आज जिम्माल बाको नलिखुट्टो -----
‘त ह्याइ छेस अझै?’
‘’के रे?का जानि म?जिम्माल्नी आमैले सिरक पट्याउदै भनिन्।
‘हिजराती भन्दै थिस त माइतीआँ जान्छु’
‘तिम्लै सुतुवा बुडा, म माइतीयाँ ग’सि घ्यू भात दुइहातले खाम्ला भनेओ हौला।‘ जिम्माल्नी आमै
सिरक झट्कार्दै रिसाउन थाल्छिन।
‘’माइली बजै दहि छ?’’बाहिर बाट आवाज आउछ ।
‘छैन- तात्तो न छारो ब्यानब्यानै दै पो माग्न आम्च। आफूले ह्या कत्रो चटारो भइरइच ,कहिले घाँस
भनेओ छ कहिले कुंढो भनेओ छ। भैसी दुब्ला’र ट्वाट परिच। यि थोत्रे बुडा नि रातदिन सउना देखेर
बसिरइचन। गाम्ले लै दै-मै खान ठिक्क ’ जिम्माल्नी आमै बाहिर हेर्दै हेर्दै नहेरि जिम्माल बाको रिस
उ दहि माग्ने संग पोख्न थाल्छिन।
आवाज आएको तिर हेर्र्छन जिम्माल बा ‘ ओ हो बाउ केलाइ चाइच दै पाउना आइचन र तिमुरकाँ ?’
‘छैनन्, भाउजुले पठाम्नु भा’- के साह्रो छुच्ची बुढी हुन् बाइ। अरिंगाल बुढिसअ जिम्मालबा कसरी
सहेर बसिचन होला भउतेले जिम्माल्नी आमैलाई हेर्दै मनमनै सोच्न थाल्चन।
‘अनिखेरि माष्टर्नीलाइ सन्निपात भ’र भर्खर उठईचन।क्यार्न दै खानु पर्यो तिन्लै।‘
जिम्माल् बाको कुरो सुनेर जिम्माल्नी आमै अझै झर्कदै भनिन्-
‘अझै बसिरइचौ यइ ,उठ ए चाम्रे बुडा ओच्यान पनि मिलाम्चु’ जिम्माल बा आंखामा लागेको चिप्रा
पुछ्दै भित्तामा अढेसलागेर धौ धौ उठ्छन।
‘तिरुले दही खानस मनलाओ भन्दै रुनथाली अनिपछि --- भन्दा भन्दै रोकिन्छन भउते
‘को रे? -जिम्माल्नी आमै पछाडि फर्कदै भन्छिन।
‘ मेरिवास्सै! भउतेबाउ हौ ! बस बा! तइ पर्तिर सुकुलआँ।आज पनि आइने मेरी नातिनी भनेर
भुटभुटिराथे तिम्म्रा जिम्माल बा। क्यार्न लानु परेओ त, दै उतै, बरु मेरी नातिनी यतै आ’र खादी हो
बरा!। जाऊ ले’र आऊ बा मेरी नातिनी !’ अलिअलि मुस्काउदै जिम्माल्नीले भनिन्।
‘कति बिउरेओ रेडिया अस्तो क्वारक्वार्ती कराम्छेस त बुडी, खुरुक्क दिन सानओ ठेकियाँ छ’ यसपाली
चै माइलीबुढी चुपचाप भान्सा तिर गइन र दहीको ठेकी लिएर आइन्। त्यस्ती चोथाले बुढीले खुरुक्क
आज्ञापालन गरेको देखेर मक्ख पर्दै शरिर तन्काए जिम्माल बाले।
एकमाने सिलपटको बटुको भरी दही राख्दै जिम्माल्नीले भनिन्—‘अनीखेरी तितौरी कइले आम्छे त
बा!? धेरै भइसओ नातीनीलै नदेखेओ । हिरिदय बाटै मुया लाइरच का।‘
‘मलाई था छैन माइली बजै।‘ -तिरु सअ बस्न खेल्न कत्रो रहर छ यो बुढी चै कहिले आउने रे तिरु’-
पुक्क मुखाँ हानु अस्तो। मनमनै रिस उठ्यो भउतेलाई। सधै एक्लै भौतारिदै दिन बिताउने भउतेलाई
तिरुको आगमनले निकै रमाइलो लागेको छ। उमेरले निकै परक भएपनि तितौरी संग गुच्छा कपर्दी
लुकाछिपि खेल्दा असाद्यै रमाउछन दाजु-बहिनी ।भाउजु त माया गर्छिन नै तर तितौरीको मिठो शब्द ‘
भउते दा’ भनेको सुन्दा फुरुंग हुदै उस्कोलागी जे गर्न पनि तयार हुन्छ। तितौरीलाइ जिस्काउनु, रुवाउनु
अनि अन्तिममा फकाउनु भउतेको दिनचर्या जस्तै भैसकेकोछ। रोइराहोली मेरी बैनी भन्ने संझिदै
दहिको बटुकोलिएर हतार हतार हिडड्नलागेको भउतेलाई हेर्दै जिम्माल बाले भने -‘ बाउ भरे
तितौरीलाईले’र आउ है वर्षाँस सोतो बढिरा’छ तर्न सउदिन मेरी नातिनी।
‘मलाई पल्लोगाम जानुछ जिम्माल बा भरे त’ फटाफट हिड्दै भउते जान्छन।
आशाको त्यान्दो नि च्यातच्युत भयो जिम्माल बाको । अमिलो अनुहार लाउदै भउते गएतिर हेर्छिन
जिम्माल्नी आमै।
------
‘’अं—ॐ ॐ----- ‘बक्रतुण्ड – अssss कायओ’ – के पो हो अं ‘--- सुर्यकोटी’‘ ए बाSsss बिर्सइचु करे
गनेसको सिलोक मैले त ।‘भइमा झरन किरिस्न भइमा झरन’ भनेर किरिस्न बोलाम्दा बोलाम्दै
गनेसलै बिरसइचु ।
‘'भइमा झरण गनेस भइमा झरण
आपत पर्यो हामीलाई रक्षे गरन’' ----भनेर किर्तन अर्नुपरिच कि? !
एss!बाssssब!! ! क्यार्निहोला अब यिनै बुढालाई फकाम्चु एउछिनलै। रिसईरछन कि।
मलै हो र भउवानको भजन अरे तिन्लै नि पुण्य हुन्छ भन्थे विष्टे संधीले।
'ए बुढा क्यारिचउ त्याँ? आऊ याई पुजार्नु लाइरइचु का मैले। गनेस को शिलोक आम्च तिम्लै।
वाचन गर त मलै भ्याइ नभ्याई भइरच । ‘’
जिम्माल्नीको सुरिलो स्वर सुनेर जिम्माल बा खुशी हुदै हत्पत भन्छन– ‘पर्खी सेतो धोती ला’र
आम्चु।‘सेतो धोती लाई पछाडी घुसार्दै जिम्मला बा आउछन।
‘’ए! बा!! जिम्माल बुढा– के भन्च करे त्यो इउलिसमा अं –कस्तो हामसम देखइचौ अइले त’’
जिम्माल्नी जिम्माल बा लै हेर्दै फकाउन शुरुगर्छिन –‘ उता कता शहराँ घुम्न जाम्ला बुडा अनिपछि
तिउरा झरेओ दाँत पनि हालम्ला डाउडर साप लै भेटेर‘-पोहरसाल तिर्थबाट आए देखि जिम्माल्नी
आमैलाई फेरी शहर घुम्ने रहर जागेको छ तर जिम्माल बा संग मुख फोड्न सकेकी थिइनन्।
‘चुप लाग!’ जिम्माल बा ले सलाई कोर्दै धुप बाल्छन।
‘ल अब पुजा शुरुअर’-
‘बक्रतुण्ड महाकायो सुरयकोटि समप्रभु
निर्बिघ्नं कुरुमे देव सर्बकार्य सु सर्वदा!’
‘इखिखीखीखअ अस्तो आइरइच तिम्लै त बुडा ‘ जिम्माल्नी आमै पुजा गर्दै भन्छिन।
पुजा सक्किएपछि आफुले टिका लगाउछिन अनि जिम्माल बालै दिदै भन्छिन -
‘ल अब टिको लाऊ बुडा’-
जिम्माल बा निधार अघि सार्दै भन्छन '‘तैले नइ लाइदेन बुढी’' यइ हो मौका आज त यल्लाई मेरो
खुट्टाआँ ढोगाम्चु।
जिम्माल्नी ले पहेलो अनि रातो टिका लाइदिन्छिन र उठ्न खोच्छिन।
‘लौ ढोग अर् अब’ जिम्माल बा मुस्काउदै भन्छन।
‘आम्मै! भुसुक्कै बिर्सइचु’- जिम्माल्नी आमै मन्दिरलाई ढोगेर उठ्न खोज्छिन,
'ह्या नि ढोग अर ।‘ जिम्माल बाले आफ्नो खुट्टा देखाउदै भन्छन।
‘ ए ! बा ssssssआssss तिम्लाइ बिर्खे जिम्माल तिउले मेरा खुट्टाँ ढोगिरइचउ र लुम्रे बुढा?!
मैले तिउराँ ढोग्ने?! तिउरा नलिखुट्टाआँ रोग मेरो निधांराँ सर्च का।‘ पुजा त सकियो ल हिन ढेंडो
पकाम्ने हो आज खान मुनलाइरच का मुलाई!
क्रमस: