Posted by: database July 18, 2008
Prachanda may not be Prime Minister of Nepal!!!
Login in to Rate this Post:     0       ?        

समीकरण

माओवादीकै सहमतिमा उपराष्ट्रपतिमा आफूहरुले उम्मेदवारी दिएको दावी गर्ने मधेशी जनअधिकार फोरमका नेता बीपी यादवले नयाँ समीकरण बन्ने बताएका छन्।

उनले भने, "माओवादीले धोका दिएकाले अब नेपाली कांग्रेस र नेकपा एमालेसंग मिलेर जाने तयारी भइरहेको छ।"

माओवादीका नेता सीपी गजुरेलले उपराष्ट्रपतिमा आफ्नो दलले दिएको उम्मेदवारी फिर्ता नलिने बताए।

उनी भन्छन्, "हामीले मधेसी नेता सिंहलाई राष्ट्रपतिमा उठायौ। उपराष्ट्रपतिमा पनि मधेसबाटै बनाउन मिल्दैन्। त्यसैले उम्मेदवारी फिर्ता लिँदैनौ।"

संविधानसभामा कसैको बहुमत नभएकाले चुनाव जित्न नेकपा माओवादीलाई कांग्रेस, एमाले वा तराईका दलहरु मध्ये एउटा पक्षको समर्थन चाहिन्छ भने माओवादी बाहेकले बहुमत पुर्‍याउन ती तीनै पक्ष मिल्नु पर्छ।

चुनाव जित्न ५९४ मत मध्ये बहुमत अर्थात २९८ भोट ल्याउनु पर्छ।

तर पहिलो मतदानमा भोट बाँडिएर कसैको बहुमत नआएमा संविधानसभा अध्यक्षले तोकेको अर्को मितिमा पहिलो र दोश्रो हुने उम्मेदवारबीच फेरि चुनाव हुने व्यवस्था छ।

यस्तो स्थितिमा माओवादी विरोधी मोर्चाबन्दीको प्रयास सफल भएका राष्ट्रपति-उपराष्ट्रपति मात्र हैन भावी सरकारको नेतृत्व गर्ने मौका पनि माओवादीको हातबाट फुत्किन सक्छ।

Source:http://www.bbc.co.uk/nepali/news/story/2008/07/080718_president_elxn.shtml

Last edited: 18-Jul-08 12:28 PM
Last edited: 18-Jul-08 12:29 PM
Read Full Discussion Thread for this article