Posted by: waka July 20, 2008
केही गजलहरु
Login in to Rate this Post:     0       ?        

स्वाभिमानलाई बन्धकी राखी हास्न लाज भो
आत्मासम्मान यो  उधारोमा टास्न लाज भो

बेसुरा लौ  कती धेरै बिना गुदीका टाउका
हल्लाको यो खेती भित्र विश्वाश गास्न लाज भो

आफ्नै महाभारत आफ्नै योद्धा को जित्यो हार्यो को
जालझेलको यो बिजय डांक बास्न लाज भो

प्रदुषित नैतीकता भित्र के जन्मिएला सोच
बिकृतिको सगर जो नसकी भास्न लाज भो

खुकुरिको डोब अझै ताजै होला गोर्खालिको
पुर्खाले आर्जेको पहिचान यो मास्न लाज भो  
 
 
 
Read Full Discussion Thread for this article