Posted by: Birkhe_Maila July 18, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

...त्यसपछि...

(त्यसपछि सान्नानिले ज्याम र बटर दलेर पाउरोटी ल्याउँछिन)

चिप्ले- "ज्याम त दलेऊ सान्नानी तर यत्तिकैमा चिया सेलायो तताएर ल्याइदिन्थ्यौ कि?"

(त्यसपछि सान्नानीले चिया तताएर ल्यादिन्छिन्)

चिप्ले- " यो ज्याम दल्या पाउरोटी त मैदाको रेछ, गहुँको खान्छन भन्थे शहरतिर गहुँको ल्याइदेऊ त!"

(त्यसपछि सान्नानीले त्यो पाउरोटि लगेर गहुँको ल्याइदिन्छिन्)

चिप्ले- " ए गहुँकोमा नि बटर दलेको, यसमा त मह दलेर खान्छन शहरतिर"

(त्यसपछि सान्नानीले त्यो पाउरोटि लगेर मह दलेर फेरि ल्याउँछिन्)

चिप्ले- " ए मह दलेर ल्यायौँ? अगि नै यति गर्या भए हुन्थ्यो अब त भोक नै हरायो, ल म लागेँ अड्डातिर"

हेँख हेँख हेँख

Read Full Discussion Thread for this article