झिल्के- हाहाहाह तिम्रो हनिमूनको कथा लेख्न त लेख्ने बरु अलि अलि आइडिया देऊ न कस्तो भयो भनेर! धन्यवाद्।
रिट्ठे- धन्यवाद् रिट्ठे। खै धोकेबाज कसरि भन्नु, मैले कथामा धोका भन्दा पनि फ्रस्ट्रेसन र जीवनको तिक्तताले गर्दा हीनभावना र निराशावादले ग्रसित युवाजमातको यथार्थ अलिकता झल्काउन खोजेको थिएँ।
चिप्लेज्यू- धन्यवाद्। चौतारीको पात्र नराखेर अलि स्वश्च्छन्द पाराले लेखियो।
लहरे- धन्यवाद्। लोल! मेरै जीवनको सत्यघटनामा आधारीत रे!सत्यघटनामा आधारित हैन तर एक किसिमले भन्नु पर्दा काठमान्डौको घरको झ्यालबाट बाहिर सडकमा हेर्दाको दृष्य चाहिँ हो।
सान्नानी- धन्यवाद्। कथा चौतारीको अर्को सिजनलाई केहि समय लाग्छ कि जस्तो छ। अनि फरक किसिमले ल्याउँला है।
ठूल्दाई- धेरै धन्यवाद् ठूल्दाई!
दीपीका नानू- धन्यवाद्। हाहाहाह अरु नि पढ्ने नि रे सानो नानूले भन्या जस्तो स्विट लाग्यो। अब त लेख्नै पर्यो नि!:)
प्रेरणा- निरज पात्रलाई चिनेकोमा धन्यवाद्!कुरा सहानुभूतीको आयो। निराशावादीहरु सहानुभूतीका पात्र हुन तर पनि निराशावादीतर्फ सहानुभूती जान सक्दैन किनकि यिनिहरूको फ्रसट्रेसनले यिनिहरुको प्रस्तुती, बोलि र सोचाईलाई नै नराम्रो देखाइदिन्छ। सहानुभूती राख्न मनलाग्ने तर पनि गाह्रो लागेको आभाष भएको हो भने कथा प्रस्तुत गर्न सफल भएछु। धन्यवाद्।
पर्वते- लोल पाठ नै सिकेको हो र भन्या? धन्यवाद्।
एकोलज्यू- मलाई पनि तपाइँलाई कथा मनपरेको र दीपीकाले गरेको कमेन्ट दुवै राम्रो लाग्यो। पढिदिनुभएकोमा धन्यवाद्।
नेप्चे- धन्यवाद्। हस लेखौँला र टाँस्दै गरौँला।
कलेजो- आम्बोssss!सोम त भक्कु टाइम पछि फिर्क्योन्त हौ साझामा? ल धन्यवाद छ ल।
नारनेज्यू-धन्यवाद्। निरज सोमलाई र रड्डिज नै भएको हो कि,बरु अदितीको हालखबर के छ?
फुच्चेकेटोज्यू- धन्यवाद्। हुन्छ लेख्दै जाउँला। तपाइँका कथाहरु पनि पढ्दै छु है मैले, कमेन्ट मात्र नियमित नभएको हो।
सबैलाई धन्यवाद्।