Posted by: copycat July 26, 2008
टीका लगाउने तरिका
Login in to Rate this Post:     0       ?        
हाम्रो चलन चल्तिमा टीका लगाउँदा बुढि, चोर वा माझि औला प्रयोग नगरेर साहिँलो औँला प्रयोग गर्ने कुरा मैले ख्याल गरेको थिएँ, बिषेश गरि पश्चिमाहरुले साहिलो औलाको माने अति नकारात्मक ठान्ने कुरा जाने पछि । के माझि औलौ पश्चिमा हरुमा जस्तै हाम्रो मा पनि उत्तिकै नकारात्मक र हीनकारि मानिन्छ? खास कारण के होला? कसैलाइ वास्तविक कारण थाहा छ भने वा यस सम्बन्धित केहि प्रसँग रोचक लागेको छ भने  सुन्न म इच्छुक छु ।
साथै, हरेक विषयको छलफलमा विष बमन गर्ने बानि परेकाहरुले कृपया यस धागोमा धेर्यता देखाउनु होला, मेरो जिज्ञासा कुनै पनि धारको आस्था प्रति पुर्वाग्रहि नभइ तटस्थ ज्ञान हासिल गर्न उत्प्रेरित भावना हो ।
Read Full Discussion Thread for this article