Posted by: nakkali keti July 25, 2008
सँयोग
Login in to Rate this Post:     0       ?        

यस् कथाका बिसयबस्तु, घटनाक्रम, तथा पात्रहरु सबै काल्पनीक हुन। कसैको वास्तविक जीवनसँग मेल खाएमा केबल सँयोग मात्र हुने छ।

असारको महीना पनि परेको पर्यै छ। दीक्क लागेर एअरपोर्टको झ्यालबाट फेरी बहिर हेरे। पोखरा, यसै त पनि पर्ने ठाउँ त्यस माथि असार। एउटा पत्रीका किनेको थीए त्यस्को बिजापन पनि पढि सके। उफ्फ्!!!!

एक छीन मन्त्रालयका मान्छेहरु सम्झेर रीस उठ्यो। जम्मा २ बर्ष त भएको थीयो नि काठमाडौं बसेको, सरुवा गरिदी हाले। परीवार सबै काठमाडौंमा छन। छोरोको ब्रतबन्ध छ आईतवार। बाजेले साइत पनि यो झरीमा जुराएछन।

चुरोट्को तल तल लाग्यो। यसो बहिर निस्किन मिल्छकी भनेर प्रयास गरी हेरे। सरकारी हाकिम भएकोले खासै गार्हो भएन। बाहिर निस्किएर चुरोट सल्काए। पानी आलिक काम भएछ, अलिकती आस पलयो। चुरोट सकेर एअरलाईनसको काउन्टर तिर लागे अब त प्लेन जान्छ कि भनेर सोध्न। काउन्टर कि महिला एक जना केटासँग कुरा गर्दै थीयीन। उनिहरुको कुराबाट थाहा पाये तिन्लाई तुरुन्त काठमाडौं जाने टिकेट चहियको रहिछ।

मैले चासो देखाएको देखेर मलाई भने "बुवा बिरामी हुनुहुन्छ तुरुन्त आउनु भन्ने खबर आयो"

" मनमा चीसो पस्यो, बिरामी मात्रै हो कि -------???"

मन ले पनि के के सोच्छ भन्ठाने। यसो बिचार गरे छोरोको बर्तबन्ध आझै ४ दिन बाँकी छ।

काउन्टर कि महिलालाई सोधे "भोलिको टिकेट छ?"

"" भनिन

"तेसो भये मलाई भोलिको टिकेट दिनुस् उहालाई आजको मेरो टिकेट दिनुस्" भने

"प्लेन त जान्छ होइन आज्?" सोधे

"वेदर राम्रो हुँदै छ जान्छ, तर उताबाट प्लेन आउनुपर्छ " भनिन

ती भाईको अनुहारमा आलिकती राहत झल्कियो। मेरो सहयोग प्रती सार्है क्रितज्ञ भएर मेरो हात समतेर धेरै चोटि धन्यवाद भने। मैले भोली पल्टको टिकेट काटे। सामान चेक आउट गरीसकेकोले फीर्ता लीन एकछीन पर्खिनु पर्‍यो

" भाई को नाम के पर्‍यो?" मैले सोधे

"उमेश शर्मा"

" पोखरामा job गर्नु हुन्छ?" फेरी सोधे

" होइन, यहाँ दमौलीमा training दिनु थीयो, तेसैले एक हप्ता भयो आएको"

काठमाडौंको एउटा गैर सरकारी सस्थामा काम गर्दा रहेछन।

"आउनजेलसम्म त बुवा सञ्चै हुनुहुन्थीयो, अचानक के भएछ?" उन्को अनुहार फेरी आतियो

त्यतिन्जेल एअरलाईनसकि महिलाले प्लेन ४५ मिनेटमा जाने घोषणा गरिन।

मेरो सामान पनि आइपुग्यो।

"लौ भाई राम्रोसँग जानुस्। तपाईंको बुवाको स्वास्थ्य राम्रो होस्" भने

उन्ले फेरी हात समतेर "ध्न्यबाद" भने

सामन घीसारेर बाहिर पुगे। हल्का चीसो भएछ। ट्याक्सी बोलएर क्वाटरतिर लागे।

"आज त चट्ट व्हिस्की र सेकुवा खाने दिन छ। घर पुगेको भने कस्तो काइद हुन्थो। एअरपोर्ट नजीकै घर भएको यो पनि अर्को फाईदा हो। केटोलाई जा जा सेकुवा लीएर आइज भन्यो एकैछीनमा आइ पुग्छ। छोरा छोरी पनि दङ पर्छन्।"

"हजुर यहाँ बाट कता?" ट्याक्सी ड्राइभरको स्वरले झ्स्कीए

"आलिक अगाडि लगेर रोक्नुस्"

ट्याक्सीलाई बिदा गरेर क्वाटरमा छीरे। पानी पर्न रोक्की सकेको थीयो। क्वाटर छीर्योकी दिक्क लाग्छ। यो उमेरमा एक्लै बस्नु पर्ने। के गर्नु जागिर पनि खानै पर्‍यो। घर फोन गरे।

"झन आज आइ पुग्नु हुन्छ भनेको त........" श्रीमती पहिले तअलिकती झर्कीन फेरी के सोचीन कुन्नी आँफै चुप लागिन।

फोनमा कुरा सकेर लुगा फेर्दै थीए कुल बहादुर जीको स्वर सुने। उहा पोखराको सहायक c.d.o. र मेरो छीमेकी।

"होइन सर तपाईं त ट्याक्सीमा फर्कीएको देखे। के भयो?" भन्दै भीत्र छीरे

"सर बस्दै गरौ है म आइ हाले" म भीत्रैबाट कराए

केटोलाई बोलएर चीया बनाउन भने।

"यस्तो मौसमले challenge गरेको दिनमा पनि के चिया खानु सर" उन्ले आफ्नो मनसाय बताए

"मनकै कुरा भने बुढाले" भन्ठाने

केटोलाई चीया cancel गरेर काँक्रो काट्न र अरु सीतन तयार गर्न अर्हाएर बुढालाई दिन भरीको ब्रीतन्त बताउन थाले।

"आज बेलुका त बस्नै लेखेको रहिछ" बुढाले भने

अरु २, ३ जना हामी जस्ता एक्ला बुढाहरुलाई पनि बोलाइयो। Red Level खाँदै राजनीती देखी लीएर घर परिवार, मौसम सबै थरीका कुरा भए। यको घडी हेरेको ८:०० ठ्यक्क बजेछ। टि.भी अन गरे।

"आजका प्रमुख समाचार.........."

"पोखराबाट काठमाडौंको लागि उढेको नेकोन एअर को बिमान 909A धादिङ्को ओर्खेटारमा दुर्घटना ग्रस्त भएको छ। बिमान 27 जना यात्राु बोकी ५ बजेर ४५ मिनेटमा पोखराबाट उढेको थीयो। दुर्घटनाको कारण थाहा हुन सकेको छैन...................... "

"ट्र्‍र्‍र्‍र ट्र्‍र्‍र्‍र" फोनको घन्टी बज्यो

"समाचार सुन्नु भयो?" श्रीमतिको स्वर सुने

"धन्न बचाए छन भगवानले................."

म कही बोल्न सकिन।

उमेशलाई सम्झे, उन्को बुवालाई सम्झे, मेरो छोरोलाई सम्झे अनी छोराको ब्रतबन्ध सम्झे....................................

 

Read Full Discussion Thread for this article