Posted by: bikash kc July 18, 2008
Ramraja Prasad Singh as the president of Federal Democratic Republic of Nepal
Login in to Rate this Post:     0       ?        

रामराजाप्रसाद िसंह या डा रामवरण यादव अहिलेको राजनीतिको मुल केन्द्रविन्दु भनेको यही दुइ राममा अड्किएको छ । शनिवार बेलुका पांच वजेपछि जव मुल खेलाडिको बारेमा विजय या पराजयको चिट्ठा खुल्ला हुनेछ तव थाहा हुनेछ दुई जना राम मध्ये कुन चै रामको विजय भयो । शुक्रवार बेलुका ९ वजेसम्मको नतिजाले भन्छ रामराजाको तुलनामा रामवरण यादव अगाडि छन । कारण मधेसी जनअधिकार फोरमले उठाएको उपराष्ट्रपतिको उम्मेदवार परमानन्द झा । कारण माओवादीले रामराजा स्वतन्त्र उम्मेदवार भएकाले आफुले समर्थन मात्र गरेको र आफ्नोतर्फवाट उपराष्ट्रपतिका उम्मेदवार शान्ता श्रेष्ठका बारेमा कुनै पुर्नविचार नहुने अडान लिएको छ । उता मधेसी जनअधिकार फोरम भने रामराजा माओवादीको उम्मेदवार भएकाले उपराष्ट्रपति लागु ओषध मुद्धामा दोषिलाइ सफाइ दिएर विवादमा परेका पुर्व न्यायधिषलाइ नै उपराष्ट्रपति बनाउनुपर्ने पक्षमा छ । तर माओवादी मानेको हैन । माओवादीले उपराष्ट्रपतिमा झालाइ अस्विकार गर्दा अहिले एमाले र कांग्रेस मिलेर मधेसी दल भनिने तीन दलसंग सहकार्यको लागि प्रयास गरेका छन ।
मुख्य मुद्धा यही तीन मधेसका दल हुन । जो अहिलेको समिकरणमा मुख्य हुन । यहां एमाले कांग्रेस र माओवादीको केही चल्दैन । एमाले र कांग्रेसको समिकरणमा उनीहरु आए यि दुइ दल बलिया हुन्छन अनी माओवादीले यिनीहरुको कुरा माने पनि यि नै दल बलिया हुन्छन । अहिले पुर्ण रुपमा नेपालको राजनीतिको गेम मधेसका यि तीन दलसंग मात्र छ ।
माओवादीले एमालेसंग राष्ट्रपतिका लागि सहकार्य गनेृ वचन दिएर अन्तिम अवस्थामा जुन गद्धार राजनीतिक लाइन समातेको छ यसका कारण कांग्रेस र एमाले कुनै हालतमा पनि माओवादीको गेम असफल बनाउने दाउमा लागेका छन । यसको मतलव रामराजा र शान्तालाइ हराउने केसमा एमाले र कांग्रेस जस्तोसुकै सम्झौता गर्न पनि तयार छन । अथवा उनीहरु रामवरण यादवलाई राष्ट्रपति बनाउनका लागि झालाई उपराष्ट्रपतिका रुपमा स्विकार गर्न तयार छन । फोरम पनि यही चाहन्छ । यसरी राजनीतिक समिकरण हेर्ने हो भने अहिले माओवादी विचार बन्न गएको छ । कारण यही हो गद्धारी ।
राजनीतिमा सबै गेम जायज हुन्छन । तर गद्धारी हैन । माओवादीले एमालेसंग साच्चिकै गद्धारी राजनीति गरेको छ । यसका कारण अब राष्ट्रको हितमा भनेर माओवादीले अगाडि सार्ने कुनै राजनीतिक ऐजेण्डा पनि काम गर्नेवाला छैन । राष्ट्रपतिका लागि जुन लाइनले काम गर्छ सरकार बनाउने त्यही लाइनले नै हो ।
जस्तो एमाले कांग्रेस र मधेसका दलहरुविचको सिक्वेन्स मिल्यो भने सरकार पनि यही सिक्वेन्स अनुसार बन्छ नै । किनकी संबैधानीक प्रवधान अनुसार तीन सय एक जसले पुर् याउंछ सरकारले त्यसैले बनाउंछ । अनी जसले तीन सय एक पुर् याउंछ राष्ट्रपति उसैको हुन्छ ।
यसैले अहिले माओवादीले खेलेको गलत गेमका कारण माओवादीले अठाएको उम्मेदवारको पक्षमा भन्दा कांग्रॆसले उठाएको डा रामवरण यादवको पक्षमा माहौल बन्दै गएको छ । भन्न सकिन्न कसले शनिवार बेलुका अविर लगाउने हो । तर दुष्य स्पष्ट भएको छ यदी माओवादीको उम्मेदवारले राष्ट्रपतिमा जितेमा अब बन्ने सरकारमा कांग्रेस एमाले रहन्नन । अनी कांग्रेस एमालेका उम्मेदवारले जितेमा त्यो सकरारमा माओवादी रहन्नन । हुने चै के हो राजनीति हो यसका लागि शनिवार बेलुका पांच वजे कुर्नु बाहेकको विकल्प छैन ।

http://www.hamroblog.com/?p=369#more-369

Read Full Discussion Thread for this article