Posted by: bikash kc July 19, 2008
latest breaking news from nepal on president and veep
Login in to Rate this Post:     0       ?        

कुल मतदाता-५९४
खसेको कुल मत पांच सय ७८
बहिष्कार- राप्रपा नेपाल- चार नेमकिपा-५राष्ट्रिय जनमोर्चा-४नेकपा एकिकृत-२ । जम्मा-१५
अनुपस्थित-आरजु राणा कांग्रेस
२ जनाले सपथ नै नखाएका कारण मतदानमा सहभािग हुन पाएनन ।
आजको मतदानको निर्णायक मत भनेको २ सय ९८ नै हो । पांच वजे पछि त परिणाम आइहाल्छ । अहिले अनुमान गरौ न कसको पल्ला भारी छ होला ५७८ मा ?  यसो अनुमान गरौं न । के छ र अनुमानै त हो । मिल्नपनि त सक्छ नी ।
पांच सय ७८ मध्ये रामराजाको पक्षमा २ सय २६ माओवादी,तमलोपा २१, सद्भावना ९, जनमोर्चा ८ रहेका छन । यसरी हेर्दा कुल २६४ रामराजाको पक्षमा एकमत पर्ने देखिन्छ ।
उता, डा रामवरणको पक्षमा कांग्रेस ११३,एमाले १०८ ,फोरम ५२, माले ९, जनशक्ति ३ राप्रपा ८ गरी जम्मा २९३ एकमत देखिएको छ ।
सद्भावना आनन्दीदेवी र साना दलहरुको १० मत नै यि दुबैको विचमा निर्णायक हुने देखिन्छ । आनन्दीदेवीको एक मत रामवरणको पक्षमा जानसक्छ भने २ मत रामराजाको पक्षमा । यसरी अनुमान गर्दा रामवरण २९४ रामराजा २६६ मत देखिएको छ । अब यसमा साना दलका १० मत नै निर्णायक हो । १० मतमध्ये चार मत मात्र पनि रामवरणको पक्षमा आएमा उनी राष्ट्रपति पक्का । तर १० मध्ये १० मत नै रामराजाको पक्षमा गएपनि उनले जित्दैनन । पुन निर्वाचन हुनेछ । तीन दलका नेताहरु आफ्नो पक्षमा तीन सय १० मत भएको दावी गर्दै आएका छन । बांकी मत कतावाट ल्याउने हो पत्तो छैन ।

मतदान गोप्य नै हो । त्यसैले २,४ मत त पक्कै यताउति भइहाल्छ नै । मत बाडिने सबैभन्दा धेरै सम्भावना रहेको फोरमको नै हो । फोरमको केही मतहरु रामराजाको पक्षमा पक्कै जानसक्छ नै । उता तमलोपा र सद्भावनाको केही मत डा रामवरणको पक्षमा पनि आउछ नै । अब माओवादीको मत चै कसैले चोर्छ या चोर्दैन भन्न सकिन्न । विहिवार बेलुका डा रामवरणसंग टेलिफोनमा कुरा हुंदा माओवादीको पांच मत त चोरिहाल्छु भन्दै थिए । यसरी उनले माओवादीतिर मिलेका तमलोपा सद्भावनामध्ये कसैवाट पांच भोट जत्ति चोर्न सकेभने त उनले बाजी जितिहाले । नत्र पुन निर्वाचन हुन्छ नै । पुन निर्वाचन भयो भने फेरी अर्को खेल नहोला भन्न सकिन्न ।

http://www.hamroblog.com/?p=377#more-377

Read Full Discussion Thread for this article