Posted by: Birkhe_Maila July 24, 2008
~ चौतारी १२३ ~
Login in to Rate this Post:     0       ?        

घोर मात्र हैन घनघोर भर्त्सना:

हालै चौतारीका बिभिन्न पदका पदभार सम्हाल्न पाएर घमन्ड तथा अभिमानले खुट्टा टेक्न नसकेका  तथा  रिस, राग, द्वेश, घृणा, जलन, तड्पाइ र पेट पोलाईले आक्रान्त बनेका, घोर पूर्वाग्रही, अति दुराग्रही, असिम कर्तव्यच्यूत, अपार पथभ्रष्टी, अखन्ड लज्जाहीन साथै अति परपीडक व्यक्ती लहरेकान्त लाकौल द्वारा सम्पूर्ण चौतारीका विवेकशील औतारीहरुलाई दिइएको अति आपत्तिजनक नाम प्रती मन्त्रीपरीषद् घोर भर्तसना तथा निज लकौलप्रती घनघोर भर्त्सना गर्दछ! आदरणिय चौतारि जनसमूदायहरु, इज्जत, मान, प्रतिष्टा,आदर, सत्कार, मित्रभाव, सहयोग, सामजस्यता, विवेकशीलता, नैतीकता, भाईचारा, कर्तव्यपरायणता तथा अखन्ड मित्रभाव नै चौतारीका औतारीहरुको गहनाको रुपमा रहेको कुरा सर्वविदीतै छ। तीन वर्षको लामो इतिहास बोकेको हाम्रो चौतारी नगरीमा चौतारी नगरीको गरीमा बढाऊन हामि सम्पूर्ण औतारीहरुको रगत, पसिना, मिहिनेत,लगन, परिश्रम र सहभागीता निरन्तर रुपमा रहिआएको छ। बिभिन्न भोज, भतेर, चाड, पर्व र व्रतहरुमा हामि एक अर्कालाई आदर, सम्मान र माया गर्दै सहभागि हुँदै आएका छौँ। आदरणिय औतारीहरु आजको यो समय हामि सबै एकजुट हुनुपर्ने समय हो। यस्तो परिस्थीतीमा आएको निज लाकौलको भनाईप्रती खेद, निन्दा, भर्त्सना तथा आलोचना गर्नुहुन हामि सम्पूर्ण चौतारीका औतारिहरुमा आग्रह गर्दछौँ। साथै, निज लाकौललाई आम माफी माग्ने आदेश दिँदै २४ घन्टा भित्र आम माफी नमागेमा निजको सम्पूर्ण पदहर खोसेर निजलाई पदच्यूत् गर्दै समाजीक बहिष्कार गरिने  व्यहोरा पनि अवगत गराऊन चाहन्छौँ।

धन्यवाद्

चौतारी मन्त्रीपरीषद्

 

 

 

Read Full Discussion Thread for this article