमा पनि हामीले हाम्रो मौन्ता १० बर्ष अगाडि झै हासेको, चलेको र कराइ रहेको सुनी रखेका थियौ | शायद आसुँका थोपाले चाँही त्यो बिछोड भएको क्ष्णलाई सम्झी रहेको थियो| हाम्रो मौन्तामा एक्कासी बाधा पर्‍यो त्यो टुट्यो झसँग भएर हेर्दा Waiter ले Are You Folks ready to order ? भनेर सोध्यो |

क्रमश :              


 

Read Full Discussion Thread for this article