Posted by: letsHaveFun July 20, 2008
Mahanta Thakur first president of New Nepal ?
Login in to Rate this Post:     0       ?        

उपराष्ट्रपतिमा विजयी भएको औपचारिक घोषणा भएपछि सबै परमानन्द झाको मुहार खोजी रहेका थिए । तर उनी कतै देखिएनन । उनी दिनभर मतदान भएको क्षेत्रमा पनि आएनन । विहिवार उपराष्ट्रपतिको उम्मेदवारी पत्र दर्ता गराएर भुमिगत भएका झा हराएका हरायै भए । नेपालको प्रथम उप राष्ट्रपतिजस्तो गरिमामय पदमा विजयी बन्दा पनि खुसि साट्न किन उनी आएनन संविधान सभा हल नयांबानेश्वरमा शनिवार मात्र हैन शुक्रवार संविधान सभा हलमा राष्ट्रपति र उपराष्ट्रपतिको परिचय कार्यक्रममा समेत उनी आएनन । आउन पनि कसरी उनीसंग भन्ने नै के थियो र ।
यस्तो छ उनको विगत
अस्थायि न्यायधिषको रुपमा २०६१ असोज ४ गते सर्वोच्च अदालतमा प्रवेश गरेका झाले ६ सय ६९ किलो चरेस नेपालवाट क्यानडा पठाउंदै गर्दा पक्राउ परेका कुख्यात लागु औषध तस्कर दिलबहादुर गुरुङ्गलाई रिहाइको फैसला गरेका थिए । सबुद प्रमाणसहित प्रहरीले पक्राउ गरी हिरासतमा राखिएका गुरुङ्गलाई जिल्ला अदालत र पुनरावेदनले समेत दोषि ठहर गरेको थियो । दुबैको फैसलाको विरोधमा सर्वोच्च गएका गुरुङ्गलाई अखिर उनले रिहा गराईदिए ।

यत्रो ठुलो केसमा पक्राउ परेका गुरुङ्गको रिहाइको फैसला भए लगत्तै झा विवादमा तानिए । संचार माध्यममहरुमा यसले प्रमुख प्राथमिकता त पायो नै खुल्ला रुपम यसमा आर्थिक लेनदेन भएको र न्यायधिषले बदनियतमपुर्ण रुपमा अपराधिलाइ मुक्त गरेको आरोप लाग्दै गए ।

विवाद बढ्दै गएपछि सर्वोच्च अदालतले छानवीन समिति नै गठन ग-यो । न्यायधिष अनुपराज शर्माको संयोजकत्वमा बनेको समितिले उनलाई दोषि ठहर गरी एक तह घटुवाको सिफारिस गर् यो । २ वर्षमा कार्यकाल सकिएपनि उनी स्थायि न्यायधिष हुन सकेनन । झालाई एक तह घटुवा गरेर न्यायपरिषदले पुनरावेदन अदालतको न्याधिषमै पठायो ।

पुनरावेदन अदालत विराटनगरमा पुगेका झा त्यहा पनि टिकेनन । भ्रष्ट न्यायधिषको बेंच कानुन व्यवसायिले बहिष्कार गरेपछि उनी संकटमा परे । कानुन व्यवसायिहरुले झा न्यायधिषरहेसम्म बहस नै नगर्ने अडान लिएपछि केही समय पुनरावेदन अदालतको काम नै रोकियो । उनी विराटनगरमा टिक्न सकेनन र अनिश्चितकालीन विदा बसे । विदा बस्दाबस्दै उनको रोजगारीको अवधि सकियो र उनी सेवामुक्त भए ।

न्यायसेवावाट अवकास पाए लगत्तै उनी मधेसी जनअधिकार फोरममा सकि्रय भएर राजनीति पो शुरु गर्न थाले । उनी फोरमका केन्द्रिय सदस्य तथा कानुन विभाग प्रमुख रहेका छन ।

अहिले उनै झा संविधान सभा जस्तो गरिमामय स्थानको टाउकोमा टेक्दै उपराष्ट्रपति बनेर आएका छन । त्यो पनि निर्वाचित भएर । के उनी राष्ट्रपति भएकोमा उनी बाहेक अन्य कसैले गर्व गर्न सक्छ र ?

 

hamroblog.com

Read Full Discussion Thread for this article