Posted by: Jerry_Garcia July 20, 2008
“र” उसको नाउँ भारत हो
Login in to Rate this Post:     0       ?        
तल्ला घरे छीमेकी
- जेरी गारसीया


छीमेकीले पेल्यो भन्छ्यौ,
दुख दीयो, हेप्यो भन्छ्यौ,
कीन पेल्छ बुझ्नु छैन,
आमै तीमी ब्यर्थ रुन्छ्यौ | 

अब उसको धुरी  ठुलो,
करेसा, बारी, मुरी ठुलो,
तीम्लाई उसले पेलीहाल्छ,
आमै तीमरै खुट्टा लुलो |

छोरा तीम्रा अल्छी भये,
झगडालु, डाडे भये,
एक-आपसको मनमुटाव,
छीमेकीलाई सुनाऊन गए |

छीमेकीले मौका पायो,
तीम्रो पाटोमा आँखा लायो,
दाजू-भाईलाई लडायेर,
तीम्रा घरां छीरन लायो |

छोरै तीम्रा मुर्ख जब,
नाती पनाती परदेश सब,
ठीक छैन है चाला-माला,
के गर्छ्यौ लौ आमै अब ?
Read Full Discussion Thread for this article