Posted by: Credence Trend July 25, 2008
गन्तब्यको खोजी मा
Login in to Rate this Post:     0       ?        
गन्तब्यको खोजी मा 

क्रिडेन्स ट्रेन्ड
जुलाई २५, २००८


आज मेरो मन उदास उदास छ।
जीवनलाई बुझ्ने र
जीवनका सुमधुर सपनाहरु लाई
समेट्ने चेस्टा गर्दा गर्दै
जीवनका पीडा सँग जुध्न
वाध्य ब्यक्ति भएको छु।
लाग्छ म आज पनि
यो जीवन को
चौबाटोमा उभिएको छु।
म आफुले आँफैलाई
प्रश्न गरिरहेको छु आज,
मेरो जीवनको गन्तब्य कहाँ हो?
लाग्छ म अझै पनि
अतित, बर्तमान र भबिश्य लाई
बुझ्ने चेस्टा गर्दै छु।
लाग्छ म आज
कता कता हराएको छु
अनी आफुले आँफैलाई
खोज्ने चेस्टा गरि रहेको छु।
म आँफैले आँफैलाई
प्रश्न गरिरहेको छु
के मैले आँफैलाई
भेट्टाउन सक्छु?
समय को कठोर्
कालचक्र लाई
बिपरित दीशामा
धकेल्न नसक्ने बिबसतामा
म बाँधिएको छु।
समयको जटील अन्तरालले गर्दा
लाग्छ आज मैले आफ्नो
सुमधुर सपनालाई हराएको छु।
म अझै आफ्नो जीवनको
गन्तब्यको खोजीमा छु।
Read Full Discussion Thread for this article