Posted by: Rahuldai July 23, 2008
~ चौतारी १२३ ~
Login in to Rate this Post:     0       ?        

बिनोद गुरुङ दार्जलिङ बाट कथामाडौ झर्दा मेरै चोकमा बस्थे। हाम्रो चोकमा एक जना कान्छी भाउजु हुनुन्थ्यो, हाम्रै बिरादरिले दार्जलिङ्बाट पियार गेरेर ल्याएकी । टाढा बाट नाता पर्ने गुरुङ, जहिले नि कान्छी भाउजुको घरअको वरन्दा मा बसी गीत गाइराखेको हुन्थे। रेडियो नेपालमा जब यो गीत रेकर्ड भयो, यती पपुलर भयो कि सबको मुखमा जीवन हाम्रो सङ्लो पानी हो।

 

हामीले १९८७ मा इलाहाबादमा नया विद्यार्थी स्वागत कार्यक्रममा हजारौं भारतीय हरु बीछ यही गीत गाएका थियौं।
पैसा नि कमाए, मोज नि गरे। खोला तर्‍यो लौरो बिर्स्यो। कान्छी भाउजुकोमा बर्षौं बसे तर फर्केर कहिलेइ आएन। शायद धन भए सि गरीब भाउजुको मन दुखेको नि देखेन।

कालन्तर मा आएर बिनोद गुरुङ ले ठगी गर्ने गरेको समाचार पढें। काभ्रेको एउटा बोर्डिङ स्कूलमा म्युजिक टिचर रहेछ। ब्रेन ट्युमर  छ भनी नक्कली कागजात बनाएर स्कूल बाट लाखौंं रुपैया कुम्लाएछ। त्यती मात्रा होइन, बिभिन्न संघ संस्था मार्फत उपचार् खर्छ भनेर लाखौं पैसा उाठाएछ। त्यही स्कूलमा पटक पटक पैसा माग्दा उपचार् को विवरण दिन आनाकानी गरेकोले शंका लागि बुझ्दा डाक्टरी रिपोर्ट समेत् नक्कली भएको पोल खुल्न आयो।

हाम्रो देश खत्तम हो कि जनता,यस्को उत्तर कैलेइ भेटिन।
 
 

Read Full Discussion Thread for this article